होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
थिम्पु — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको सर्वोच्च नागरिक पुरस्कार ‘नगाडाग पेल गी खोर्लो’बाट सम्मानित भएका छन् । भुटानको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार भुटानले यस्तो सम्मान प्रदान गरेको हो । भुटानका प्रधानमन्त्री लोटे छिरिङले ‘सर्वोच्च नागरिक सम्मान नगाडाग पेल गी खोर्लोका लागि महामहिम मोदीजीको नाम सुन्न पाउँदा खुसी लागेको’ प्रतिक्रिया दिएका छन् । मोदीलाई यस […]
काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो […]
काठमाण्डाै – न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा विश्वकाे सबैभन्दा कठिन प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे सरकारले बताएकाे छ । १४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि कहिले पनि यस प्रशान्त देशमा चुराेट किन्ने अनुमति दिइने छैन । […]
एजेन्सी, २३ मङ्सिर। भारतका पूर्व सेनापति तथा चिफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको मृत्युमा उत्तराखण्ड राज्यल तीन दिन राजकीय शोक मनाउने घोषणा गरेको छ। रावतको जन्म उत्तराखण्डमा भएको थियो। बुधबार रावत चढेको हेलिकोप्टर तामिलनाडुको कुन्नुरु भन्ने स्थानमा दुर्घटना भएको थियो। यो दुर्घटनामा परी रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो। हेलिकोप्टर दुर्घटनाबारे […]
धनगढीः भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ। तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा ४ जना अधिकारीको मृत्यु भएको छ। उनीहरुको नाम भने खुलाइएको छैन। सेना प्रमुख रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन। हेलिकप्टरमा उनकी श्रीमती पनि सवार थिइन्। न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। हेलिकप्टरमा […]
काठमाडौँ — भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको […]
बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ। बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ। यो वर्षको […]
काठमाडौं । अमेरिका र बेलायतमा रहेका रोहिङ्ग्या मुसलमानले फेसबुकविरुद्ध उजुरी दर्ता गरेका छन् ।शरणार्थीको रुपमा अमेरिका र बेलायतमा बस्दै आएका दर्जनौं रोहिङ्ग्या मुसलमानले उजुरी दर्ता गरेको बीबीसीले जनाएको हो । उजुरीमा फेसबुकले दमनमा परेको अल्पसंख्यक रोहिङ्ग्याविरुद्ध ‘घृणायुक्त सामग्री’ प्रबर्द्धन गरेको दाबी गरिएको छ । रोहिङ्ग्या शरणार्थीको प्रतिनिधित्व गरेको एक बेलायती ल फर्मले फेसबुकलाई लेखेको पत्रमा […]
अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् । प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको बताउँदै यसो गरे मात्रै प्रकोप रोक्न सक्ने बताएकी छिन् । उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमाथि भ्याक्सिनको प्रभाव कम हुनसक्ने पनि चेतावनी दिएकी […]
म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ।समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्। सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। उनीमाथि सेनाले […]
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय […]
काठमाडौं । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार मिचिगन राज्यको अक्सफोर्डस्थित एक हाइ स्कूलमा गोली चलेको सीएनएनले जनाएको छ । गोली लागेर तीन जना विद्यार्थीको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १६ वर्षीय छात्रसहित १४ र १७ वर्षका दुई छात्रा रहेका छन् […]
काठमाडौं । झण्डै चार दशकअघि पत्रिकाको कभरमा तस्वीर छापिएपछि चर्चित बनेकी एक ‘अफगान बालिका’ले लामो समयपछि शरणार्थीको हैसियत पाएकी छन् । सन् १९८५ मा नेशनल जियोग्राफ्रिक पत्रिकाको कभर फोटोमा राखिएकी शरबत गुलालाई इटलीले शरणार्थीको हैसियत दिएको सीएनएनले जनाएको छ । उनलाई इटालियन प्रधानमन्त्री मारियो ड्रागीले शरणार्थीको हैसियत प्रदान गरेका हुन् । ‘सन् १९८४ मा नेशनल […]
काठमाडौं । पाकिस्तानको संसदले बुधबार पारित गरेको एक विधेयकबाट पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाइएको छ । कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले फौजदारी कानुनसम्बन्धी परिमार्जित विधेयकबाट बलात्कारीको ‘केमिलक कास्ट्रेशन’ अर्थात् रासायनिक बन्ध्याकरणसम्बन्धी दफा हटाइएको बताएकी हुन् । इस्लामिक विचारधारा परिषद्ले बलात्कारीको केमिलक कास्ट्रेशन गैर-इस्लामिक भएको भन्दै आपत्ति जनाएपछि संसदबाट उक्त विधेयक […]
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ३ वटा विवादित कृषि कानुन फिर्ता लिएका छन् । आफ्नो सम्बोधनमा मोदीले असल नियतका साथ र किसानलाई हित हुने गरी नै कृषि कानुन ल्याएको तर किसानलाई सम्झाउन नसकेको पनि बताए । एक वर्षदेखि किसानले गरिरहेको आन्दोलनपछि मोदीले कृषि कानुन फिर्ता गर्ने घोषणा गरेका […]
काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ । आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी गराएका छन् […]
कात्तिक २१ अर्थात् नोभेम्बर ७ तारिख रुसमा अक्टोबर क्रान्ति सम्पन्न भएको दिन । यसलाई कम्युनिष्ट क्रान्ति, रसियन क्रान्ति र बोल्शेभिक क्रान्ति आदि नामले पुकारिन्छ । तर जसरी अक्टोबर क्रान्तिको चर्चा हुन्छ, यससँग अभिन्न रुपले जोडिएको प्राभ्दा पत्रिकाको बारेमा कमै चर्चा हुने गरेको छ । रसियाको पुरानो कम्युनिष्ट पत्रिका लिन प्रिय पाठकहरू सदा झैं बिहान उठेर […]
काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् । अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् । अक्टोबर १७ देखि संक्रमण […]
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ । एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र […]
काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । […]