होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी । विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । युक्रेनी अधिकारीले यो कुरा दाबी गरेका छन् । यो खबरले उड्डन जतगमा चिन्ता र उदासी उत्पन्न गरेको छ किनभने यो विमानले शीर्ष स्थान ओगटेको छ । युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क […]
काठमाडौँ — पोल्यान्डले युक्रेनबाट बाहिरिन खोज्ने नेपालीलाई सीमा प्रवेशमा कडाइ गरेको छ । जसले गर्दा भौकभोकै घण्टौं पैदल यात्रा गरेर युक्रेनको राजधानी किभबाट पोल्यान्डको सीमामा पुगेका नेपाली रोकिएका छन् । उनीहरूमध्ये अधिकांशले घण्टौं कुर्दा पनि सीमा पार गर्न पाएका छैनन् । रुसले युक्रेनमा आक्रमण गरेपछि किभलगायत सहरमा रहेका नेपाली ज्यान जोगाउन छिमेकी मुलुक पोल्यान्ड, हंगेरी र स्लोभाकियाको सीमातर्फ […]
काठमाडौं । कृष्ण सागरस्थित एक टापुको सुरक्षा गर्ने क्रममा रुसी युद्धपोतको हमलामा मारिएका भनिएका १३ जना युक्रेनी सैनिक जीवितै हुन सक्ने बताइएको छ । आइतबार युक्रेनको तट रक्षक बलले स्नेक आइल्याण्डमा रुसी हमलामा परी ज्यान गुमाएका भनिएका आफ्ना १३ जना सैनिक जीवितै हुन सक्ने बताएको हो । ‘सारा युक्रेनले झैं एबीजीएसयू र सुरक्षा बलले जिमिनीका […]
काठमाडौं । युक्रेनमा अध्ययनरत भारतीय विद्यार्थीहरु सकुशल मुम्बई पुगेका छन्। रुसले केही दिनअघि युक्रेनमा आक्रमण गरेपछि त्यहाँ फसेका २१९ जना विद्यार्थीलाई एयर इन्डियाले मुम्बाईमा हिजो राति ल्याएको थियो। रुसी सेना युक्रेनको जाहोनी भन्ने स्थानमा पुग्न लागेको खबरपछि त्यहाँबाट छिमेकी देश हंगेरीमा ती विद्यार्थीहरु पुगेका थिए। भारतीय सञ्चार माध्यामका अनुसार केही विद्यार्थीहरु राजधानी दिल्लीमा चाँडै पुग्ने […]
काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण गरेपछि ज्यान जोगाउन राजधानी किभ छाडेका सयौं नेपाली बाटामा भोकै पर्न थालेका छन् । सवारीसाधन नपाएपछि उनीहरू विभिन्न समूहमा पैदलै युक्रेनका छिमेकी मुलुक पोल्यान्ड, स्लोभाकिया र हंगेरीको सीमातर्फ लागिरहेका छन् । रुसले सैन्य आक्रमण तीव्र बनाएपछि ज्यान जोगाउन युक्रेनबाट पैदल छिमेकी मुलुक स्लोभाकिया प्रवेश गर्दै महिला र बालबालिका । रुसी […]
युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले युक्रेनबाट निकाल्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन् । अमेरिकी मिडियाले यसबारे जानकारी दिएका हुन् । समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’ अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीहरूलाई हवाला लिँदै अमेरिकी सरकार राष्ट्रपति […]
काठमाडौं : युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बि’न्दुहरूमा युक्रेन छिरेका छन्। रूस र युक्रेनबीच विगत आठ वर्षदेखि ति’क्त’ता देखिँदै आएको छ। सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उ’थल’पु’थलको फाइ’दा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वी’पमा […]
बेलायतमा पहिलो पटक नेपाली मूलकी महिला स्नेहा शाक्य श्रेष्ठ कानुन व्यवसायी बनेकी छन्। बेलायतमा भने प्राक्टिसिङ ब्यारिष्टर भन्ने गरिन्छ । अन्तिम तालिम (प्युपिलेज) सकेपछि गएको साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत कानून व्यवसायी (ब्यारिष्टर) का रूपमा सूचीकृत भएकी हुन्। कानुन व्यवसायलाई बेलायतमा सम्मानित र उच्च तहको कमाई हुने पेशाका रुपमा लिइन्छ। श्रेष्ठले अब अपराध, परिवारसित […]
काठमाडौं । बिहीबारदेखि रुसले युक्रेनमा हमला सुरु गरेको छ । रुसी हमलाको पहिलो दिनमै युक्रेनमा १४० जनाको ज्यान गएको छ । शुक्रबारसमेत रुसी सेनाले युक्रेनविरुद्धको सैन्य कारबाही तीव्र पारेको छ । आज बिहानदेखि नै राजधानी किएभमा भीषण बम एवं गोलाबारीसहित क्षेप्यास्त्र प्रहार भएको छ । राजधानी कब्जा गर्ने सुरमा अघि बढिरहेको रुसी सेनाका ट्याङ्कहरू आजै […]
काठमाडौं । इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । सुमात्रा टापूको पश्चिमी तट नजिकै गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शुक्रबार आएको भूकम्पको धक्का मलेसिया र सिंगापुरसम्म महसुस गरिएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुईजनाको मृत्यु भएको र कैयौं घाइते भएको इन्डोनेसियाका अधिकारीले बताएका छन् । ‘हालसम्म दुई जनाको मृत्यु भएको र […]
काठमाडौं । युक्रेनमा रुसी सेनाले हमला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत […]
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना गर्न थालेका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध हुन थालेको छ । बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही घण्टापछि यो घोषणा आएको हो । […]
युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताउनुभएको बीबीसीले जनाएको छ । यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने बताउनुभएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो । […]
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले पनि प्रतिक्रिया जनाएकाे छ । चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको जनाएको छ। “चीनले युक्रेनकाे पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ । हामी सबै पक्षहरूलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट […]
काठमाडौं । विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । रुसले डोनेट्स्क […]
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारलाई कतैबाट दबाब नरहेको दाबी गरेका छन् । अमरेकाले एमीसीसी पारितका लागि नेपाललाई दबाब दिएको भनी आएको चिनियाँ भनाइबारे उनले सरकारले त्यसलाई दबाबका रूपमा नलिएको बताएका हुन् । “कांग्रेस पार्टीले दबाबको रूपमा लिएको छैन । कसैले दबाब दिएर निर्णय हामी गर्दैनौँ । अमेरिकाले छिनोफानो गरदिनू भनेको छ […]
काठमाडौं । अष्ट्रेलियाले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा खुला गरेको छ । योसँगै पूर्ण कोभिड खोप लगाएका अन्तर्राष्ट्रिय यात्रु अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । अष्ट्रेलियाले कोभिड-१९ का कारण २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय यात्रामाथि विश्वकै कडा प्रतिबन्ध लगाएको थियो । तर सीमा पुन: खुल्ने भएपछि पारिवारिक पुनर्मिलन हुने र पर्यटनलाई बल पुग्ने […]
काठमाडौं । महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको बकिङघम दरबारले जनाएको हो । आइतबार बकिङघम दरबारले एक विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथ द्वितीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । महारानीलाई ‘सामान्य रुघाखोकी जस्ता लक्षण’ देखिएको र आउँदा हप्तादेखि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ । ‘उहाँले निरन्तर मेडिकल सेवा लिनु हुनेछ र […]
काठमाडौं । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको स्थान नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ । यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् ।मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १ः१० मा भएको थियो । […]