होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चैत १४ धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन। उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह […]
अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ । यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको […]
१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । डिसेम्बर २०१९ मा देखिएको […]
काठमाडौं, ११ चैत । विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले महामारीकाे रूपमा लिएकाे कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले काेराेना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १६ हजार ५१० पुगेको छ अहिलेसम्म विश्वभर ३ लाख ७८ हजार ८४२ […]
काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्री युवराज खतिवडाले चिकित्सा सामग्री ल्याउन चीन र भारत दुवै देशसँग पत्राचार भइरहेको बताएका छन् । मंगलबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १२ औं बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारले ल्याउने प्रक्रिया अलि लामो हुनाले निजी क्षेत्रलाई पनि त्यस्ता सामग्री ल्याउन प्रस्ताव आह्वान […]
नागरिक रैबार बाजुरा – सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो । उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, […]
विश्वमा रहेका लगभग हरेक देशमा फैलिसकेको कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गति पक्रन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोमबार कोरोनाभाइरसबाट संक्रमित हुने सङ्ख्या ३ लाख ५० हजार पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ । महामारीको गति बढ्दैछ,’ डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले जेनेभास्थित हेडक्वार्टरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पहिलो १ […]
इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ६ सय १ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ । यद्यपि, इटलीमा लगातार दोस्रो दिनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ । कोरोना भाइरस इटलीमा आएपछि गत हप्ता शनिबार एकैदिन सबैभन्दा धेरै ७ सय ९३ को मृत्यु […]
एजेन्सी – अमेरिकी उपराष्ट्रपतिका एक सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । यद्यपि उपराष्ट्रपति माइक पेन्ससँग उनि सम्पर्कमा पुगिनसकेको दावी गरिएको छ । सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा पत्ता लगाउने प्रयास भइरहेको छ । ह्वाइट हाउसले आफ्नो परिसरमा प्रवेशका लागि कडा निर्देशिका जारी गरेको छ । […]
धनगढी : उत्तर प्रदेशको राजधानी लखनउमा चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार चार जनामा कोरोनाको संक्रमण देखा परेको हो। जसमा बलिउड गायक कनिका कपूर पनि छिन्। ‘कनिका कपूर आफैले सोशल मीडियामा यसको बारेमा जानकारी दिएको छिन्, उनमा कोरोना भाइरस संक्रमण पाए पछि लखनउमा हलचल मच्चिएको छ।’ हिन्दी बिबिसीले समाचार लेखेको […]
कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। पाठकहरूका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो? – जिलियान गिब्स वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ। तर केही मानिसमा त्योभन्दा निकै ढिलो […]
एजेन्सी – कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ । न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए । जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले जेलमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिने […]
६ चैत, काठमाडौं । सरकारले यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गर्यो । यो प्रतिबन्ध चैत ७ गते शुक्रबार मध्यरातबाट लागू हुँदैछ । अब प्रतिबन्धित देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । साथै प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर […]
नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् नकारात्मक आएको बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने […]
एजेन्सी । अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक लडाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् । साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा यो दावी गरिएको छ छ कि अमेरिका र इजरायलबाट कोरोनाभाइरसको विकास गरिएको हो, यो कुनै संयोगको कुरा होइन । तर, अमेरिकामा […]
चीनको उच्च विधायन समितिले सोमबार सबै किसिमका जंगली जनावरको व्यापार गर्न र खान प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। यस किसिमको व्यवहारलाई चीनमा कोरोना भाइरस विस्तारको कारण मानिएको छ। चीनले अझै पनि जंगली जनावर संरक्षणको कानुन समीक्षा गर्न बाँकी नै छ। तर, यो प्रस्ताव पारित गर्नु देशको महामारीविरुद्ध लड्न आवश्यक र जरुरी मानिएको ‘पिपुल्स डेली’ले […]
दिल्ली – भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरु बिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या नौ पुगेको छ । अरु ३५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री अमित शाहले बैठक बोलाएका छन् । गृहमन्त्री शाहसँगको बैठक पूर्व दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गरी भिडन्त […]
भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। समाचार संस्था एएनआईका अनुसार अहिलेसम्म तीनजना सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ। अर्का एकजनाको मृत्युको पुष्टि जिटिभीले अस्पताल स्रोतलाई उद्धृत गर्दै गरेको छ। तर मृत्यु हुने पाँचौँ व्यक्तिका बारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनामा घाइते […]
काठमाडौं, फागुन ४ गते । बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आइतबार विहान ४.00 बजे काठमाडौंमा अवतरण गरेको छ । बुहानबाट १७५नेपालीलाई लिएर बुहान विमानस्थलबाट सो विमान काठमाडौंका लागि उडेको थियो । बुहानबाट शुरुमा १८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन भने अन्य चार जनाले […]
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले प्रर्दशन गरेका छन्।नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका छन्। एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको […]