होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ असोज, कैलाली । बाजुराको बुढीनन्दा नगरपालिका वडानम्बर ४ की २३ वर्षीय अम्बकला रोकायालाई बिहीबार व्यथा लाग्यो । परिवारले नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा लैजाने तयारी गरे, तर बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति थिएन । स्वास्थ्य इकाइमा रहेका अनमी र अहेब पनि कार्यालय सहयोगीलाई जिम्मा लगाएर कोल्टी गएका रहेछन् । अम्बकलालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र […]
धनगढीः चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक समेत आन्दोलित भएका छन्। प्राध्यापक डा. केसीको जीवन रक्षा गरी चिकित्सा शिक्षाको सुधारका लागि उनले उठाएका माग सम्बोधन गर्न दबाब दिन सुदूरपश्चिमका चिकित्सकहरु समेत अन्दोलित भएका छन्। चिकित्सक संघ सुदूरपश्चिमको अगुवाईमा सुरु भएको दबाबमुलक आन्दोलन अन्तरगत आज दुई […]
राजधानीका सुविधासम्पन्न अस्पताल र राम्रो उपचार पद्धति विपन्नहरूको पहुँच भन्दा बाहिर छ । अहिले पनि झण्डै एक हजार विपन्न नागरिक त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा एकदेखि दुई वर्ष पछिको अप्रेसन मिति कुरेर बसेका छन् । शिवहरि घिमिरे: बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि श्रीमती र पाँच छोराछोरी लिएर काठमाडौं आए […]
चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति […]
सामाजिक सञ्जालको उच्च प्रयोग र वैवाहिक सन्तुष्टिमा सिधा सम्पर्क हुन्छ । सामाजिक सञ्जालले विवाहित दम्पतीको जीवन गुणस्तर र खुसीमा कमी ल्याउँछ । यही सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्धविच्छेदका घटना लगातार बढिरहेको छ । नेपाल बाहिर गरिएका विभिन्न अध्ययनहरूले फेसबुक प्रयोगकर्तामा वार्षिक २० प्रतिशतले सम्बन्ध विच्छेदको घटना बढेको उल्लेख गरेको छ । एउटा अचुक […]
धनगढी– सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले दुई सय २८ प्रहरी मध्ये एक सय २४ जना संक्रमण मुक्त भएका छन् भने एक सय चार जना […]
काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिसगरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट […]
काठमाडौं । डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिएका छन् । डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । मंगलबार अपरान्ह बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु […]
सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको उल्लेख गरे । ४० लाख जनसंख्या भएको काठमाडौँमा संक्रमण […]
काठमाडौं- भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ ।तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दो क्रममा छ ।अक्टोबर १ मा २४ घण्टामा ८६ हजार ८२१ जनामा संक्रमण […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय जना कोरोना मुक्त भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार जना संक्रमित निको भएका हुन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार ६ सय ६१ जनामा कोभिड–१९ को संक्रमण देखिएकोमा ८६ प्रतिशत बढिले कोरोना जितेका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा […]
२० असोज, काठमाडौं । आमरण अनशन थालेको २२ औं दिन डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली पुगेको छ । शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले मंगलबार डा. केसीलाई भेटेको हो । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको छ । जवाफमा डा. केसीले भने यसअघि सरकारका […]
हाम्रो शरीरको औषत तापक्रम ९८.६ डिग्री हुने गर्छ । जब शरीरको तापक्रम सामान्य अवस्थाबाट माथि बढ्दै जान्छ त्यस्तो अवस्थालाई हामी ज्वरो आएको मान्छौं । ज्वरो आफैमा रोग होइन, तर स्वास्थ्यमा कुनैपनि समस्या भएमा देखिने लक्षण हो । कोरोना भाइरसको महामारीको पनि प्रमुख लक्षणको रुपमा ज्वरोलाई नै मानिन्छ । कतिपय अवस्थामा बाहिरी तापक्रमका कारण शरीरको […]
नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, […]
तनहुँ, दमौली: दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो। चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ। त्यसका […]
धनगढी: कैलालीका १७ सहित सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय दुई जनाको कोरोना परीक्षण भएकोमा २९ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीका १७ र बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ […]
सन् १९३१ मा भारतको भोपालमा जन्मिएका चन्द्र मोहन जैन, जसलाई हामी आचार्य रजनिश वा ओशो भनेर चिन्छौँ, उनी प्रेम, अध्यात्म र मानव विकासबारेका आफ्ना दर्शनका कारण चर्चित छन् । ५८ वर्षको उमेरमा निधन हुनअघि उनले आफ्नो जीवनको अधिकांश समय प्रवचनमै बिताए । भारतबाट अमेरिका गएपछि उनले त्यहाँ रजनिशपुर नामक समुदाय नै गठन गरेका थिए । […]
शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ। डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो। भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का, १३ वर्षीय विमल खड्का र १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियोे। दुई दिनअघि अलपत्र […]
काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस […]
१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले […]