होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३० असोज, रुकुमपूर्व । रुकुम–पूर्वको सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय रुकुम (पूर्व) र सिस्ने गाउँपालिकाको समन्वयमा औपचारिक कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाका […]
२९ असोज, डोटी । डोटीको बोगटान फुडसिल गाउँपालिका–५ का एक महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक महिने बालकमा संक्रमण पुष्टि भएको बोगटान फुडसिल गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम बोगटीले जानकारी दिए । उनका अनुसार संक्रमित शिशुको आमा र बुवालाई पनि कोरोना संक्रमण देखिएको छ । रोजगारीको सिलसिलामा […]
२९ असोज, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथाव्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ । यो बुँदामा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित […]
२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए । उनको शरीरमा पानीको मात्र बढी हुनुका साथै दुबै फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको […]
२९ असोज कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा अहिले १० भेन्टिलेटर र १३ आईसीयू छन् । तीमध्ये अस्थायी कोरोना अस्पतालमा ८ आईसीयू र ५ भेन्टिलेटर कोरोना संक्रमितकै लागि तयार गरिएको छ । बिहीबार साँझसम्म आईसीयू कक्ष भरिएको छ । ५ भेन्टिलेटरमध्ये दुईवटा मात्र खाली छ । अब जटिल प्रकारका बिरामी आएमा कहाँ राख्ने भन्ने चिन्ता […]
२९ असोज कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो लागेको थियो । ग्यास विस्फोटमा परी ७० बर्षका विष्ट, उनकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए । […]
धनगढी: बैतडीको सुर्नया गाउँपालिका–५ का वडाअध्यक्ष केशब मडैको निधन भएको छ। उपचारका लागि लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो। पहिलोदेखि उनी जन्डीसको समस्याले ग्रसित रहेको थिए। बिहीबार बिहान एक्कासी बिरामी भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा पालिकाका समाजिक परिचालक कृष्ण राज मडैले जानकारी दिए।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको […]
निमेन्द्र शाही बाजुरा, २९ असोज। रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमा इलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे । बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ । बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए । अलि भिन्न देखेर म उनी […]
नागरिक रैबार/बाजुरा २९ असोज। बाजुराका बाढी पहिरो पिडित र विपन्न वर्गलाई पदम खत्री स्मृती प्रतिष्ठानले राहत वितरण गरेको छ । प्रतिष्ठानले विहिबार विहान त्रिवेणी र बुढीगंगा नगरपालिकाका बाढीपिडित र अतिविपन्न वर्गका ८० परिवारलाई राहत वितरण गरेको हो । बाजुराका बाढीपिडित परिवारका लागि भन्दै प्रतिष्ठानले यस अघि नै धनगढीमा राहत संकलन अभियानको थालनी गरेको थियो । […]
काठमाडौँ — कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको हो । अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न […]
धनगढीः सुदूरपश्चिममा १३ सय बढि कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बुधबार प्रदेशमा ९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार तीन सय दुई पुगेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा गरी संक्रिय संक्रमितको संख्या एक हजार तीन सय दुई रहेको जनाएको छ। निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा धेरै सात सय २५ जना […]
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म ११७९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। […]
काठमाडौं, २८ असोज । सरकारले कोरोना बीमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बीमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, […]
काठमाडौँ — कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन […]
नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा खटेका झन्डै एक सय स्वयंसेवीलाई प्रतिव्यक्ति ४८ हजार रुपैयाँ भत्ता बाँडेको छ। क्वारेन्टाइन व्यवस्थापन मूल समितिका सदस्यद्वय शिवचरण यादव र सज्जाक खाँले भने यो रकम विपत् व्यवस्थापन कोषमा फिर्ता गरे। उनीहरूले असार ३१ गते गाउँपालिकालाई पत्र लेखी ‘आफूले निस्वार्थ रूपमा काम गरेको’ र ‘जानकारीबिना नै बैंकमा पैसा जम्मा […]
काठमाडौँ- सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु नि:शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरी असोज १५ गते भएको फैसालको पूर्णपाठमा सर्वोच्चले सरकारी अस्पतालबाट निशुल्क पीसीआर परिक्षण गराउन सरकारका नाममा परमादेश दिएको हो। कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य […]
दमौली : तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए। उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो। त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगे। त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो। धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो। तर, उनका छोराहरू काठमाडौं […]
काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३५ सय ५६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट पारे । […]