होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- सरकारले चौतर्फी चर्को आलोचना भएपछि प्रधानमन्त्री र मन्त्रीहरूले पाउने दशैँ भत्ताको रकम ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ जम्मा गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूले पाउने दशैँ भत्ता […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक। जिल्लाको गौमुल गाउँपालिकाको कृषि विकाश शाखाले पालिका भरिका कृषकहरुलाई गहुँको विउ वितरण गरिएको छ । पालिका भरिका कृषकका लागि आवश्यक पर्ने गहुँको विउ २५ प्रतिशत अनुदानमा २ हजार ४ सय ८० केजि विउ कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको कृषि विकाश शाखाले उपलब्ध गराएका डब्लु के १२०४, स्वर्गद्धारी र च्याखुरा जातका […]
गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल […]
नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएका बेला हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ सुरु भएको छ । कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अहिलेको दसैँ जो जहाँ छ, त्यहीँ मनाउन सार्वजनिक रुपमा आग्रह गरेको छ । तर घटस्थापना सुरु भएदेखि दैनिक करिब साढे ४ हजार सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् भने […]
धनगढी :अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न गिरोह पक्राउ परको प्रहरी स्रोतले जनाएको छ । ‘बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा […]
काठमाडौं – संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’ सरकारले भने संविधानको मौलिक हक उल्लंघन हुने गरी कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय लिएपछि त्यसको सर्वत्र […]
काठमाडौँ– सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णय गरेसँगै सरकारी अस्पतालहरूले शुल्क लिन थालेका छन् । स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार पाउने लक्षित वर्ग र उपचारको आधार तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा कोरोना संक्रमण परीक्षण र उपचार खर्च संक्रमित आफैँले तिर्नुपर्ने मन्त्रालयको जानकारी गराएका थिए । […]
काठमाडौं – विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई परास्त गरेका छन् ।मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड ६३ लाख ५ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ४७ हजार ६३४ जना निको भएका छन् । […]
काठमाडौं । कोरोना महामारीले मुलुक थिलथिलो भएको अवस्थामा संसद सदस्यले दसैं भत्ता नलिने निर्णय सरकारले गरेको छ । संसद सचिवालयले संघीय सांसदको खातामा भत्ता निकासा गरेपछि केही सांसद र पार्टीहरुले यसको विरोध गर्दै फिर्ताको घोषणा गर्न थालेका थिए ।आफूखुसी घोषणा भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दसैं भत्ता दिने निर्णय फिर्ता गरेको हो […]
निमेन्द्र शाही/बाजुरा, ३ कात्तिक। अहिले ग्रामीण बस्तीमा केही वर्षअगाडिको जस्तो कहालीलाग्दा दृश्य कमै मात्र खिच्ने अवसर मिल्दछ । सुविधा र चेतनाले ग्रामीण रहनसहनमा कोल्टो फेराएको छ । अझ सरसफाइका कुरा गर्दा ‘आची भेटियो कि गाउँ आयो’ भन्ने उखान झुटो सावित हुँदै गएको छ । रहनसहन, खानपिन आधुनिकतातिर जाँदा धेरै राम्रो भएको छ । पछिल्लो समय […]
दार्चुला: जिल्ला अस्पताल दार्चुलामा विगत केहि दिनदेखि अवरुद्ध रहेको एक्सरे सेवा सञ्चालनमा आएको छ। दार्चुला अस्पतालमा दुईवटा एक्सरे मेसिनहरु भएपनि दुवै मेसिनहरु बिग्रीएर भएर एक्सरे सेवा नै अवरुद्ध भएको थियो। बिग्रीएको एउटा एक्सरे मेसिनको पाटपुर्जा काठमाण्डौबाट ल्याइएको तथा जडान गर्न धनगढीबाट प्राविधिकहरुले मेसिन जडान गरी आइतबार बाट सेवा सञ्चालनमा आएको जिल्ला अस्पताल दार्चुलाका व्यवस्थापन समितिका अध्यक्ष […]
बाजुराको वुढीनन्दा नगरपालिकाकामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरीएको छ । एच वि सिसि, यु के आईडि, युनिलेभर लगायतको आर्थिक सहयोगमा एक्सनएड नेपाल, पीसविन बाजुरा र एच आर सि बाजुराको साझेदारीमा सञ्चालन भैरहेको आपतकालिन प्रतिकार्य परीयोजना ईआरपिद्धारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्रि वितरण गरीएको हो । वुढीनन्दा नगरपालिकाको कोल्टीमा एक कार्यक्रममा विच […]
नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ । उनको ८३ बर्षको उमेरका निधन भएको जानकारी चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले दिएका छन् । पुष्करका अनुसार, लामो समयदेखि मास्के कलेजोको बिरामी समेत थिए । उनलाई कोरोना पोजिटिभ देखिएको थियो । मास्केले पूर्ण छायांकारको रुपमा चलचित्र ‘मनको बाँध’मा काम गरेका थिए । मास्केले केही […]
१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा ११६० महिला र २००७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य […]
निमेन्द्र शाही बाजुरा, १ कात्तिक ‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । […]
दशैं यात्रा यसपाली त्यती सहज छैन । त्यसै पनि दशैंमा लामो दुरीको यात्रा अस्तव्यस्त हुनेगर्छ । त्यसमाथि यसपाली कोरोना सन्त्रास छ । यात्राको क्रममा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च छ । १. सार्वजनिक यातायातमा सबैथरीका यात्रुसँग यात्रा गर्नुपर्ने हुन्छ । आमने–सामने बस्नुपर्छ । त्यसमध्ये एकजना मात्र यात्रु संक्रमित भएमा भाइरस सर्ने जोखिम उच्च हुन्छ […]
भक्तपुर – कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमण हुनेमा २ हजार ३ सय ५० पुरुष र १ हजार […]
विजयदशमी (नवरात्र)को पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका छन् । जमराको महत्व दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता […]
३० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ […]
३० असोज, काठमाडौं । पाँच दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन् । काठमाडौंको खहरेमा घर भएका विष्णु […]