होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : नेपालमा थप १ हजार ९५४ जना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।
१२ कात्तिक, झापा । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले […]
‘ए कोरोना त केही होइन, त्यही रुघाखोकी जस्तै त हो नि ! लागिहाल्यो भने बेसारपानी खाने, ठीक भइहाल्छ, कोरोनाबारे अनावश्यक हल्ला फैलाइँदैछ, यो सबै नेताहरुको खेल हो । कमिशन खाने बाटो बनाएका हुन् नेताहरुले !’ पछिल्लो समय चिया पसलदेखि सडक र गल्ली–गल्लीमा यस्ता भनाइहरु सुनिन्छन् । म आफैँले रिपोर्टिङका क्रमका सुनेका शब्दहरु हुन् यी । […]
मदिरा पिउनेलाई वाहाना कति-कति । पिउनकै निम्ति अनेक जुक्ति निकाल्छन् । थोरै पिउँछन् । थोरै पिएपछि तलतल मेटिदैन । फेरी थप्छन् । थप्दै जान्छन् । लट्ठ हुन्छन् । भए-नभएका कुरा गर्छन्, गर्न हुने-नहुने हर्कत गर्छन् । जब अर्को बिहान होस खुल्छ, तब आत्मआलोचना गर्दै नम्रतापूर्वक भन्छन्, ‘यो रक्सी भन्ने जात राम्रो होइन । भो, अब […]
११ कात्तिक, काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक […]
११ कात्तिक, काठमाडौं । उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए । तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् । उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा […]
दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् । खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार […]
कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न शहरहरुमा काम गर्दै आएका […]
११ कात्तिक, काठमाडौं । कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् । यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको […]
काठमाडौँ । पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् । शर्माकी […]
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने […]
पोखरा । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक चारैजना पोखरा महानगरपालिका निवासी हुन् । पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका ७ बजेर ४५ मिनेटमा चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । कोभिड–१९ […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय नाघेको छ । शनिबार प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जना थपिएसँगै संक्रमितको संख्या ९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार २ सय ६४ पुगेको जनाएको छ । सुदूरपश्चिम […]
टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागेर कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कएकी हुन् । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात […]
८ कात्तिक, काठमाडौं । नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् । विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा आईसीयूमा राखिएको थियो । शुक्रबार उनको कोरोना […]
मानिसको नाम जगत्सँग सम्पर्क राख्ने उसको नितान्त अन्तरङ्ग माध्यम हो । अनि जगत्सँग अन्तर्क्रिया गर्ने उसको माध्यम पनि त आखिर नाम नै हो । प्रत्येक मानिस सामाजिक समष्टिको एक विशिष्ट एकाइ हो, र ऊ स्वयंमा एक स्वायत्त सत्ता पनि हो । उसको यो विशिष्टता र उसको यो स्वायत्तता प्रकट हुने माध्यम पनि त उसको नामै […]
गए सालको दशैंमा ।कोटेश्वरको माइक्रो बस काउन्टरहरुमा दुई चक्कर लगाइसक्दा हातगोडा फतक्कै गलिसकेको थियो । चर्को घाम, पेट्रोलको धुँवा र धुलो, मान्छेको भिड । पान दोकान जस्तो काउन्टरमा मुस्किलले टाउको छिराएर सोधें, ‘बिर्तामोडसम्मको भए पनि हुन्छ, टिकट छ ?’ काउन्टरका मान्छे मालपोतका कर्मचारी भन्दा पनि बढी भाउ खाएका । वाक्य फुटे त के ? हेर्दा […]
आहुती विचार । सुरुवात । कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढेको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्राउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन् । नेपालका जनजातिहरूका अधिकांश पर्व पनि यसै कोटीमा रहेको पाइन्छ । दक्षिण एसियाको सिन्धु उपत्यका र गंगा मैदान कृषिका निम्ति शानदार भूमि रहिआएका छन् । […]
जनै पूर्णिमा क्वाँटी, माघे संक्रान्तिमा तरुल, तिहारमा सेलरोटी भनेजस्तै दशैंमा मुख रसाउने परिकार हो, खसीको पक्कु । खसीको मासुमा मरमसला मिसाएर धिमा आँगोमा पकाइने यो परिकार हरेकको भान्सामा पाक्छै, पाक्छ । पाहुनालाई सत्कार गर्न खसीको पक्कु त चाहियो नै । घरमै घोर्ले खसी ढालेपछि मासुको चिन्ता भएन । त्यसको अनेक परिकार बन्छ । पक्कु छुटै, […]
काठमाडौं । नवरात्रि एक संस्कृत शब्द हो, जसको अर्थ हुन्छ नौ रातहरूको समूह । हिन्दू धर्ममा मनाइने चाडपर्वहरूमध्ये सबैभन्दा पवित्र मानिने नवरात्रि वर्षमा चार पटक मनाउने प्रचलन थियो । तर अहिले केवल दुई पटकमात्रै सर्वसाधारणले मनाउने चलन छ । हिन्दू धर्मको मान्यता अनुसार यी दिनमा हरेक घरघरमा देवी दुर्गाको नाममा जप्ने गरिन्छ । अधिकांश महिलाले […]