होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– नेपालमा आज थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४१२ पुगेको हो । मन्त्रालयका अनुसार ५ हजार १३२ जनामा गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ […]
चिसोबाट बच्न हामी आगो ताप्ने, हिटर ताप्ने गर्छौ । तर, यो स्वास्थ्यको हिसावले लाभदायक मानिँदैन । अझ काठमाडौं उपत्यकामा एकाएक वायु प्रदूषण ह्वात्तै बढेसँगै चिकित्सकहरुले आगो नताप्न र धुवा धुलोबाट बच्न सचेत गराएका छन् । यतिवेला देशभरको मौसम बदलि भएको छ । चिसो ह्वात्तै बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ […]
कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा […]
बझाङ — दलित समुदायले पुर्खादेखि भोगचलन गर्दै आए पनि गैरदलितले स्वामित्व दाबी गरेका कारण विवादित जग्गामा सहमति जुटेको छ । उक्त जग्गा दलितको नाममा दर्ता गर्न गैरदलितहरू सहमत भएका छन् । जयपृथ्वी नगरपालिका–८ मा रहेको जग्गाको स्वामित्वका लागि यहाँका २० परिवार दलित लामो समयदेखि संघर्ष गर्दै आएका थिए । जयपृथ्वी नगरपालिका–८ मा जग्गाको जग्गाको विवाद मिलाउन प्रमुख जिल्ला […]
काठमाडौं । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले […]
एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशहरुले जस्तै चीनले पनि भ्याक्सिन उत्पादन गरिरहेको छ । चीनको बुहानबाट सुरु भएको भाइरस रोकथामका लागि चीन सक्रिय रुपमा लागिरहेको छ । उसले सर्वसधारणका लागि भ्याक्सिन लगाउने कार्ययोजना अघि बढाएको छ । चीनको सांग्रिला कम्पनी लगाएतले बनाएको कोरोना विरुद्धको भ्याक्सिन नेपालमा पनि […]
२३ पुस, जनकपुरधाम । सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो । प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । बुधबार […]
भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार […]
विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार नै यस सूक्ष्मजीवको आतंक एवं प्रकोपले घरमै थुनिन बाध्य भयो। परम्परागत चिकित्सा प्रणालीदेखि आधुनिकतम ल्याबहरुमा युद्ध स्तरमै यस भाइरस विरुद्ध प्रभावकारी उपाय खोज्ने दिशामा सक्रिय प्रयास हुन थाले । रेकर्ड समयमै […]
कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ ।सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ ।प्रेस एम्ब्लेम क्याम्पेन (पीईसी)ले […]
साबिक युवा संघ नेपालका महासचिब तथा राष्ट्रिय युवा संघ नेपालका प्रभावशालि नेता नरेश शाही कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मुक्त भएका छन् । पार्टी एकता र संगठनको एकता संकटमा परेको बेला बिरामी भएका युवा नेता शाही निको नहुदा संगठनको देशव्यापी आन्दोलनमा समेत असर परेको थियो । अब उहाँ लाइ काेराना मुक्त भएपछि स्वस्थ हुनुभएकाे स्वास्थ्य […]
सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि तयारी थालेको छ । हरेक हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिँदै आएको छ । नेपालका लागि आयातित रोग भए पनि १० वर्षदेखि किसानले यसको समस्या भोग्दै आएका छन् । केही दिनअघि छिमेकी देश भारतको पश्चिम क्षेत्रमा बर्डफ्लु देखिएको थियो । भारतमा बर्डफ्लु देखिएसँगै नेपाल सरकारले यसको नियन्त्रणका लागि […]
हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै […]
काठमाडौं । कोभिड १९ ले मानव शरीरलाई रोगसँग लड्न सक्ने रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) लाई कमजोर बनाइदिन्छ । कोभिड-१९ले रोग प्रतिरोधी क्षमतालाई कमजोर मात्र बनाएको छैन, विश्वव्यापी खाद्य असुरक्षालाई समेत बढावा दिइरहेको छ। खाद्य विज्ञहरूले भनेका छन् । ‘अस्वस्थ खानपानका कारणले एकातिर कुपोषण बढ्दै गएको छ भने अर्कोतिर आहारसँग सम्बन्धित बिरामीहरूको संख्या बढ्दो छ […]
नयाँदिल्ली– कोरोना संक्रमणको महामारीसँगै भारतमा बर्डफ्लुको त्रास फैलिएको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्चल र महाराष्ट्रमा बर्डफ्लु संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएको छ । मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको स्वास्थ्यकर्मीले बताएका छन । हिमाञ्चल प्रदेशमा २ हजार ४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेका छन् […]
काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको […]
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्।सामाजिक सञ्जालमा उनले आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् । उनले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’ फेसबुकमा […]
बाँके- बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतक बाँके, कञ्चनपुर र दाङका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका- ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते अस्पतालमा भर्ना भएका उनको मंगलबार बिहान साढे १२ बजे मृत्यु भएको हो । यस्तै […]
काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीको सुन्दरताको धेरैले तारिफ गर्छन् । योग गुरुका रूपमा प्रसिद्ध कमाएकी शेट्टी फिट रहन्छिन् कसरी ? आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी उनको सीडी हेरेर पनि योग सिक्ने जमात निकै ठूलो छ । केहिले यूट्युबबाट समेत उनलाई हेरेर सिकिरहेका छन् । शिल्पा शेट्टी […]
कैलाली– सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ । रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै […]