होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली काँंग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते […]
काठमाडौँ — कोरोना संक्रमित बाजुराका सुरेश कठायत उपक्षेत्रीय अस्पताल डडेलधुरा भर्ना भएका थिए । कुरुवा बसेकी थिइन् पत्नी सरिता । उपचारकै क्रममा गत जेठ १५ मा कठायतको मृत्यु भयो । सरिताले खप्न सकिनन्, अस्पतालनजिकैको जंगलमा झुन्डिएको अवस्थामा फेला परिन् । श्रीमान्को मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष असार १९ मा संक्रमण […]
सिरहा– सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई […]
६ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् […]
कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए […]
नेपाली समाजमा डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । डिप्रेसनको शिकार भएका कतिपयले आत्महत्यासम्मको बाटो रोजेका छन् । डिप्रेसनग्रस्त मानिसले आत्माहत्या गर्नुको मूख्य कारण नै डिप्रेसन हो । मुटु रोगपछि डिप्रेसन विश्वको दोस्रो ठूलो समस्या हो । डिप्रेसन मूलत: मानसिक समस्या हो । डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत […]
गलकोट- विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ ।जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र […]
विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका -५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी […]
कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने […]
काठमाडौं । बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी […]
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार आज मनसुनको न्यून […]
नागरिक रैबार/बाजुरा ४ साउन। जिल्लाको हिमाली गाउँपालिका १ की एकजना गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकि वडा नम्बर १ कि ३५ बर्षिया पदमकला थापालाई सोमबार हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेतमा लगिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् । आफन्तहरुले पदमकलालाई ब्यथा लाग्ने बित्तिकै गाउँकै बिच्छँया स्वास्थ्य चौकी थिए […]
नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग गरेको छ ।नेसोगका अध्यक्ष प्रा. डा. गणेश दंगालका अनुसार गर्भवती महिलालाई मात्र नभई गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने हुन्छ । नेसोगले एक विज्ञप्ति जारी गर्दे गर्भवती महिलाहरुमा हालसम्म अध्ययन अनुसार यस खोपले गर्भमा रहेको शिशुलाई […]
ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले परिचयपत्र नवीकरण नगरे चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् । पालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले तोकिएको ढाँचा/फारममा निवेदन दिई साउन मसान्तसम्म सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न परिपत्र गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले साउनभित्र सामाजिक सुरक्षा […]
‘आँशु’सँग मान्छेको नाता कम्ता चाखलाग्दो छैन । मान्छेको भावनालाई स्वभाविक रुपमा, प्राकृतिक रुपमा अभिव्यक्त गर्ने संकेत हो, आँशु । जस्तो कुनैपनि कुरा देखेपछि, सुनेपछि, भेटेपछि मान्छेले प्रतिक्रिया जनाउँछ । प्रतिक्रिया जनाउनका लागि मान्छेसँग बोली छ, भाषा छ । बोलीकै माध्यामबाट मान्छेले कुनै न कुनै प्रतिक्रिया जनाउँछ । त्यसपछि मान्छेल आफ्नो हाउभाउ वा इन्द्रियहरुको माध्यामबाट प्रतिक्रिया […]
४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिए । अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज […]
काठमाण्डौ – आज यस वर्षको साउन महिनाको पहिलो सोमवार। हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन्। साउने सोमवारका दिन सुदूरपश्चिमका विभिन्न शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ। साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। साउनको पहिलो सोमवार […]
आफ्नै फोटो–भिडियो अश्लील साइट वा पेजहरुमा फेला परेमा के होला ? आफ्नो निजी फोटोहरु तोडमोड गरेर सामाजिक सञ्जालमा राखिएको भेटेमा के होला ? अहिलेको जल्दोबल्दो जोखिम हुन् यि । तपाईंले थाहा नपाई तपार्ईंकै फोटो–भिडियो दूरुपयोग हुनसक्छ । सामाजिक सञ्जालदेखि पोर्न साइटसम्ममा ति फोटो–भिडियो छताछुल्ल हुनसक्छ । किनभने यस किसिमको साइबर धन्दा अहिले भित्रभित्रै मौलाएको छ […]
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक […]
२ साउन, धनगढी । मृत अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ । शनिबार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत अवस्थामा फेला परेका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । […]