होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रियसभा सदस्य विमला राई पौडेलले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको बताएकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै राईले अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको उल्लेख गरिन् । उनले भनिन्– ‘कतिपय बाहिर जाने योजना बनाएका विद्यार्थी पनि थला परेका छन् । हुन […]
मकवानपुरः हेटौंडा र हेटौंडाको मुख्य बजार बुद्ध चोकमा दुई युवाबीच खुकुरी हानाहान हुँदा एकजना घाइते भएका छन्।बुधबार बिहान बुद्धचोकमा दुई युवाबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका हुन्। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको अनुसार खुकुरी प्रहारबाट हेटौंडा-१, चाइनाक्वाटर बस्ने २६ वर्षका प्रशान्त नगरकोटी सामान्य घाइते भएका छन्। प्रहरीले खुकुरी प्रहार […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको […]
कास्की– मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा नं –२ बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मंगलबार बिहान […]
धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै […]
२६ साउन, पोखरा । मनसुनको सुरुवाती समयमा आएको बाढी–पहिरोले भवनमा क्षति पुर्याएपछि मनाङको नासों गाउँपालिकाले लमजुङको बेंशीसहरमा अस्थायी कार्यालय राखेको करिब २ महिना पुगेको छ । हिजोआज मर्स्याङ्दी नदीमा पानीको बहाव केही घटेको छ तर गाउँमै फर्किएर सेवा दिन समस्या भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । नासोंमा एक गाउँबाट अर्को गाउँ जाने बाटो र […]
२६ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौं पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । ‘घरमै […]
काठमाडौँ– कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौँको बागबजारस्थीत पद्मकन्या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरूले कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा सञ्चालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले नो भ्याक्सीन नो इक्जाम भन्दै नारावाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश […]
नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो । असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल खरिद […]
२६ साउन, कर्णाली । कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा […]
नागरिक रैबार । बाजुरा २६ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र […]
२६ साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष (२०७७/०७८) मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् ।सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रहरी कार्यालयले […]
२६ साउन, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ ।बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी भएको घर सुनचाँदी व्यवसायी […]
काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ ।यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ । ‘संक्रमण बढ्दै गएकाले अबको निषेधाज्ञा अहिले वैज्ञानिक बनाउनु पर्ने आवश्यक देखिएको छ,’ ललितपुरका प्रजिअ […]
धनगढी: अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।जिल्लाको मंगलसेन नगरपालिका -१ भट्टेका ५६ वर्षिया रतने राना घर नजिकै बारिमा घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा घाइते भएका वडा सदस्य पूर्ण बहादुर रानाले बताए। उनको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको बताइएको छ।
काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरुलाई खोप दिने व्यवस्था मिलाउन माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले सञ्चालन […]
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन ।उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । ‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, […]
रुकुमपूर्वमा दुई जना नदीमा वेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका श्रीमान श्रीमती वेपत्ता भएका हुन् ।आइतबार साँझ साढे ६ बजे वेपत्ता भएका उनीहरु अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी बेपत्ता […]
२५ साउन, काठमाडौं । खानीखोला गाउँपालिका-४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई गत हप्ता उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइयो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता बनेको हो । घरमा औषधि ल्याएर खाँदा शरीरलाई आराम नमिले पनि उनका आफन्तले रु ७० हजार […]
पछिल्ला केही घटनाक्रमलाई नियाल्ने हो भने धेरै दम्पतीबीचको कलह सतहमा छताछुल्ल भएका छन् । श्रीमान–श्रीमतीले एअर्कालाई धोका दिने, सम्बन्ध विच्छेद गर्ने, विवाहेत्तर सम्बन्धमा रहने जस्ता क्रियाकलप बढ्दो छ । बालबच्चालाई बिल्लीबाठ पारेर उनीहरुको दाम्पत्य जीवन कलहको आँधीबेहेरीमा परेको छ । यसमा अहिले सामाजिक सञ्जाल, युट्युब जस्ता माध्यामहरुले आगोमा घिउ थप्ने काम गरिरहेका छन् । मुलुकमा […]