होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। गत बुधबार बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक उद्धव जोशीको मृत्यु भएको हो।उपचारका क्रममा काडमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जोशीका आफन्त पुष्कर भण्डारीले जानकारी दिए। बुधबार पाटनबाट हेलिकोप्टर चाटर्ड गरी नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जमा उपचार […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ […]
कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । न शरीर ढाक्ने कपडा छ, न त पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यति मात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको सहाराबिना उठबस गर्न सक्दैनन् । फिरन्ते राउटे समुदाय पहिले […]
अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो । रुघाखोकी लाग्नसाथ औषधि खाने प्रवृत्ति […]
बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–०८५ का अनुसार ०८२ सम्म सबै प्रकारका बालश्रमको निवारण गरिसक्ने लक्ष्य थियो । त्यसका लागि पाँच वटा रणनीतिहरु अपनाइएको थियो । ती हुन्, बालश्रम निवारण सम्बन्धी नीतिगत, कानुनी र संस्थागत व्यवस्थापनमा सुधार, बालश्रमका परेका बालबालिकाको नियमित खोजी, अनुगमन, उद्धार र पुनस्र्थापना इत्यादि । यी रणनीतिले भने कर्णालीमा सार्थकता पाउन सकिरहेको […]
औसत मान्छेको चोलामा यस्तो स्थिति रहरलाग्दो हुन्छ, जब सिर्जना र श्रमले एक अटुट लय बनाउँछ । अनि त्यही लयमा जीवन-भोगाइका सुदूर क्षणहरू कथानक धुन बनेर गुञ्जन्छ । प्रकाश सपूतको हकमा आज यस्तै भइरहेको छ । चार वर्षअघि फर्किएर हेर्दा उनीसँग के थियो ? न प्रसिद्धि, न वैभव । उनले टेकेको धरातल साँघुरो थियो । त्यहाँ […]
परिवार नियोजनका साधन सहजै उपलब्ध छन् । त्यसको उपयोगिता पनि सहज एवं सरल छन् । यसको समुचित प्रयोगले भविष्यमा हुनसक्ने कतिपय झन्झटबाट मुक्त गर्छ । अनिच्छित गर्भ रोक्न होस् वा यौनजन्य रोगको संक्रमणबाट बच्न; परिवार नियोजनका साधनहरू अपनाउन सकिन्छ । तर, अचम्म त के छ भने अक्सर नेपाली दम्पतीले यस्तो साधन प्रयोग गर्न झन्झट मान्छन् […]
धनगढी: दार्चुलाका ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ।तीन दिनको अवधिमा जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा ६ जना बालबालिकामा संक्रमण देखिएको हो। अस्पतालका अनुसार बिहीबार मात्रै २ जना ४ महिना र १० महिनाको उक बच्चामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै महाकाली नगरपालिका -४ का एक बालकलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ। […]
नागरिक रैबार/बाजुरा १ असोज । सदरमुकाम मार्तडीबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्व अनन्ते मेला यस वर्ष यही भदौ ४ देखि ६ गतेसम्म लाग्ने भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मनाईने अनन्ते मेला आगामी सोमबारबाट विधिवत रुपमा सूरु हुने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले […]
कोरोना संक्रमण जोखिमका कारण भौतिक रूपमा विद्यालय बन्द हुँदा विद्यार्थीलाई सिकाइसँग जोड्नका लागि अनलाइनबाट पढाउन सुरु भयो । मोबाइल किन्न नसक्ने अभिभावकले पनि दुःख गरेर आफ्ना छोराछोरीको लागि मोबाइल किनिदिए, इन्टरनेट जोडिदिए । यसले बालबालिकाको सहज पहुँचमा प्रविधि र इन्टरनेटमा पुग्यो । यसको सकारात्मक वा नकारात्मक प्रभाव देखिन थालेको छ । प्रविधि र इन्टरनेटको सदुपयोगबारे […]
बजेटमा मिर्गौला दीर्घरोगीलाई मासिक उपचार खर्च व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई मिर्गौला पीडित सरोकार समाजले धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगा देवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरे । पौडेलकी ५९ वर्षीया […]
शान्तिश्री परियार लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका हुन् । ‘बोलमाया’, ‘गलबन्दी’, ‘चौकादाउ’ हुँदै ‘कुरा बुझ्न पर्च’सम्म आउँदा उनका थुप्रै गीत लोकप्रिय भइसकेका छन् । शान्तिश्रीसँग उनको दैनिकी, खानपान लगायतका विषयमा कुराकानी : बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ वा छैन ? बिहान ७ देखि साढे ७ बजेभित्र उठ्छु । उठने तालिका प्रायः त्यही […]
सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ । भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको पहिचान भएको छैन । ‘नदी किनारामा केही कागज र कपडा छन् हामीले छोएनौं, तत्काल […]
काठमाडौँ । ज्वरो आएपछि एक युवा टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा जाँच गर्न आए । उनले ज्वरोसँगै ढाडमा कालो पाप्रो देखिएको पनि चिकित्सकलाई बताए । चिकित्सकले प्रयोगशालामा परीक्षणका लागि पठाउँदा ती युवामा ‘स्क्रब टाइफस’ भएको प्रमाणित भयो । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै निपाह भाइरस र स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका […]
काठमाडौँ — सोमबार लुम्बिनी आँखा केन्द्रमा गुल्मीका एक १० वर्षीय बालक आँखाको सबै पत्रमा पिप जमेको लक्षण लिएर आए । उनलाई चिकित्सकले ‘सापू’को शंका गर्दै शल्यक्रिया गरे । चिकित्सकका अनुसार उनमा सुधार आउन ३–४ दिन लाग्नसक्छ तर, आँखा नदेख्ने सम्भावना प्रबल छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)की सहप्राध्यापक तथा तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरका अनुसार […]
प्रायःजसो यस्ता पसलहरु देख्नु भएको छ जसका मालिकहरु मुस्कान दिएर ग्राहकलाई स्वागत गर्छन् । अर्थात् निकै स्नेह र श्रद्धाका साथ आफ्नो पसलमा भएका सामग्रीहरु देखाइरहेका हुन्छन् । तिनै पसलमा ग्राहकहरुको पनि भीड देखिन्छ । भनिन्छ, जसको ओठमा मुस्कान छैन उनीहरुले पसल खोल्नु हुँदैन । पसले जीवन एक वास्तविकता हो । जीवनमा हाँस्दै तपाईं अरुलाई पनि […]
काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । ‘स्वयम्भूको ठूलो भर्याङमा ९ दिनअघि भएको […]
मिर्गौलामा पत्थरी हुँदा असहनीय पीडा हुन्छ । मिर्गौलामा पत्थरी हुँदा पेट र कम्मर दुख्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ । विशेषज्ञका अनुसार पानी कम पिउनु नै पत्थरीको मुख्य कारण हो । यसका साथै, गलत खानपान पनि पत्थरी बन्ने कारण हुनसक्छ । चिकित्सकहरुले खानपानमा सुधार गर्दा पत्थरीको समस्या कम हुने बताउँछन् । मिर्गौलाको पत्थरीबाट बच्नका […]
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको शवलाई बाँके […]
डोटी: जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन्। यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन्। केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सस्थाले जनाएका छन्। जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले […]