होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । एउटा भनाइ छ, नेपाली दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । यसले दम्पतीबीच हुने यौन असमझदारी र असन्तुष्टितर्फ संकेत गर्छ । ‘यौन’ भन्नासाथ खुम्चिने नेपाली समाज यसबारे खुला बहस गर्न हच्किन्छ । यौनलाई ‘छाडा’ भन्ने मनोसामाजिक धारणाको दीर्घकालीन असर दम्पतीको ओछ्यानसम्म परेको छ । नतिजा, श्रीमान-श्रीमती एकआपसमा यौनका विषयमा कुरा गर्दैनन् । यौनका तौरतरिका […]
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु […]
कपिलवस्तु — कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए । राजवंशी गोली लागेको अवस्थामा बुधबार […]
नागरिक रैबार/बाजुरा ७ बैशाख। जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन सम्झौता सकिएको १ वर्षमा पनि निर्माण कार्य पुरा हुन सकेको छैन् । अस्पतालको ५० सैयाको भवन समयमै निर्माण सम्पन्न नहुँदा अस्पतालमा दैनिक आउने विरामीलाई समस्या भएको छ । जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन निर्माणका लागि डाँफे-लोहनी पिएस जेभि डोटीले २०७५ बैशाख १ गते ३ […]
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो । ‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ । स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, […]
काठमाडौंः भीरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। घरबाट फर्कने क्रममा बेलकोटगढी नगरपालिका १२ सतारेका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घर पुगेर कार्यक्षेत्र विदुर फर्कने क्रममा बाटोमा पर्ने घट्टेखोलाको भीरबाट लडेर २६ वर्षीय योगेन्द्र न्यौपानेको ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए। […]
बेनी: यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन्। बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ। यसैगरी उज्यालो […]
तपाईं कुनै व्यस्त सपिङ मलमा हुन्छ । त्यहाँ सांगीतिक कार्यक्रम भइरहेको छ, तपाईं त्यसमा रमाइरहनु भएको छ । त्यहीबेला तपाईंको हात पाइन्टको खल्तीमा जाँदा तपाईंको होस उड्छ, किनकि मोबाइल गायब छ । तपाईंको आँखा छलेर मोबाइल चोरी भएको पत्तै हुँदैन । मोबाइल त हरायो नै, त्योसँगै तपाईंका निजी डकुमेन्ट पनि जोखिमा पर्छन् । यस्तो बेला […]
धनगढीः थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले जानकारी दिए। केही दिन अगाडि धनगढीस्थित ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको टाउको, खुट्टा र आँखामा गम्भीर […]
ढोकाको आवाजले उ झस्याङ्ग हुन्छे । रातको दश बजेको हुन्छ र श्रीमान कोठामा पसेको हुन्छ । ऊ अलि ‘अनकम्फर्टेबल’ हुन्छे । हरेक क्षण ‘कम्फर्टेबल’ हुन त नारी नभएर पुरुष भएर जन्मनुपर्ने रहेछ भन्ने सोचेर अफसोस मानिराख्छे । श्रीमान सिधै एट्याच वासरुम छिर्छ । सायद श्रीमान केही मदिरा पिएर आएको हुन्छ । कोठामा त्यस्को गन्ध पसिसकेको […]
नयाँ दिल्ली: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ। सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २,१८३ जना सङ्क्रमित भएका छन्। उक्त अवधिमा थप २१४ जनाको कोभिड–१९का कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ। त्यसैगरी पछिल्लो एक दिनमा एक हजार […]
काठमाडौंः भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले देशका उत्तरपूर्वी राज्यकाले तिनका विद्यालयमा हिन्दी भाषालाई अनिवार्य बनाउने सहमति जनाएको बताएका छन्। यो सहमति सार्वजनिक भएसँगै आसाम लगायत उत्तरपूर्वी राज्यहरुमा आक्रोश उत्पन्न भएको छ। उत्तरपूर्वका आठ राज्यका १० कक्षासम्म हिन्दी भाषा अनिवार्य बन्न लागेको जानकारी दिने क्रममा शाहले हिन्दीलाई ‘भारतको भाषा’ बताए। उनले ‘देशको एकता मजबुत बनाउन हिन्दी […]
नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् । रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा आफूमाथि हातपात भएको ढुंगेलले बताए । नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी […]
चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् । मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै […]
नागरिक रैबार बाजुरा ४ बैशाख । बाजुराका नौ वटै स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउनु सुरु गरिएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म देश भरका सबै बालबालिकालाई खोप लगाइ सक्न जारी सरकारी निर्देशन अनुसार बाजुरामा आइबारबाट सुरु गरिएको हो । नेपाल सरकारको २४ दिने खोप अभियान अन्र्तगत बाजुरामा बैशाख […]
वीरगञ्ज । बारामा आज बिहान स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका-२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् । दुर्घटनामा जीपमा सवार १३ जना घाइते […]
बारामा भरूवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ। जितपुर-सिमरा उपमहानगरपालिका-१६ डकाह टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। उनकाअनुसार मगर दुधौरा खोलामा माछा मारेर फर्किएका थिए। त्यसक्रममा नजिकै सपरू घारीमा सिकारीले जंगली जनावर मार्न राखेको धराप (भरूवा बन्दुक) पड्किँदा उनको मृत्यु भएको हो। […]
नागरिक रैबार/बाजुरा २९ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइदै छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । सोही […]
मनाङ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ ।गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई उच्च रक्तचाप […]
काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ […]