होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो। कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो।मोरङका सहायक जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शनिबार बिहानैदेखि विराटनगरमा लकडाउन गरिने जानकारी दिए। ‘ […]
धनगढी : सुदूरपश्चिमका आज एक सय १३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी आज एक सय १३ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ […]
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । कहाँकहाँ थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । काठमाडौंमा संक्रमितको […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । ७४ वर्षीय केन आफैं कुनै समय रिपब्लिन पार्टीमा राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए । गत चुनाव र यसपटक पनि उनी ट्रम्पको चुनावी अभियानमा समर्थक थिए । कोभिड–१९ को संक्रमणपछि केनको मृत्यु भएको जानकारी बिहीबार […]
१६ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त बिहीबार राति एम्बुलेन्स खोज्दै थिइन् । रातिको समयमा उनले एम्बुलेन्सको व्यवस्था गर्न सकिनन् । त्यसपछि प्रहरीकै गाडीमा राखेर सुत्केरी व्यथाले छटपटाईरहेकी एक महिलालाई गण्डक कोरोना अस्पताल पुर्याइन् । एसपी पन्तले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ निवासी ३१ वर्षीया महिलाकै लागि एम्बुलेन्स खोजीरहेकी थिइन् […]
काठमाण्डौ – लकडाउन खुलेपछि सडक बजारमा चहलपहल बढेको छ । चार महिनाभन्दा बढी समयदेखि रोकिएका कामले गति लिन थालेको छ । तर स्कुल कलेज भने अझै खुलेका छैनन् । सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेको र विद्यालयबाट क्वरेण्टीन हटाउने निर्णय गरेकाले अब पठनपाठन सुरु हुन्छ कि भन्ने सङ्केत देखिएको छ । तर […]
धनगढी : सुदूरपश्चिमका झण्डै ३३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ३३ हजार दुई सय ३५ जनाको कोरोना परीक्षण गरिएको हो। कोरोना परीक्षण थालिएको झण्डै पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको हो। स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत […]
बाजुरा १६ साउन। विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण पहलकदमी लिनु भएका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय इन्सेक कार्यसमितिको गत साउन ६ गते सम्पन्न भएको बैठकले गरेको इन्सेकले जनाएको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन १६ गते जारी विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको […]
१६ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्यो । ‘संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम सर्वे) अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था […]
काठमाडौँ- आज पनि मुलुकका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार कैलाली, सिन्धुपाल्चोक, रुपन्देही, कास्की र गोरखा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाले कैलालीको मोहाना, खुटिया, कान्द्रा लगायतका साना खोलाहरुमा बाढीको सम्भावना रहेको तथा खोलाको नजिक क्षेत्रमा डुबानको जोखिम उच्च भएकाले सतर्क […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप ३५ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कञ्चनपुरका ३२, डोटकिा दुई र कैलालीका एक जना गरी ३५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार […]
काठमाडौं – विश्वभर १ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिएको छ । योसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५६ हजार ४७५ पुगेको छ । यो समाचार तयार […]
काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सीसीएमसी निर्देशक समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले […]
काठमाडौं । ‘अब देशमै छ रोजगारी’ अभियान औपचारिक रुपमा सुरु भएको छ । एक भर्चुअल कार्यक्रमका बीच अर्थमन्त्री डा. युबराज खतिवडाले उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरु बीच उक्त अभियानको सार्वजनिक गरेका हुन् । रोजगारी सर्भिस र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यो अभियान प्रवासी पुनरागमनहरु र अन्य […]
काठमाडौं- नेपालमा विहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो ।मोरङका ४५ वर्षका पुरुषको […]
घरभरी अनेकथरी खेलौना छ । बच्चा जन्मनुअघि नै बुवाआमाले कति खेलौनाको जोहो गरिसकेका छन् । आफन्त पाहुना लाग्न आउँदा पनि खेलौना ल्याइदिएका छन् । जन्मदिन जस्ता विशेष अवसरहरुमा त उपहार स्वरुप प्राप्त खेलौनाको थुप्रो नै लागेको छ । घरभित्र खेल्ने, घर बाहिर खेल्ने । आवश्यक्ता अनुसार सबैखाले खेलौना उपलब्ध छ । तर, बालबच्चालाई आफ्नो खेलौनाप्रति […]
धनगढी: निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाई पाएका छन्। जिल्ला अदालत कञ्चनपुरले भखरै उक्त फैसला सुनाएको छ। तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ […]
१५ साउन, काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो । बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ […]
काठमाडौं । राजधानीको कमलादीमा प्रहरी चेकजाँचको क्रममा सुन , चाँदी र हतियारसहितको झोला फालेर अभियुक्त भागेकाे भनिएको घटनामा प्रयोग भएको स्कोर्पियो गाडी फेला परेको छ । ललितपुरको नखिपोटमा गाडी फेला परेको हो । घटनामा प्रयोग भएको बा ६च ५५१९ नम्बरको स्कोर्पियो गाडी नखीपोटस्थित निर्माणाधीन घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]