होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यसअघि बुधबार उपत्यकामा९२ संक्रमित थपिएकाथिए । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ४४ सहित देशभर ३३८ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । योसँगै देशभर […]
अनिल शाही बाजुरा २६ साउँन बाजुरा जिल्लामा हिजो राति देखी निरन्तर आएको अविरल वर्षा संगैको भाडी पहीरोले २७ घर वगाएको छ भने जनजिव प्रभावित भएको छ । जिल्लाको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा गए राति आएको अबिरल बर्षसंगै बुढिगंगा नदिलेको बाढिले बगाउँदा एक जना महिला बेपत्ता बनाएको छ । वाडीपहिराका कारण दुई सय बढी जनसंख्या […]
धनगढी : हरेक वर्षायाममा सुदूरपशिचमको अस्थायी राजधानी धनगढी डुबानमा पर्दै आएको छ। सोमवार पनि धनगढीका अधिकासं क्षेत्र डुबानमा परेका छन् भने तीन सय बढि घरमा पानी पसेको छ। पछिल्ला वर्षहरूमा खोला तथा नालाहरु अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ। ठूलो पानी पर्दा हुने डुबानका कारण विभिन्न भएपनि सानो पानीमा पनि धनगढी डुब्नुको कारणचाहिं […]
आइतबार राती आएको अविरल वर्षाले जिल्लाको बडिमालिका नगरपािलका वडा नं २ भौन्यारा बजारका अधिंकाश घर तथा पसलहरु क्षेतीग्रस्त भएका छन् । निरन्तर वर्षापछि छेउमै रहेको भौन्यारा खोलाको बहाब बढेपछि आसपासका घरहरु क्षेतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खोलाले घर, पसल, शौचालय र घट्ट गरी १४ घरहरु बगाएको खबर पनि प्राप्त भएको र […]
नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । ढिलै भए पनि प्रधानमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक हुन थाल्नुलाई सकारात्मक रुपमा लिएको छु । कानूनले नचिन्ने कोभिड–१९ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति निस्क्रिय छ । तर, खारेज भइसकेको छैन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) पनि सक्रिय […]
धनगढीः सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको हो। बुधबार सम्म प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। वर्षापछि […]
काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ । […]
जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । मौसम विज्ञान विभागका देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा एक वा दुई स्थानहरूमा हल्का बर्षा भइरहेको छ। मौसम विज्ञान विभागले दिउँसो […]
सिन्धुपाल्चोक, २२ साउन । पाँचपोखरी थाङ्पाल गाउँ पालिकाको बिकट गाँउ वडा न ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ । बिहान ८ बजे देखी भर्ना गरेको ३४ वर्षीय गर्भवती महिला पासाङ लामाले स्थानीय स्वास्थ चौकी बाट सुत्केरी गराउन नसकेपछी गाउँ पालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टर द्वारा काठमाँडौं पठाइएको पाँचपोखरी थाङपाल गाँउपालिका […]
वीरगञ्ज । वीरगञ्जको अस्पताल धमाधम शिल हुने क्रमसँगै स्वास्थ्य उपचार समेत विश्वसनिय नभएपछि पछिल्लो एक सातायता ४ जना विरामी उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं गएका छन् । यही साउन २० गते मंगलवार वीरगञ्जको आर्दशनगरबाट १ जना गर्भवती महिला हेलिकप्टरमार्फत काठमाडौं गएकी हुन् । वीरगञ्ज महानगरपालिका वडा नं. ६ बस्ने गर्भवती अन्नु क्याललाई काठमाडौं पठाइएको पर्सा प्रहरीले […]
२२ साउन, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’ तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर […]
गोकर्ण दयाल, धनगढी: साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा नाङ्गै गोठाला हिँड्छिन्। आरतीसँग जीउ ढाक्ने लुगा छैन, न त ओढ्ने छाता नै छ। घरमा खान पुग्दैन । स्कुल पढ्न कापी–कलम, पोसाक र झोला त निकै परको सपना जस्तो छ। यो पीडा डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको हो। छिनमै पानी पर्ने, […]
काठमाडौं । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने […]
धनगढी: सुदूरपश्चिममा बिहिवार नौँ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, शिक्षण अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप नौँ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाजुराका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार शिक्षण अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका […]
काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए […]
काठमाडौं । स्वास्थ्य मन्त्रालयले राजधानीसहित देशभर कोरोनाभाइरस संक्रमित बढ्दै गएको भन्दै स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने बताएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण बढ्दै गएकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत आह्वान गरे । ‘कोरोना संक्रमण वृद्धि हुँदै गएको छ । यसले अस्पतालको बेड, स्वास्थ्य उपकरण र […]
दार्चुला: दार्चुलामा आफ्नै आमाको हत्या आशंकामा छोरा पक्राउ परेका छन्। जिल्लाको दुहुँ गाउँपालिका ३ ब्रहम्देवका ८० वर्षीया नारुदेवी बमको हत्या आशंकामा ५३ वर्षीय छोरा नरबहादुर बम पक्राउ परेका हुन। घरबाट आमालाई नुहाउन लग्छु भन्दै चौपाती भन्ने ठाउँमा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आमाको घाटी च्यापेर हत्या गरेको आशंका गरिएको […]
२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट […]
स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो । सरकारले विद्यालय पुनः सञ्चालनको कार्यविधिको मस्यौदा पनि तयार गरेको […]
नेपाल सरकारले लकडाउनलाई हटाएपछि संक्रमणको दर झनै बढ्ने संकेत देखिएको छ । काठमाडौं उपत्यका लागायत देशका मख्य ठूला सहरहरुमा समुदायस्तरमा संक्रमण देखापरेको छ । संक्रमण दर पनि बढ्दै गएको छ । लकडाउन खुलेसँगै मानिसहरुको आवागमन पनि बढेको छ । संक्रमितहरु एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण फैलिने सम्भावना बढेको छ । यसलाई पछिल्लो समय समुदायमा […]