होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं। चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार […]
काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पमा ५३ जनाको मृत्यु भएको छ । चीनको सरकारी अनलाइन सीजीटीएनले जनाएअनुसार भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर तिब्बतमा अहिलेसम्म ३८ जना घाइते भएका छन् । चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको […]
काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६:५० मिनेट जाँदा काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्प जाँदा मानिसहरु घर बाहिर निस्किएका थिए। सडकमा सवारी साधन केहि समय रोकिएका थिए। थप विवरण आउन बाँकी रहेछ।
नागरिक रैबार/बाजुरा २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र […]
काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको जनाएको छ । साउनदेखि मंसिरसम्म जंगली जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको विवरण प्रहरीले सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जंगली जनावरको आक्रमणबाट ५ महिनाको अवधिमा ५९९ जना घाइते भएका छन् । […]
नागरिक रैबार/बाजुरा २१ पुस। बाजुराकाे गाैमुल गाउँपालिकामा स्मार्ट हेल्थ सेवा सूरु भएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट नि:शुल्क सेवा दिने गरी स्मार्ट हेल्थ सेवा सूरु गरिएको गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् । गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोवल परियोजनासंग सहकार्य गरी पालिकाभरिका नागरिकहरुको स्वास्थ्य सुधार गर्ने लक्ष्यका साथ सो सेवा […]
काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनी निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ । हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी […]
सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ।ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा ‘शी लिड्स आइकन’ मा उत्कृष्ट घोषित भएकी छन् । देशभरका महिला जनप्रतिनिधिको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै उपाध्यक्ष थापा ‘शी लिड्स आइकन अवार्ड’मा उत्कृष्ट घोषित भएकी हुन् । आयोजक संस्था शी लिड्स आइकन (कल्प) ले शुक्रबार प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा […]
काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी […]
काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो । बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा […]
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, […]
महोत्तरी । पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताए । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे […]
चितवन – चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् । भरतपुर अस्पतालका […]
नागरिक रैबार/बाजुरा ११ पुस । बाजुराको बुढीनन्दा नगरपालिकाका सवै स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम संचालन हुने साझेदारी हस्ताक्षर गरिएको छ । बुधबार नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहरा र स्मार्ट हेल्थ कार्यक्रमका सिनियर प्रवन्धक दिपिका खत्री विच साझेदारी गर्नका लागि पत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाका स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम संचालन गर्नका लागि संस्था र […]
काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले आज साँझ हिउँदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म […]
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै […]
धनगढी: सुदूरपश्चिममा दलित समुदायको हक, हित र सामाजिक न्यायका लागि काम गर्ने संघसंस्थाहरूको सहकार्यमा आयोजना गरिएको ‘दलित सामाजिक मञ्च’ आज भव्य समारोहका बीच उद्घाटन गरिएको छ। मञ्चको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा दलित समुदायका मुद्दाहरू कसरी प्रभावकारी ढंगले उठान गर्ने र आगामी दिनमा राज्यका हरेक संरचनामा दलितहरूको अर्थपूर्ण पहुँच कसरी […]
सुर्खेत — गत वर्ष कात्तिक दोस्रो साता गएको भूकम्पमा परी घर गुमाएका कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरीले गत वर्ष अस्थायी टहरामा चिसोले ज्यान गुमाए । दमका रोगी उनले ज्यान गुमाएदेखि नै उनको ६ जनाको परिवारको बिचल्ली छ भने ५१ वर्षीया पत्नी चित्रलेखा पनि ज्वरोले एक सातायता बिरामी छिन् । ‘बुवा बितेपछि जीविकोपार्जन […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको […]