होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा […]
नवरात्रको तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ।नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। maa-chandraghantaभयनाश, दुष्टप्रवृत्तिको नाश र […]
काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि […]
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ। मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने […]
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार ५ बजेसम्मका लागि सहमतिका लागि समय दिएकाले त्यसभित्र सहमति जुटे मतदान नहुने र […]
काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते […]
कैलाली– धनगढी–खुटिया– बीपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ ।गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन […]
नागरिक रैबार/बाजुरा १३ असोज।बडीमालिका नगरपालिकाले स्थानीय पर्व अनन्ते मेलाको अवसरमा भोलि आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज नगरपालिकामा बसेको नगरको २८ औं कार्यपालिका बैठकले भोली आईतबार नगरपालिकाका मातहतका सवै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय […]
नागरिक रैबार/बाजुरा १२ असोज । अनन्ते मेला आजबाट विधिवत रुपमा सूरु हुने भएको छ । सदरमुकाम मार्तडीको उपरकोटमा लाग्ने मेला आजबाट सूरु हुन् लागेको हो । आजबाट सूरु हुने अनन्ते मेलालाई व्यवस्थित र मर्यादित बनाउन हिजो बडीमालिका नगरपालिका ८ को वडा कार्यालयमा स्थानीयबासीहरुको बैठक बसेको थियो । बैठकले अनन्ते मेलालाई व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन […]
नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीकाे जिउलाबाट हराएका बालक आफन्तकाे सम्पर्कमा आएका छन् । बिहिबार विहान जिउलाबाट हराएका बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल विक हराएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनी अहिले सम्पर्कमा आएकाे आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् […]
नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीबाट एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल बिक रहेका छन् । उनी मार्तडीकाे जिउलामा बस्दै आएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनका आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् […]
नागरिक रैबार/बाजुरा ११ असोज। बाजुरामा पनि विश्व रेबिजविरुद्धको दिवस भव्यताका साथ मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे आयाेजनामा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर मनाइएको हो । सदरमुकाम मार्तडीमा बडीमालिका नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे आयाेजनामा आज विहान प्रभात फेरी कार्यक्रम गरी मनाएकाे हो । […]
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेको छ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो । आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । […]
नागरिक रैबार/बाजुरा १० असोज ।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार भन्दा बाहिर बाउलीमा बसपार्क बनाउन लागेको भन्दै बडीमालिका-९ का स्थानीय आक्रोसित बनेका छन् । बडीमालिका ९ को पाल्तमा करोडौं रकम खर्च गरेर निर्माण गरिएको बसपार्कलाई अलपत्र छाडेर नगरपालिकाले बजारबाहिर बाहुलीमा बसपार्क बनाउन लागेपछि बडीमालिका ९ का स्थानीय आक्रोसित बनेका हुन् । यस अघि करोडौं लगानी लगाएर […]
काठमाडौँ । चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरिएको छ । उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले सो निर्णय गरेको गृह प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए । पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नहरूलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरिएको […]
नागरिक रैबार/बाजुरा १० असाेज । बाजुरा सदरमुकाम मार्तडीकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका वडा- ९ की १८ बर्षिया ललिता नेपालीले जिल्ला अस्पताल बाजुरामा २ सज्तानलाई जन्म दिएकि थिईन् । उनकाे स्वास्थ्यमा जटिल समस्या आएपछि उनकाे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्वार गरि सुर्खेत लगिएकाे हो । जिल्ला अस्पताल बाजुराले […]
नागरिक रैबार/बाजुरा १० असोज। खाद्य ब्यवस्था तथा व्यापार कम्पनि लिमिटेडको कोल्टीमा चामल सकिएपछि डिपो नै बन्द गरिएको छ । डिपोमा रहेको माैज्दात चामल सकिएपछि कार्यालयले हिजो एक सूचना जारी गर्दै डिपोले चामल सकिएको जनाएको हो । गत आर्थिक वर्ष २०७९/८० को मौजाद रहेको करीव १५ सय ५२ क्वीन्टल चामल विक्रि वितरण गरि सकिएको र यो […]
बग्दाद– उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार इराकको निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा भएको आगलागीमा परी १५० जना घाइते भएको छन् । दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् । प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार मंगलबार […]
काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । ‘दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, […]