होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः महालेखाले सुदूरपश्चिम प्रदेशसभा सचिवालयले ०७७/७८ मा पदाधिकारी र कर्मचारीको बैठकबापतको ३८ लाख ६ हजार खर्च नियमविपरीत गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदन ०७९ को प्रदेशसभा सचिवालयअन्तर्गत बैठक खर्च शीर्षकमा भनिएको छ, ‘सचिवालयको मुख्य काम नै कानुन निर्माण गर्ने हो। सचिवालयका पदाधिकारी र कर्मचारीको बैठक भत्तामा ३८ लाख ६ हजार खर्च भएको छ। कार्यालय समयमा […]
बाजुरा । बाजुराका किसानले उत्पादन गरेको स्याउ भदौ दोस्रो हप्ता बजारमा आउने भएको छ। बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज बजारमा भदौ दोस्रो साता आउने भएको हो। हिमाली जिल्ला बाजुराको ५ हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीबाट यो वर्ष २ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाको दुई […]
काठमाडौं । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लो सेरा भन्ने ठाउँमा लु […]
काठमाडौँ- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख […]
रूकुम-पूर्वामा प्रहरी नायब उपरीक्षकसहित ६ जना सवार दुर्घटना ब्रेक नलागेपछि भएको खुलेको छ।जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले मोडमा गाडीको ब्रेक नलागेपछि दुर्घटनामा परेको बताएका हुन्। शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो। सो जिप खस्दा दुई जना डिएसपीसहित […]
नागरिक रैबार/बाजुरा २८ साउन।करेन्ट लागेर मृत्यु भएका भक्त रावलको परिवारलाइ नेपाल बिद्युत प्राधिकरणलले क्षेती पुर्ती सहित एक जनालाई करार कर्मचारी राख्ने सहमती गरेको छ । रावलकोे कमाइबाट आश्रित उनको १० जनाको परिवार बिचल्लीमा पर्ने देखीएपछि सर्बपक्षिय बैठकले राहत स्वरुप क्षेतीपुर्तीका लागि प्राधिकरणले ब्यहोर्नुपर्ने निणर्य गरेको हो । बडिमालिका नगरपालिका ८ का भक्त रावल नेपाल बिधुत […]
पाल्पा — माथागढी गाउँपालिका–४, झडेवाकी खुमा गाहाले दुई महिनामा ३ लाख ६० हजार बढी कमाइन् । बारीको खुर्सानीबाट अझै ६० हजार थपिने पक्का छ । दुई महिनाअघि लगाएको खुर्सानीबाट अहिले दैनिक नगद हात पर्ने गरेको छ । गाउँमै संकलन गरेर बटुवल, पोखरा, तानसेन बिक्रीका लागि लैजाने गर्छन् । ‘हामीले दुःख गरे अनुसारको मूल्य नपाए पनि बिक्री गरेर हातमा पैसा […]
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडामा मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार गरिएको छ । वडा अध्यक्ष वीरबहादुर रावलको विशेष पहलमा लुगेनाकी जलु बुढाको उद्धार गरिएको हो । स्थानीय भाने बुढाकी कान्छी श्रीमती जलु मानसिक सन्तुलन बिग्रिएपछि घर नजिकै रहेको ओडार तथा जंगलमा बस्दै आएकी थिइन् । ‘भाने बुढाले जेठी श्रीमतीबाट छोरी […]
काठमाडौं । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । […]
काठमाडौं, साउन २६ । ‘तिमीले मसँग विवाह गर्न जालझेल गर्यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।’ पहिलोपटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन। उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी […]
नागरिक रैबार/ २६ साउन बाजुरा । बडिमालिका र बुढिनन्दामा मन्दिरमा धार्मीक मेला सुरु भएको छ । आज बिहानै देखी धार्मिक पिठको रुपमा रहेका बडिमालिका र बुढिनन्दामा मेला तथा पुजाआजा सुरु भएको हो । साउन शुक्ल चर्तुदशीको दिन लाग्ने मेला आज हरेक वर्ष झैँ यस वर्ष धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजा आजा […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालकिा वडा नं. २६ का विनोद सिंह राजपुतले ३ बिघा धान खेती गरेका छन् । धानमा रासायनिक मल हाल्नुपर्ने बेला भइसकेको छ । तर मल पाइराखेको छैन । धान रोप्दा ७० रुपैयाँ प्रति केजीका दरले ७५ किलो डीएपी किनेर काम चलाएका उनी अहिले मल नपाउँदा हैरान छन् । आफ्नो मात्रै खेत भएदेखि […]
धनगढीः बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्। उनीहरु घरभन्दा […]
काठमाडौं । कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात (२) मा झरेको थियो । १ असारमा पनि संक्रमणदर […]
काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहको प्रशासकीय प्रमुख पदमा एक तह माथिको सेवाको कर्मचारी खटाउने प्रस्ताव गरेको छ । निजामती सेवा ऐनको प्रस्तावित संशोधन विधेयकमा प्रदेश सरकारको प्रमुख सचिव संघीय निजामती सेवाको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश निजामती सेवाको कर्मचारी खटाउने तयारी गरेको हो । प्रस्तावित विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवमा संघीय […]
बाजरा । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बाजुरा जिल्लाबाट डा. अंगराज तिमिल्सिना उम्मेदवार बन्ने चर्चा चलेको छ । विद्यार्थी कालमा नेविसंघमा रहेर काम गरेका तिमिल्सिना चुनावको घोषणा संगै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्ने चर्चा चलेको हो । बाजुराको जनप्रकाश माविबाट एसएलसी पास गरेका डा. तिमिल्सिना अमेरिकाको ¥यान्ड ग्रयाजुयट स्कुलबाट अर्थशास्त्रको नीति विश्लेषणमा विद्या […]
काठमाडौँ — नेपालमा एकै दिन १ हजार ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो । त्यस अवधिमा २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४३ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् । […]
नागरिक रैबार/ २४ साउन बाजुरा । राष्ट्रिय युवा संघ नेपाल बाजुराकाे ईञ्चार्जमा डेनिस शाही चयन भएका छन्। राष्ट्रिय युवा संघ नेपाल नवौं महाधिवेशन आयाेजक कमिटीकाे दोस्रो पुर्ण बैठक बाट राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्लाको ईञ्चार्जमा शाहीलाइ जिम्मेवारी दिएको हो। जिम्मेवारी पाएसँगै शाहीले थप जिम्मेवार भएर काम गर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल बाजुरा […]
काठमाडौं । सांसद लक्ष्मी कुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ । मंगलबार प्रतिनिधिसभामा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा उनले यस्तो […]
पशुपंक्षीको दुनियाँमा आमाले आफ्नो सन्तानलाई आफ्नै दूध चुसाउने गर्छन् । तर, मान्छेको संसारमा आमाले आफ्नो सन्तानलाई कृत्रिम धुलो दूध खुवाउँछन् । उनीहरू शिशुको शारीरिक, मानसिक, बौद्धिक, मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यमाथि खेलवाड गर्छन् । ‘मोर्डन आमाहरू’ शरीर बिग्रिन्छ भनेर बच्चालाई दूध खुवाउँदैनन् । उनीहरू पश्चिमा संस्कृतिको पछि लागेर मोर्डन भइटोपल्छन् । अनि दोष अस्पताल र डाक्टरलाई […]