होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : पर्साको वीरगञ्जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवैजना वीरगञ्ज निवासी ५० वर्षीय पुरुष हुन्। उनीहरुलई […]
वीरगन्ज : वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो। ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो। एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले […]
जीवन कैला बाजुरा कोल्टी १२ बैशाख नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढिनन्दा नगर संगठन कमिटिले बुढीनन्दा नगरपालिका भित्र राहात पाउन छुटेका अतिविपन्न ब्यक्ति तथा परिवारहरुको लगत संकलन गरी राहात वितरण गर्न नगरपालिकासंग माग गरेको छ । नेकपा बुढिनन्दा वडा संगठन कमिटीले नगरको वडा नं एक भित्रका राहात पाउन योग्य केहि ब्यक्ति छुटेकाले उनीहरुको लगत संकलन गरी […]
काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले […]
रामकृष्ण अधिकारी । काठमाडौं १२ बैशाख । सरकारले ४ दिनअघि ल्याएका दुवै विवादितअध्यादेश फिर्ता गर्न वाध्य भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ताका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफरिसपछि राष्ट्रपतिले संविधानको धारा १४४ को उपधारा २(ख) अनुसार अध्यादेश फिर्ता गर्नेछिन् । ओलीले वैशाख ८ गते मन्त्रिपरिषद् बैठकमा एक्कासी दल विभाजनलाई खुकुलो पार्ने […]
१२ वैशाख, काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो […]
काठमाडौं १२ बैशाख । त्यही भूकम्प जसले २०७२ बैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रबिन्दू भएर ७.८ रेक्टर स्केलको गएको थियो । ९ हजार जनाको ज्यान लिएको थियो । अहिलेसम्म पुनर्निर्माण सकिएको छैन । रानीपोखरीको पुनर्निर्माण गर्ने भनी त्यहींबाट पुनर्निर्माण थालिएको पुनर्निर्माण अहिलेसम्म पूरा भएको छैन । समय सकिँदैछ । भूकम्पपीडितले अहिलेसम्म राहत नपाएको अवस्था पनि […]
नागरिक रैबार/बाजुरा ११ बैशाख । जिल्लाकाे बुढीगंगा नगरपालिकामा काेराेनाकाे अाशंका गरिएका दुवै जनाकाे रिपोर्ट नेगेटिभ देखिएकाे छ । यस अघि र्यापिड टेष्ट गर्दा पाेजेटिभ देखिएका दुवै जनाकाे स्वाव संकलन गरेर धनगढीमा पठाईएकाे थियाे । धनगढीमा उनीहरू दुवै जनाकाे पिसिअार टेष्ट गर्दा नेगेटिभ देखिएकाे स्वास्थ कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् । बुढीगंगा नगरपालिकाकी […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु भएको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार २७ पुगेको छ । यो भारसका कारण अमेरिकाका ४६ हजार पाँच सय ८३ जनाको […]
नागरिक रैबार/बाजुरा १० बैशाख। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले गाउँगाउँमा गएर किटनासक औषधि छर्किन थालेको छ । नेपाली सेनाको सदरमुकाम मार्तडीस्थित समरजित गुल्मबाट खटिएको एक टोलीले सोमबार त्रिवेणी नगरपालिकाको वडा नं. ९ को बाँगापाटा ताम्सु एरिया र बुधबार बुढीगंगा नगरपालिकाको ९ नम्बर वडाको गाउँमै पुगेर किटनासक […]
अनिल शाही/कोल्टी १० बैशाख।जिल्लाको बुढीनन्दा नगरपालिकाको वडा नं ३ मा बुधबार ३२ जनाको ¥यापिड डाइगोनोसिस्ट टेष्ट आरडीटी परिक्षण गरिएको छ । वडा नं ३ का ३१ र वडा नं २ का १ जना गरी ३२ जनाको टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख सिहराज गिरीले जानकारी दिएका छन् । उनीहरु हाल भारतबाट आई […]
नागरिक रैबार/बाजुरा १० बैशाख। जिल्लाकाे सदरमुकाम मार्तडीमा लकडाउनकाे माैका छाेपेर एक घरमा चाेरी भएकाे छ । मंगलबार सांझ बडीमालिका नगरपालिका वडा ९ माझगाउं स्थित दिलबहादुर विककाे घरमा रहेेका ३ वटा काेठामा लगाएकाे ताला फाेरेर अावश्यक सरसामान र केही नगद रूपैयाँ सहित चाेरी भएकाे हाे । घरधनी विककाे घरमा रहेका उक्त काेठाहरूमा सदरमुकाम बाहिरबाट अाएका स्थानीयहरू […]
नागरिक रैबार/बाजुरा १० बैशाख। बाजुराको त्रिवेणी नगरपालिका ९ का २२ वर्षिया युवा र ६० वर्षका वृद्धको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत आईवार उनीहरु दुवै जना मध्ये २२ वर्षिया युवामा र्यापिट टेष्ट नेगेटिभ देखिएको थियाे भने ६० वर्षिया वृद्धको र्यापिट टेष्टमा नतिजा पोजेटिभ देखिएको थियो । उनलाई सोही दिन साँझ जिल्ला अस्पताल बाजुरामा ल्याइएको […]
वैशाख१० काठमाडौं । थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।
नागरिक रैबार /बाजुरा १० बैशाख। जिल्लाकाे बडीमालिका नगरपालिकाले बाजुरामा कृयाशिल पत्रकारहरूलाई मास्क र स्यानिटाइजर र सावुन सहयाेग गरेकाे छ । नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट र प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बुधबार नेपाल पत्रकार महांसघ बाजुरा शाखाका सचिव प्रेम विकलाई उक्त सामग्री सयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । विश्वमा कोरोना भाइरसको सङ्क्रमण […]
प्रेस सङ्गठन नेपाल डोटी शाखाले जिल्लामा रहेका सञ्चारगृहलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ। सङ्गठनले आज डोटीबाट सञ्चालित विभिन्न सञ्चारगृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई कुनै पनि निकायबाट सहयोग नभएकाले सङ्गठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्णबहादुर चन्दले बताए। उनले भने, […]
अछाम : अछाममा र्यापिड टेस्ट गर्दा २० वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको छ। जिल्लाको वान्नीगढी जयगढ गाँउपालिका वडा नम्बर ३ मा २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवदत्त जोशीले जानकारी दिए। आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाईएको जोशीले बताए। ती युवती डडेल्धुराबाट अछाम […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा बाजुराका नेता नयाँराम विकको मृत्युको घटनाका आरोपित जगन्नाथ गाउँपालिकाका पाँचजनालाई बाजुरा जिल्ला अदालतले रिहा गरेको छ । बाजुरा जिल्ला अदालतमा माननीय जिल्ला न्यायाधीश श्री माधव प्रसाद घिमिरे ज्युको ईजलासले सोमबार नेता विकको घटनामा संलग्न आरोपित जगन्नाथ गाउँपालिकाका गोपी कामी र चन्द्र शार्कीलाई जनही ३० हजार सहित धरौटीमा रिहा गरेको छ […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। जिल्लाको बडीमालिका नगरपालिका वडा न ३ घोगाली गाउँका तिन जना बालबालिका माटोको ढिस्कोमा पुरीएर घाईते भएका छन् । घाईते हुने सोही वडाका टेक खड्काका १४ बर्षिया छोरा रबिन्द्र खड्का र ११ बर्षका बिराज खड्का त्यसै गरी कर्ण खड्काका ११ बर्षिया देबेन्द्र खड्का रहेका छन्। घाइते भएका बालबालिकाहरुलाई जिल्ला अस्पताल पुर्याइएको भए […]
पुजिवाद र साम्राज्यवादको जालोले विश्वलाई झागिरहेको कठिन परिस्थितिमा संसारका थोेरौ मुलुकहरुले मात्र समाजवादी व्यवस्थाको परिकल्पना गरिरहेका छन् । ती थोरौ मुलुकहरुमध्ये नेपाल पनि एक हो । २००७ पछि थुप्रै राजनितीक उतारचढाव , त्याग , बलिदान , क्रान्ति र सङ्धर्षको उपज हामीले सामजवादि संविधान लेख्न सकेको गौरवशालि ईतिहास हाम्रा अगाडी कायम भएको छ । तर बिडम्वना […]