होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै जाँदा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने […]
काठमाडौं । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा […]
१३ साउन, काठमाडौं । दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर जोगिएका छन् । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टले अनलाइनखबरलाई बताए अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका छन् । छोरा २१ […]
बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ । अब ऐश्वर्या र आराध्या घरमा र्न बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ । अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोनासंक्रमितको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको संख्या २ हजार ८१९ पुगेको हो । प्रदेशमा ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । सोमबार नै सेती प्रादेशिक […]
१३ साउन, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले […]
चक्रबहादुर अयडी बाजुरा १३ साउन लगातारको वर्षासंगै गुईगाड खाेलामा अाएकाे बाढीले बुढीगंगा नदि थुनेपछि सेरावगरमा ताल जमेकाे छ । साेमबार रातिको लगातारको वर्षका कारण बुढिगंगा नगरपालिका वडा नम्वर ३ मा पर्ने गुईगाडि खोला अाउदा बुढिगंगा नदि पुणरुपमा थुनिएको छ । अहिले सेरावगरमा ताल जमेकाे छ । नदि थुनिएपछि सेरावगरमा जमेकाे ताल हेर्नेकाे घुईचाे लागेकाे छ […]
पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ पारित गरी नयाँ पाठ्यक्रम लागू गर्न लागेको हो । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा यसै साता प्रकाशन हुने […]
नागरिक रैबार/बाजुरा १२ साउन।आईतबार विहान बुढीगंगा नगरपालिकाको लेखा शाखा तोडफोड गरी आगजनि गरिएको ठाउँमा केशी ग्रुप भनेर लेखिएको प्रचामा पहिलो निशाना प्रहरी र दास्रो निशानामा नगर प्रमुखलाई राखेको भेटिएको छ । आगजनि भएकै ठाउँमा केसी ग्रुपले छोडेको प्रचामा लेखिएको छ केसी ग्रुपले चाहेमा जे पनि गर्न सक्छ । प्रहरी चौकी र प्रहरी पहिलो निशानामा छन् […]
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) ले आम जनतामा मानबीय तथा आर्थिक संकट सिर्जना गरेको छ जसबाट हाम्रो देश भित्रका सम्पर्ण स्थानीय तहहरु पनि अछुत रहन सकेन। पछिल्लो समयमा विश्वभरका विभिन्न राष्ट्रहरुसँगै नेपालमा समेत यो भाइरस तिब्र गतिमा फैलिरहेको छ । यसको फैलावट सँगै स्थानिय तहहरुले तय गरेका विभिन्न क्षेत्रका दीर्घकालीन लक्षहरुलार्इ एकातिर थाती राखेर […]
मोबाइल गेममा लिप्त हुने बालबच्चाको मनोदसा कस्तो हुन्छ ? के उनीहरुको स्वभाव फेरिदै गएको छ ? उनीहरु बढी आक्रमक एवं रिसाह हुँदैछन् ? संभवत आमाबुवाले आफ्ना बालबच्चाको बद्लिदो व्यवहारलाई सुक्ष्म ढंगले अध्ययन गरेका छैनन् । यद्यपि मोवाइलमा लिप्त हुने बालबच्चाहरु धेरै रिसाउने र आक्रमक हुने पाइन्छ । विगतका तुलनामा अहिलेका बालबच्चाहरु बढी रिसाह भएको र […]
नागरिक रैबार/बाजुरा १२ साउन। आईएन एफ नेपाल बाजुराले बडीमालिका नगरपालिका ९ का ४९ परिवारलाई सरसफाई स्वच्छता सामाग्री वितरण गरेको छ । आईतबार आईएन एफ बाजुराको कोभिड-१९ प्रतिकार्य योजना अन्तरगत बडीमालिका ९ उखाडी, चौराटा र कफल्टाका ४९ जना विपन्न परिवारलाई सरसफाई स्वच्छता सामाग्री वितरण गरेको हो । बडीमालिका नगरपालिका ९ को समन्वय र आईएन एफ नेपाल […]
१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]
१२ साउन, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी […]
नागरिक रैबार/बाजुरा १२ साउन। जिल्ला प्रहरी कार्यालय बाजुराले ठुलो मात्रामा अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । साउन ११ गते राती बुढिगंगा नगपरालिका वडा नं.८ मालिका बजारमा साँफेबाट बाजुरा तर्फ आईरहेको जीपमा अबैध रुपमा लुकाई छिपाइ ल्याउदै गरेको सन्तरा नामक अबैध मदिरा ६० पेटी (१,८०० क्वाटर) अस्थाइ प्रहरी पोष्ट रिठाबजारको प्रहरी टोलीले बरामद गरेको […]
नागरिक रैबार/बाजुरा १२ साउन। जिल्लाको सदरमुकाम मार्तडी देखि बुढीगंगा नगरपालिकाको दवारी सम्मको सडक संचालनमा आएको छ । सडकमा खसेको पहिरोका कारण करिव ३ साता देखि अवरुद्ध रहेको साँफे मार्तडीसडक अन्तरगत पानीनाउलामा खसेको पहिरो पन्छाएपछि मार्तडीदेखि दवारी सम्मको सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताए । सो क्षेत्रसम्म सडक सूचारु भएपछि […]
१२ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन शुरु भएको सोमबार १२ औं दिन बितिसक्दा पनि अझै २ सय भन्दा बढी स्थानीय सरकार बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार आइतबारसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ । […]
नागरिक रैबार/बाजुरा १२ साउन। जिल्लाको बुढीनन्दा नगरपालिका स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी माथि आकर्मण भएको छ । कोेल्टी प्राथिमक स्वास्थ्य केन्द्रमा कार्यरत अहेव सिहराज गिरीमाथि आइतबार राति स्थानीय युवाहरुले आक्रमण गरेका हुन् । स्थानीय केशर भाटको नेतृत्वको पाँच जनाको टोलीले अहेव गीरीलाइ आक्रमण गरि हात भाँचेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले […]
काठमाडौँ । बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गुट भेला बिहानैदेखि शुरु भएको छ । भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन । त्यसबारेमा रणनीति बनाउन बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ । स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार […]
काठमाण्डौंको बल्खु स्थीत राजधानी अस्पतालमा चार दिन आईसियूमा बसेर, विशेष केयर यूनिटमा सरे पश्चात भावि जीबन बाच्ने आशा संगालेका हिमाली गाउँपालिका ६ का रत्न दमाई र विरामी लोग्नेको स्याहार गर्दा गर्दै बेखर्ची बनेकि उनकि श्रीमतिको आँखामा खुसि स्पष्ट देख्न सकिन्थ्यो । उनको खुसिका लागि हाल अमेरिकामा बसोवास गर्ने त्रिवेणी नगरपालिका ८ का समाज सेवी जनक […]