होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । “सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी […]
लक्की चौधरी काठमाडौं३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीको कामलाई मिलेर अगाडि बढाउँदै सरकारको काम प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । गत शुक्रबार स्थायी कमिटी बैठकले पारित गरेको अध्यक्षद्वयको प्रस्तावलाई अन्तरपार्टी निर्देशन गर्दै उहाँहरुले सो प्रतिबद्धता जनाउनुभएको हो । भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा सरकार आफैले थालेका छानवीन प्रक्रियालाई यथाशक्य चाँडो निष्कर्षमा पु¥याउने […]
भदौ ३० बाजुरा । मानव अधिकार रक्षक सञ्जाल बाजुरा शाखाका जिल्ला अध्यक्ष निमेन्द्र शाहीले राज्यको उपस्थिती त्याहाँ होस्, जहाँ मानवले स्वतः सुरक्षित महशुस गरुन भन्ने कुरा बताउँनु भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ल अधिकारी कृष्ण गैरेलाई मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष निमेन्द्र शाही र सचिव कृष्ण अधिकारीको सयुक्त हस्ताक्षरमा बुझाईएको आठ […]
३० भदौ, डोटी । स्थानीय तहहरुले असार १० गतेभित्र स्थानीय सभामा नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रम पेश गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहहरुले अहिलेसम्म पनि बजेट तथा कार्यक्रम ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ […]
अनिल शाही/बाजुरा २९ भदौ । बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं.क माईलाका प्रशासन कार्यालय स्थापना गर्न सर्वपक्षिय सहमति भएको छ । साेमबार पिलुचौरको सन्देशहोटेलको तालिमहलमा सम्पन्नभएको सर्वपक्षिय बैठकले चार वटै स्थानिय तहलाइ पाएक पर्नेठाउँमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नेकालागि गृहमन्त्रालय लाई अनुरोध गर्नेनिर्णय पारित गरिएकोे हो । जगन्नाथ गाउँपालिकाको आयोजनामा संचालन भएकोवैठकमा बाजुरा जिल्ला प्रदेश […]
२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये ३६० जनाको मृत्यु भएको छ भने ३९ हजार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड दिए । बालबालिकाको रुचि, क्षमता र […]
काठमाडौं । वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण भएको छ । सरकारी वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो । हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । लामा र […]
यहाहरु धेरैको जिज्ञासा रहने गर्छ , यो कति औ बाल दिवश हो ? भनेर .. हाम्रो देश नेपालमा तत्कालीन रानि रत्न राज्यलक्ष्मी शाहको शुभ जन्मोत्सवको अवसर पारि वि.स. २०२१ भाद्र ४ गते नेपाल बाल सङग्ठनको स्थापना गरि त्यसैबेला देखि भाद्र ४ गते बाल दिवश मनाउन थालिएको हो । देशमा लोकतन्त्रको पुनर्बहाली भएपछि विस २०६३ सालयता […]
काठमाडौँ – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ । इन्टरनेट सेवा […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको पनि स्मरण […]
सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ। भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ। चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ। जिल्लाको […]
२९ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा […]
२९ भदौ, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २:३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । महाराजगञ्जस्थित शिक्षण […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जनाका आधारभुमि मानिने बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्नु राज्य, समाज,अभिभावक र परिवारको दायित्व भएको बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा सोमबार शुभकामना दिदै प्रधानमन्त्री ओलीले बालबालिका कागजका खाली पाना भएकाले जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्ने भन्दै उनीहरुलाई नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रेषण गर्नुपर्ने समेत […]
२८ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए । […]
२८ भदौ, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो […]
२८ भदौ, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका –४, बरैचेकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । पञ्चपुरी –९, विद्यापुरमा साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा […]
काठमाडौं । बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पीसीआर परीक्षण गराउन सकिने भएको हो । सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ । विधका संचालक भीमकान्त भण्डारीका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर […]
२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा […]