होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ८ फागुन । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । पछिल्लो तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने र आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ । पछिल्लो केही दिनयता दिउँसाे र साँझ मौसम बदली भई हल्का […]
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो । आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्ने उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बडीमालिका नगरपालिका-३ पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखि लागेकाे डढेलोमा परी सोही गाउँकी एक महिला जलेर घाइते भएकी छन । घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४० बर्षिया फुँगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्। शक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का […]
नागरिक रैबार/ बाजुरा ७ फागुन। जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कारको रकम सहयोग गरेका पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले फेरी उनकै पहलमा १ लाख सहयोग गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई सहयोग गरिएको हो । पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार सोही […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लामा पनि ७१औँ प्रजातान्त्र दिवस मनाईएकाे छ । दिवसकाे अबसरमा सहिदहरुको फोटोमा फुलमाला र अबिर लगाएर प्रजातन्त्र दिवस मनाईको हाे । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समन्वय समितिको प्राङगणमा सहिदहरुको फोटोमा माल्यार्पण गरि प्रजातन्त्र दिवस मनाईएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए । बिगतका […]
७ फागुन, काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि […]
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । […]
काठमाडौँ- १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका […]
७ फागुन, काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् ।आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताए । उनले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्ने […]
नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०७७/७८ कोे साउन देखि पुस मसान्त सम्म ६ महिनामा गरेका कामहरुको सार्वजनिक सुनुवाई गरेको छ । जिआईजेटको प्राविधिक सहयोगमा बडीमालिका नगरपालिकाले नगरपालिकाद्वारा ६ महिने अवधिमा नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । । नागरिक संलग्नताको माध्यमद्वारा […]
६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ ।संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो […]
नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिका-७ मा मेलको रुखमा कलमी गरी नासपाति रोपण अभियान संचालन गरीएको छ । कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष कार्यक्रम अन्तरगत सो अभियान बाजुराको बडिमालिका नगरपालिका ७ बाट संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । वडाका सबै बस्तीमा कृषि ज्ञान केन्द्र बाजुरा र कृषि शाखाको प्राविधिक सहयोगमा […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेपाली काँग्रेस बाजुराले बलत्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका पार्टी सभापति कविराज पंण्डित सहितको टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका पुगेर बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टकी आमालाई राहत स्वरुप नगद ३० हजार रकम सहयोग गरेका हुन् । […]
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरे । उनले भने,“सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका […]
काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो । शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।उनका अनुसार तापक्रम बढ्दा स्थानीय […]
काठमाण्डौ – हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आजदेखि तीन दिनसम्म देशभर विभिन्न कार्यक्रम गरिँदै छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । गएको माघ २० गते यो वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह […]
कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको हो । स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए। ‘‘पोषणका कारणले कुषोषणलगायतका अन्य समस्या नआउन भनेर […]
जीवन कैला। बाजुराको बुढीनन्दा नगरपालिकाले हिजो बजार अनुगमन गरेको छ । नगरपालिकाले बजारमा विक्रि वितरण भैरहेका खाद्य वस्तुको गुणस्तरीयता र दैनिक उपलब्ध हुने खाद्य वस्तुको प्रभावकारीता लगायतका विषयमा बजार अनुगमन गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर वुढाको संयोजकत्वमा गएको बजार अनुगमन टोलीले बजारमा दैनिक विक्रि वितरण भैरहेका खाद्य वस्तुको गुणस्तर, मुल्यमा एकरुपता कामय […]
काठमाडौं : घुस लिएको आरोपमा सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित चारजना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई १ लाख ९० हजार घुससहित रंगेहात पक्राउ परेको हो । निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगरलाई स्रोत नखुलेको यो रकमसहित अख्तियारको टोलीले […]