होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः बैतडीको सिगासमा भुवा पर्वको रौनक छाएको छ। हरेक बर्ष मंसिर कृष्ण कृष्ण चतुर्दशी र औंसीका दिन भुवा पर्व मनाउने गरिएको स्थानीयहरुले बताएका छन्। भुवामा महिला र पुरुषहरु देउडा खेल खेल्ने गर्दछन्। यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो। हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजा सहित खेलिने यो नाचका सहभागीहरू यो पर्व […]
रारा तालको पूरै आकृति हेर्न मुर्मा टप जाने भयौं । मैले राराबाटै घोडा चढेँ । कसैले घोडा चढेकै थिएनन् । मेरो पछि–पछि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क पनि आइपुगे । टोलीमा ६३ वर्षकी अमेरिकनसमेत पैदलै उक्लिँदै थिइन् । एक अपरिचितले मुखै खोलेर भने, ‘यो घोडाको ज्यान कति दुख्दो हो !’ मैलाई नै इंगित गरेर […]
काठमाडौँ — व्यक्तिगत विवरण फाराम भर्ने भन्दै जनगणनाको टोली उनको डेरामा आइपुग्यो । गणकले व्यक्तिगत र पारिवारिक विवरण खुलाउन चाहे । तर, थर खुल्ने डरले उनले वास्तविक पहिचान दिन सकेनन् । उनी दलित समुदायका हुन् । थर लुकाएर डेरामा बसेका उनलाई जनगणनाको विवरण टिपाउँदा पनि थर ढाँट्नुपर्यो । किन त ? ४१ वर्षीय उनी भन्छन्, ‘घरबेटीकै अगाडि थर खुलाउँदा कोठाबाट निकालिदिने […]
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर मार्फत १४ र एन्टिजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र […]
धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार दुर्घटनामा परेर घाइते […]
धनगढीः दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ। उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो। बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो। ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान […]
दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् । मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो । मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको सदरमुकाम मार्तडी बजारभित्रका ४ वटा शाखा सडकहरु अलपत्र परेका छन् । मार्तडी बजारलाइ व्यवस्थित बनाउने र बजारभित्रका सवै ठाउँमा सडकको पहुँच विस्तार गर्ने उद्देश्यले बनाउन लागिएका ४ वटा शाखा सडकहरुको निर्माण कार्य अलपत्र परेका हुन् । मार्तडी बजार भित्रका ५ वटा ठाउँमा सडकहरु निर्माणका लागि सघन सहरी विकास तथा भवन […]
कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाले पनि पालिका भित्रका सवै वडामा भव्यताका साथ लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान मनाई रहेको छ । “घरैबाट सुरु गरौ, नारी हिंसा अन्त्य गरौ“ भन्ने नाराका साथ हिमाली गाउपालिकाले प्रत्येक वडामा विभिन्न कार्यक्रम गरेर उक्त अभियान मनाईरहेको छ । बुधबार हिमालीको वडा न.-६ पाँडीमा वडा भित्रका महिलाहरुको सहभागितामा […]
बाजुरा, मंसिर १६ । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न […]
गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । “नयाँ […]
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।बिहीबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। नेकपा माओवादी केन्द्र बडीमालिका नगर समितिको अध्यक्षमा रमेश चंदारा चयन भएका छन् ।माओवादी केन्द्र बडीमालिका नगर समितिको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रमेश चंदारा रहने गरी ६५ सदस्यीय नगर समिति चयन गरिएको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउंदले बताएका छन् । उहाँका अनुसार नगर समितिको उपाध्यक्षमा देवराज पाध्याय, फुगी रोकाया, सचिव प्रेम […]
काठमाडौं । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् ।बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।उनीहरुको कोठामा कोइला […]
मुगु — सोरु गाउँपालिका–८ रुमकी रूपकन्या रावल दैनिक दुई घण्टा हिँडेर स्कुल जान्छिन् । रारा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनलाई बिहान ८ बजे नै घरबाट हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । गाउँमा विद्युत् सुविधा त छैन नै स्थानीयलाई फोन गर्न डाँडाकाँडा चहानुपर्ने बाध्यता छ । तारापानीका करिब २ सय परिवारमा खानेपानी अभाव भएपछि आधा घण्टा हिँडेर […]
प्रहरी कार्यालयअगाडि वृद्धा दलित महिला र उनकी छोरीलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्ने पक्राउ नपरेको भन्दै पीडित र दलित अगुवाले संघर्ष थालेका छन् । २३ कात्तिकमा सुनसरीको दुहबी नगरपालिका–५ की ७० वर्षीया लक्ष्मी परियार र उनकी ४० वर्षीया छोरी आरती परियारमाथि इलाका प्रहरी कार्यालयअगाडि नै कुटपिट भएको थियो । कुटपिटमा संलग्न दुहबी नगरपालिका–४ का रोशन कार्की, उनका […]
विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ। शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको मंगलबार सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल […]
धादिङ : बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन्। खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्। घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै हो। नत्र हातमुख जोर्ने अर्को […]
नेपाली काँग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ । यस्तै बागमती प्रदेशमा चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न भएको छैन […]