होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो […]
उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए । बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती […]
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका-१० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति भूकम्प जाँदा […]
नागरिक रैबार/बाजुरा ९ फागुन। जगन्नाथ गाउँपालिकामा आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्ने गरी केन्द्रको स्थापना गरी काम सुचारु गरिएको हो । सोमबार एक कार्यक्रमका बिच आरोग्य सेवा केन्द्र उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य […]
धनगढी : कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको हो। ‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको […]
काठमाडौं । बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएका एकजना प्रहरी जवानको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बीसी रहेकी छन् । शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर […]
स्थानीय चुनावको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलका नेताहरू पार्टी फेरबदलमा लागेका छन् । चुनावमा टिकट हात पार्न र सम्भावित जित निकाल्न उनीहरूले पार्टी परिवर्तन गर्ने गरेका हुन् ।रूपन्देहीका १६ स्थानीय तहमध्ये चार स्थानीय तहका प्रमुखले चुनावको मुखमा पार्टी परिवर्तन गरेका छन् । एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्षले पार्टी बदलेका हुन् । रूपन्देहीको […]
नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई सोमबार माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा अबिर र खादा लगाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि […]
काठमाडौं– घरको दलिनमा झुण्ड्याइएको रेडियोबाट आवाज आउँछ– ‘विभिन्न सञ्चारमाध्यम र गीतसंगीतमार्फत सरकारको ध्यानाकर्षण गराउँदा गराउँदै पनि हुम्लामा अझैं मोटर पुग्न सकेको छैन। मोटर नपुगेकै कारण वर्षेनी सयौं सर्वसाधारणले अकालमै ज्यान गुमाउँदै आएका छन्।’ पृष्ठभूमिमा बजिरहेको यी आवाजबीच हुम्लाको गाउँले दृश्य देखिन्छ। बादल थापाले गाएको गीत ‘नुनको भारी’को सुरुवाती दृश्यमा भिडियोमा अभिनय गरेका लक्ष्मण देवकोटा र […]
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको छ । दलित समुदाय माथि हुने बिभेद र हिंसाका घटनाहरु र जातिय छुवाछुतको रोकथाम, न्युनिकरण तथा जातिय छुवाछुत सम्बन्धि घटनाहरुको अनुसन्धान गर्ने कार्ययोजना अर्न्तगत जिल्ला प्रहरी कार्यालय दलित सेल (डेस्क) स्थापना गरिएको प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले […]
सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।
नागरिक रैबार/बाजुरा ८ फागुन। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेको हिमाली गाउँपालिकामा शनिबारदेखि थ्रिजि इन्टरनेट सहितको टेलिफोन सेवा सूचारु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नेपाल टेलिकमको प्राविधिक सहयोगमा गाउँपालिकामा पहिलोपटक थ्रिजि नेटवर्क सहितको टेलिफोन सेवा सूचारु भएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन् । उनले भने गाउँपालिकाको अथक प्रयासपछि हिमाली गाउँपालिका केन्द्र […]
रौतहट — काखमा रहेकी डेढ वर्षकी दुधे बालिका घरीघरी दूध पिउन खोज्थिन् । छेउमै साढे ६ वर्षका बालक एकोहोरो आमालाई हेर्थे र टोलाउँथे । आमा भने सुँक्कसुँक्क गर्दै आफूले भोगेको पीडा सुनाइरहेकी थिइन् । चन्द्रपुर–६ की २४ वर्षीया रोशनीकुमार साहले शनिबार सञ्चारकर्मीसामु श्रीमान्ले दिने यातना र हिंसाको वृत्तान्त सुनाइन् । ‘पछिल्लो समय कुटपिट र यातना बढी हुन थालेपछि पत्रकार […]
धनगढीः सुदूरपश्चिममा राज्य पक्ष र अन्य पक्षबाट गरी सन २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७ सय ६ घटना घटेको तथ्यांक सार्वजनिक गरिएको छ। यो अवधिसम्ममा २२ जना पुरुष र १२ जना महिला गरी ३४ जनाको हत्या भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ले देखाएको छ। बाल अधिकार, गिरफ्तारी, अमानवीय व्यवहार, महिला अधिकार, […]
सुर्खेत । कर्णाली प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका गम्भीर घटनामा पुरुषभन्दा हिला पीडित देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ मार्फत शनिबार सार्वजनिक गरेको तथ्यांकमा मानवअधिकार उल्लंघनका घटनामा महिला बढी पीडित भएको देखिएको हो । इन्सेकले सन् २०२१ मा संकलन गरेको मानवअधिकार उल्लंघनका घटना विवरणअनुसार प्रदेशमा एक […]
काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय पनि गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, […]
नागरिक रैबार बाजुरा ७ फागुन। नेकपा एकीकृत समाजवादी पार्टी बाजुराले जिल्लाकाे स्वामिकार्तिक गाउँपालिकामा गाउँ कमिटी गठन गरेकाे छ । शनिवार समाजवादी पार्टीले स्वामिकार्तिक गाउँपालिकामा आयाेजना गरेकाे प्रमम भेलाबाट गाउँ कमिटीकाे अध्यक्षमा पशुपति राेकाया रहने गरि ९५ सदस्यीय कमिटी गठन गरिएको हाे । स्थानीय तहकाे निर्वाचन बैशाख ३० गते ताेकिएसंगै नेकपा एकीकृत समाजवादी पार्टी जिल्लाभर संगठन […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बडिमालिका नगर कमिटीको दोस्रो बैठक पार्टी कार्यालय मार्तडीमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रमेश चदाराको अध्यक्षतामा संचालन भएको दोस्रो बैठकको संचालन नगर कमिटी सचिब प्रेम बहादुर बिश्वकर्माले गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथी नबनिर्बाचित प्रदेश कमिटी सदस्य मान बहादुर बिक मनोज रहनु भएको थियो भने, विशिष्ट […]
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्याएको आरोप लगाएका छन् । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेबारेमा […]
महेन्द्रनगरः महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ। “ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु […]