होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संखुवासभा : मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ। यस्तै‚ घाइतेलाई जनही ५० हजार रूपैयाँ उपचार खर्च दिने उपलब्ध गराउने भएको छ।सोमबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए। गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना भएको थियो। दुर्घटनाका मृतकको मृतक […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका छन्। समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो। सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईँले गर्नुभएको अथक वकालतका निम्ति […]
बाजुरा: बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएकाे छ। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे। बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो […]
जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको एक करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागतमा फेरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा कुमेरबहादुर शाहीले जानकारी दिए । सडक सञ्जालमा […]
धनगढी : सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेका धनगढीका पुरुषलाई दुई महिना कैद सजाय सुनाइएको छ। उच्च अदालत दीपायलले धनगढीको बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजाय सुनाएको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै २०७७ साल वैशाख २७ गते सामाजिक सञ्जाल फेसबुकमा ‘जात करे उत्पात भनेको यही हो’ भनेर […]
रत्ननगर : आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन। तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन्। भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई […]
बेनी: हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन्। अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ। साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन। ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका […]
काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिंदा यसरी २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले […]
नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुने जनाइएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बढिगंगा नगरपालिका १ नम्मर वडाका स्थानिय बासीहरु बस्तीविस्तारको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका छन् । जिल्लाको साँफे मार्तडी सडक खण्ड अन्तरगतको अम्कोटको पहिरोले गर्दा अम्कोट बासीहरुको उठिबास भएको वर्षौ वित्दा पनि जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएपछि अम्कोट बासी प्रशासनमा आउन बाध्य भएको अम्कोटका स्थानीय लक्ष्मी पाध्यायले बताएका छन् । […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।सोमबार बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् । ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, […]
निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता […]
काठमाडौं, ३० फागुन । सरकारले आगामी नयाँ शैक्षिक सत्र २०७९ जेठबाट थाल्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नुपर्ने र १ जेठबाट पठनपाठन सुरु गर्नुपर्ने निर्णय गरेको शिक्षा तथा मानव स्रोत केन्द्रले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र सरेको हो । निजी विद्यालयले […]
स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने घोषणा भई सकेको छ । उम्मेदवार को बन्ने ? कस्तो बन्ने ? भन्ने बिषयमा चोकचोकमा कुराहरु चलिरहेका छन् भने सबै पार्टीले स्थानीय तहहरुमा प्रचार प्रसारका गतिविधि बढाईरहेका छन् । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, सम्बन्धित वडाको मतदाता नामावलीमा […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुरामा एकल महिलालाई बलत्कार गरी फरार रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ का नेत्र भन्ने नबराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस ९ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलत्कार गरेर फरार भएका थिए […]
धनगढी : राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा देशभरी रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो, छरितो रुपमा सञ्चालन गर्ने उल्लेख छ। साथै विरामी वा घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने स्रोत साधन सम्पन्न एम्बुलेन्स हुनुपर्ने पनि निर्देशिकामा व्यवस्था गरिएको छ। प्रभावकारी संचार प्रणाली जडान गरेर प्रेषण केन्द्रमार्फत जुनसुकै स्थानमा रहेको एम्बुलेन्स सञ्चालन गर्न निर्देशन […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ । कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ । ३ नगरपालिका […]
काठमाडौँ — अमेरिका र फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ । कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ । ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा […]
स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी […]
धनगढी : डडेल्धुराबाट धनगढी आउँदै गरेको हाइस कैलालीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका-४ बुढीतोला नजिक चौबिसे मोडमा बा२ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १३ जना घाइते भएका छन्। चालक अमरगढी नगरपालिका-२ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका-८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का […]