होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो । छोटो […]
काठमाडौं । कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड-१९ का कारण विद्यार्थीको सिकाइमा प्रभाव […]
धनगढीः निरन्तरको मेहनत र दृढ आत्मविश्वासले सफलता निश्चित हुन्छ। यो कथनका उदाहरण बनेका छन् कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका ५३ वर्षीय भागीराम चौधरी। २९औं पटकसम्म एसएलसी तथा एसईईमा अनुत्तीर्ण भएका उनी अन्ततः ३०औं पटकको प्रयासमा सफलता हासिल गरेका छन। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार […]
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ढसीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने छ । […]
काठमाडौँ — यसपालिको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा विगत पाँच वर्षयताकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै जीपीए ४ मा ४ ल्याएका छन्, जुन संख्या कोरोना महामारीअघि (२०७४ र २०७५) को भन्दा पनि कम हो । समान परीक्षा किसिम र […]
कोरोना महामारी अघि र पछिको एसईई नतिजा तुलनात्मक रुपमा खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबारसार्वजनिक गरेको नतिजाअनुसार कोभिड अगाडि र अहिले नतिजा तुलनात्मक रुपमा खस्किएको देखिएको हो । कोभिड अगाडि अर्थात शैक्षिक सत्र २०७५ मा २ लाख २९ हजार १३४ छात्रा र २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएकामा शैक्षिक […]
काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षपछि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको एसईई परीक्षाको नतिजामा प्रदेशगतरुपमा तुलना गर्दा कर्णाली सबैभन्दा कमजोर देखिएको छ । महामारीका कारण यसअघि दुई वर्ष आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा निकालिएको थियो । वाग्मती प्रदेशको नतिजा अन्य प्रदेशको तुलनामा राम्रो छ भने मधेस प्रदेशको नतिजा सुधारिएको देखिन्छ । ४ लाख ९५ हजार […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी […]
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको बताए। कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ । यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो । विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ […]
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए। दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ। परीक्षा गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो भने ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी […]
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ ।कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा भोलि आउँछ ।’ कोभिडका कारण दुई वर्षपछि कक्षा १० का […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । सोमबार नभए मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक तयारी रहेको स्रोतले जनायो । बोर्डको बैठकले […]
बैतडीको सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक विद्यालयको भवन स्थानीयले बाख्रा बाँध्ने खोरको रुपमा प्रयोग गरेका छन् । स्थानीय गणेश साउदले विद्यालयको घरमा करिब १ दर्जन बाख्रा बाँध्नुका साथै घाँसदाउरा राख्ने गरेका छन् । साउदले विद्यालयको नाममा रहेको उक्त जमिन आफ्नो रहेको दाबी गर्दै विगत चार महिनादेखि बाख्रा बाँध्ने गरेको पाइएको हो । गत वर्ष […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने सेतोपाटीलाई बताए। ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक […]
बैतडी: पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सक उपलब्ध भएका छन्। दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन्। पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। उनीहरु छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ। अस्पताल स्थापना भएको […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको जनाए । ‘नतिजा प्रकाशनको लागि अन्तिम/अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो […]
नागरिक रैबार / २९ असार बाजुरा । बुढिगंगा नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुको पहिलो बैठकले नगरपालिकाका सामुदायीक बिद्यालयमा अग्रेजी माध्यायमबाट पठन पाठन गराउने निर्णय गरेको छ । नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । यहि शैक्षिक बर्षबाट लागु हुने गरी सो कार्यक्रमलाई अगाडी बढाउने निर्णय गरेको नगर प्रमुख राम बहादुर बानियाले […]
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन […]