होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गरेका छन् । आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ […]
‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए । यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो । यससँगै संसदबाट एमसीसी आजै […]
मकवानपुर : बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ। यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। यही […]
काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो । सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन […]
काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसेर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्ने भएको छ। पार्टीभित्र एमसीसीबारे मत विभाजित छ । तर, अध्यक्ष माधवकुमार नेपाल यो पाँच दलीय गठबन्धन जोगाउने बाध्यतामा छन् । गठबन्धन तोडिए सत्ताबाट बाहिरिनुपर्ने भयले माधव नेपाल जसरी पनि एमसीसी पास गराउने पक्षमा उभिएका छन् । यसअघि गठबन्धनको […]
नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका एक नेताले एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा […]
नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको छ । पौडेल हिजो फागुन १३ गते पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा परेका थिए । मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा परेका पौडेल […]
पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्ने दाबी गरेका छन् । गठबन्धन पनि जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पनि पारित गर्ने समझदारी भएको खबर पढेपछि ओली आक्रोसित रुपमा प्रस्तुत भएका हुन् । पोखरामा भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा आफैंले […]
नागरिक रैबार/बाजुरा १३ फागुन। नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले बिप्लव माओबादी कार्यक्रातालाई कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको छ बिहिबार बाजुरामा एमसिसिको नाममा बिप्लव माओवादिले बिद्यालयमा पढन् गएका बिद्यार्थीहरुलाई जबरजस्ती गरि शिक्षक लाई डर धम्की दिएर बिद्यार्थीलाई आन्दोलनमा लिएको भन्दै अनेरास्वीयु बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षाबाट […]
काठमाडौँ — नेकपा समाजवादी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन् । उनले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे । सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक […]
पोखरा । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुंगा हानिएको भन्दै प्रश्न गरेका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र झलनाथ खनाललाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुंगाा हानिएको भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणा भएपछि सत्ता गठबन्धनका नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमाले र जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएपनि चुनाव हारिने डरले नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको बताएका हुन् […]
प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए […]
काठमाडौं । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्। […]
काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । बिहीबारको बैठक […]
नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ । ३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो । महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो ।
जनता समाजवादी पार्टी नेपालको पार्टी कार्यालय अगाडि एमसीसीको विरुद्धमा प्रदर्शन भइरहेको छ । पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने तयारी भइरहेको बेला एमसीसीको पक्षमा निर्णय नहोस् भनि दवावका लागि प्रदर्शन भइरहेको हो । आज बस्ने कार्यकारिणी समितिको बैठकमा एमसीसीको विषयमा छलफल हुनेछ । बैठक ग्वार्कोस्थित इन्द्रेणीमा बस्ने तयारी भइरहेको छ । बेठक बस्न अझै केही […]
काठमाडौँ : प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसिसी० सम्झौतामाथि छलफल हुनेछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ। प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि निर्धारण गरिएको कार्यसूची नै आजका लागि पनि राखिएको हो। बिहीबारको बैठक विशेष […]
१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । अमेरिकन सहयोग सम्बन्धी सम्झौता एमसिसीका विषयमा पार्टीको धारणा तय गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । नेताहरूका अनुसार मध्यान्न १२ बजे बैठक बने तय भएको छ । एमसीसीलाई लिएर जसपा दुई धारमा छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा […]
काठमाडौं : श्रीमतीलाई छुरा प्रहार गरी घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा सञ्चालन गरेकी २८ वर्षीया प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले मादक पदार्थ सेवन गरी छुरा प्रहार गरेको प्रहरीले बताएको छ। अम्मरले बिहीबार साँझ प्रमिलाको घाँटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ। […]