होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी, १९ फागुन : कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण […]
काठमाडौं, फागुन १९ । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटघाट भएको हो। महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल […]
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। ज्ञापनलीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, […]
१८ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई कतैबाट प्रभावित नभई स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेर अर्थमन्त्री शर्माले बोर्ड अध्यक्ष हमाललाई यस्तो निर्देशन दिएका हुन् । कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न उनले […]
धनगढीः नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउन चुनौती दिएका छन्। हिजोको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसीको विरोध गरेर ‘हिरो हुन खोजेको’ बताएपछि प्रतिक्रियास्वरुप रावलले यस्तो चुनौती दिएका हुन्। ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए […]
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको हात्तिवनस्थित निवास पुगेका छन् । एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् । यता एमसीसी अनुमोदनको विषयलाई […]
१७ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे । लगत्तै सभामुखले प्रतिनिधि […]
१८ फागुन, चितवन । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन बिहीबार र शुक्रवार हुने भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन अगाडि नै गरिसक्नु पर्ने जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै स्थगित भएको थियो । अब भने अधिवेशन निश्चित भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । नारायणगढको नारायणी कला मन्दिरमा हुने अधिवशेनले […]
१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ । कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ-आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेको एक […]
१८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ । पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको […]
धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य पनि आउने भएका छन्। धनगढी उपमहानगरपालिकाको मेयर पदमा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने कार्यक्रमका लागि आचार्य पनि धनगढी आउने भएका हुन्। हमालको प्रचारप्रसार समितिले दिएको जानकारीअनुसार फागुन १९ गते बिहीबार विहान साढे ८ बजे धनगढीस्थित होटल रुवसमा घोषणा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् । आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय […]
काठमाडौँ — नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे आफ्नो धारणा व्यक्त गरेको हो । अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यको ११औं बुँदामा भनिएको छ, ‘एमसीसी परियोजना सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब […]
काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले एमसीसीका कारण असन्तुष्ट नेताहरु पार्टी छाड्न स्वतन्त्र रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसी संसद्बाट अनुमोदन नभएको भए शान्तिप्रक्रिया, लोकतन्त्र, संधिानको रक्षाका साथै जनताको समृद्धिको जनआंकाक्षामा नराकात्मक प्रभाव पर्न […]
प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्रि हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।उनले हरेक जातजातिका […]
अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।एमसीसी गत […]
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका वडा–८ का अध्यक्ष बहादुरसिंह महराले अमेरिकी परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि वडा अध्यक्ष पद र पार्टी त्याग्ने घोषणा गरेका छन्। नेकपा माओवादी केन्द्रका युवा नेता महराले सामाजिक सञ्जाल फेसबुकमा जनतासित माफी माग्दै वडा अध्यक्ष पद र पार्टी त्याग्ने छाड्ने घोषणा गरेका हुन्। ‘नेकपा माओवाद केन्द्रले राष्ट्रघाती एमसिसी सम्झौता पारित गर्नमा सहयोग […]
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत मतगणना जारी छ। जिल्ला सभापतिमा प्रकाशबहादुर बमले सुरुवाती अग्रता लिएका छन्। तीन सय मतगणना हुँदा बमले अग्रता लिएका हुन्। बमले १४४, नारायणदत्त भट्टले ११३ र रामबहादुर कलेलले ३० मत पाएका छन्। १३ मत बदर भएको छ। आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। अहिले सभापतिको मात्रै मतगाणना […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन्। गृह जिल्ला बाजुरा भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए। […]