होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् । घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् । यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ […]
नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावपछि मात्रै पदाधिकारी छान्ने भएको छ । पदाधिकारीबारे सहमति र त्यसको गृहकार्य बाँकी नै रहेकाले पदाधिकारी छनोट स्थानीय चुनावपछि मात्रै हुने नेता देव गुरुङले जानकारी दिए । नेता शक्ति बस्नेतका अनुसार आजको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गरेर सक्ने तयारी रहेको […]
काठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशन सकिएको दुई महिना बित्दा पनि माओवादी केन्द्रले केन्द्रीय नेतृत्वलाई पूर्णता दिन सकेको छैन । महाधिवेशनलगत्तै पुष्पकमल दाहाललाई अध्यक्ष चयन गरे पनि माओवादीले केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयन, स्थायी समिति र पोलिटब्युरो गठन गरेको छैन । सबैभन्दा जटिल बनेको पदाधिकारी चयनका लागि न प्रक्रिया (चुनाव) अगाडि बढेको छ न सहमति जुटेको छ । केन्द्रीय […]
नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहको पक्षमा अभियान चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन महिला सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् । काँग्रेस सांसद डिना उपाध्याय महालक्ष्मी, रंगमति शाही, एमाले सांसद बिन्दा पाण्डे लगायत आइतबार मन्त्रालय नै पुगेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । पीडितलाई थप पिडा दिने गरी पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई […]
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एमालेले गरेको निरन्तर संसद अवरोध नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तर संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड हो। यो अत्यन्त गैर जिम्मेवारी काम हो। किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रनिधि मार्फत् राष्ट्रको स्वाधिनता, […]
नागरिक रैबार/बाजुरा २२ फागुन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाजुरा- कैलाली सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । आज धनगढीमा भएको अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको भेलाले रावल अध्यक्षमा रहने गरी २१ सदस्यीय सम्पर्क मंच चयन गरेको हो । जसमा उपाध्यक्ष अनिल नेपाली, सचिव नन्द बहादुर रावत, सहसचिव देवेन्द्र धामी, भोवेन्द्र […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन् । ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान […]
काठमाडौँः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन्। संसद्मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन्। ‘संसद्मा केपी ओली […]
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । अबको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने नेताहरुले बताएका छन् ।
धनगढीमा समाजवादी बौद्धिक शिविर नेपालले समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिविरको मेचीकाली संगठनात्मक जागरण अभियान २०७८ अन्तर्गत फागुन १३ गते कैलालीको धनगढीमा प्रथम सुदुरपश्चिम भेला सम्पन्न भएको हो । ‘बौद्धिकहरु केवल सुचना सङ्कलन गर्ने, ज्ञान आर्जन गर्ने तर सङ्गठित भएर गलत प्रवृत्तिका विरुद्ध संघर्ष नगर्ने कारणले गर्दा समाजवाद निर्माणमा […]
२२ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । जबराविरुद्ध संसदमा गठनबन्धनका सांसदहरुले फागुन १ गते दर्ता गरेका थिए ।
चुनाव र एमसीसीबारे छलफल गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको छ । बैठक अपर्ण पार्टी प्यालेसमा बस्ने बताइएको छ । बैठकमा स्थानीय तह […]
आइतबार ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको जानकारी गराएका हुन् । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेस […]
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धनलाई दुषितको संज्ञा दिएका छन्।प्रेस चौतारी नेपालको संयुक्त प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार छ। यो गठबन्धन दुषित गठबन्धन हो। जतिबेला गठबन्धन बन्यो त्यतिबेला दल विभाजन नै भइसकेको थिएन।’ उनले गठबन्धनका नेताहरु नै जनतामा जान डराएको बताए। नेम्वाङले भने, ‘भरसक जनतामा जाने मिति पर सार्छन्। […]
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले नेताहरुलाई गुटको राजनीति नगर्न निर्देशन दिएका छन्। शनिबार प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै भट्टले यस्तो निर्देशन दिएका हुन्। यस्तै उनले नेताहरुलाई गुट छोडेर कम्युनिष्ट पार्टीको मुलधारमा समाहित हुन आह्वान गरेका छन्। यस्तै चौतारीकै उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर […]
काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र […]
काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्रमाथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्रीले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका हुन् । प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन् । प्रधानमन्त्रीले भने […]