होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै पौडेलले जनमतका हिसाबले एमाले ठूलो पार्टी भएपनि सरकारमा सहभागी नहुने बताए। पौडेलले भने, ‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ, त्यसैले हामी सरकारमा जाँदैनौं ।’ सरकारबारेको प्रश्नमा […]
प्रत्यक्षमा दलित नेतालाई टिकट नै नदिएको कांग्रेसमा समानुपातिकबाट पनि दलित पुरुषलाई निर्वाचित नगराउन कसरत पुरुष तीन जनाको कोटाबाट आफूनिकट प्रकाशशरण महत, बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई समानुपातिक सांसद बनाउने देउवाको चाहना काठमाडौँ — कांग्रेसले प्रतिनिधिसभाका ९१ र प्रदेशसभाका १ सय ७८ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दा दलित उम्मेदवार एक जना पनि थिएनन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेसका […]
नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार एमालेले आज बैठक बसेर प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन […]
मंसिर २२– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको प्रतिक्रिया दिएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताए । सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आँकलन गरिरहेको लामिछानेले बताए । नागरिकताको विषयमा सोधिएको प्रश्नमा रास्वपा सभापति लामिछानले राज्यले गर्ने छानबिनमा […]
राजेन्द्र विक/बाजुरा २२मंसिर।जनयुद्धकालमा एक दर्जन भन्दा बढिको संख्यामा बलिदानी गरेको बाजुरा माओवादी पार्टी सत्तामा गएदेखिनै उपेक्षामा परेको पाइएको छ।एमाले र कांग्रेसको दबदवा रहेको बाजुरामा करिब ३५सयको हाराहारीमा सक्रिय संगठित सदस्य बनाएको माओवादी केन्द्रलाइ केन्द्र पार्टिले नै बारम्बार उपेक्षामा राखिरहेको कार्यकर्ता हरुको आरोप छ।०६४र०७०मा पार्टीको देशभर सन्तोषजनक मत आएकै कारण बाध्यताले क्रमश :डबल शाह र कर्णबहादुर […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुरामा बद्रि पाण्डेले जनताको जनमतबाट नभई गुण्डागर्दीबाट बुथ कव्जा गरेर चुनाव जितेकाे आराेप लगाएका छन् । साेमबार केपि बा स्पाेर्ट्स क्लव बाजुराले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै थापाले भने पाण्डेले बाजुरामा चुनाव जित्नकै लागि राज्य शक्तिकाे चरम दूरूपयाेग समेत गरेर चुनाव जितेकाे आराेप लगाएका […]
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेहका हुन् । बुधबारबाट सुरु भएको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत […]
काठमाडौँ — निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत ‘थ्रेस […]
काठमाडौं । बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा निर्णय दिन […]
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न निर्देशन दिएकाे छ । आयाेगले मतगणना गर्न निर्देशन दिएपछि बाजुरामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बुधबार साँझ राखेकाे सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नभएपछि बैठक भाेलि विहान ७ बजे पुन: बस्ने गरि स्थगित गरिएकाे छ । आज बसेकाे बैठकले भाेलि विहान बस्ने बैठकमा एमालेलाई अनिवार्य सहभागी हुन् सयुक्त आह्वान […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। विद्यार्थी नेता चेतन अयडीकाे हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते त्रिवेणी नगरपालिका ७ मा मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको विभत्स हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको भन्दै दुई जनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको […]
काठमाण्डाैं: निर्वाचन आयोगले बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको हो । स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा […]
बाजुरा जिल्लाका ६९ वटै वडामा मंसिर ४ र १० गतेगरी प्रतिनिधि सभा र प्रदेश सभाका लागि चुनाव त सम्पन्न भयो ।तर, लफडा सकिएन । बरू मंसिर ४ मा त्रिवेणी ७ का दुईजना स्थानीयको वेमतलब ज्यान गयो । दर्जनौं घाइते भए । लगभग एक हप्ता तीनकै मौतले जिल्ला नै बन्द जसो भएर जनजीवन कष्टकर रह्यो । […]
निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने भएको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गर्न लागेको हो । दोलखामा आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । गत मंसिर ४ […]
नागरिक रैबार/बाजुरा १० मंसिर।बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्वर ५ मा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । यस अघि मंसिर ४ गते भएको निर्वाचनमा २८ जनाले मतदान गरिसकेपछि काँग्रेस र एमालेका कार्यकर्ताविच दोहोरो झडप भएपछि सो दिन मतदान स्थगित गरिएको थियो । बुढीनन्दा ५ मा कुल ९ सय ९९ मतदाता रहेका थिए भने आज पुनः […]
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् । अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै […]
काठमाडौँ — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर ढकालले १३ हजार ४२ मत ल्याएका […]
आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । बुधबार बिहानको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २ लाख ६ हजार ९७३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ८३ हजार ८० मत प्राप्त गरेको छ । यस्तै […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ ।काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी […]
काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।सत्ता गठबन्धनकी उम्मेदवार नेकपा […]