होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए । दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अोलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको […]
काठमाण्डाै – राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्नेछ । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।नामावली प्रकाशनपछि […]
काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए। त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण […]
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छुट्टाछुट्टै संवाद थालेका छन् । राष्ट्रपति निर्वाचन पेचिलो भइरहेका बेला ओलीले एकीकृत समाजवादीका नेतासँग छुट्टाछुट्टै संवाद थालेका हुन् ।अध्यक्ष ओलीले मंगलबार नेकपा एकीकृतका सांसद तथा पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठलाई बालकोटमै बोलाएर संवाद गरेका छन् । त्यसक्रममा उनले पार्टी एकताबारे धारणा बुझ्ने प्रयास गरेका […]
नागरिक रैबार/बाजुरा ८ फागुन।सुदूरपश्चिम प्रदेश सभाकी सांसद जुना कुमारी दानीले चुनावमा जनतासंग गरेका बाचा अवको पाँच वर्ष भित्र पुरा गर्ने गरी प्रदेशमा काम गर्ने बताएकी छन् । सोमबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको परिचयात्मक तथा सुझाव सल्लाह कार्यक्रममा प्रदेश सांसद दानीले सो कुरा बताएकी हुन् । चुनावताका बेला गाउँ-गाउँमा गएर जनतालाई विकासका आश्वासन बाढ्यौं, जनताको आश्रिवादले […]
भैरहवा – व्यवसायी दुर्गा प्रसाईंले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईंले भैरहवामा सम्बोधन गर्दे एक करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए।देशमा भएका युवामध्ये पनि […]
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ ।निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । आज दिउँसो १ बजे हुने कार्यालय उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ ।यही फागुन २५ गते हुने निर्वाचनका […]
राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले […]
काठमाडौँ । यही फागुन १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेर फागुन २५ गते चुनाव हुने कार्यतालिका छ । ‘हेड अफ स्टेट’ अर्थात् सेरेमोनियल राष्ट्रपति पदको चुनावलाई व्यापक चासोका साथ हेरिएको छ ।राष्ट्रपति पदलाई प्रतिष्ठाको विषय बनाउँदा एमाले, माओवादी केन्द्र सहितको सात दलीय गठबन्धन फेरिने आशङ्का गर्न थालिएको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस […]
नागरिक रैबार/बाजुरा ५ फागुन। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट महासचिवमा बाजुराका नरेश रोकाया निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार महासचिवमा रोकायाले सात सय ३३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । त्यस्तै अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।उनले निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । […]
काठमाडौँ । नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि […]
काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो । यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलोगरी मतदान सुरु भएको हो ।अध्यक्ष मण्डलका सदस्य खिमलाल भटरटाईका अनुसार तीन ठाउँबाट मतदान थालिएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत […]
नागरिक रैबार/बाजुरा ४ फागुन।जिल्ला हलिया मुक्ती समाज बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार हलिया मुक्ती समाज बाजुराका अध्यक्ष लालविर सार्कीले जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगेर बाजुराका हलिकाका विभिन्न सवालहरुको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । जिल्लामा छुटेका मुक्त हलियाहरुको उचित ब्यबस्थापन शिक्षा, स्वास्थ्य […]
काठमाडौँ । स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने भएको छ । निर्वाचन आयोगले निर्णयविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतकाे संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिवानाबारेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले आयोगको गोश्वारा निर्णयमा प्रश्न उठाउँदै शाहको निवेदनमा संवैधानिक इजलासबाट अन्तरिम आदेश र कारण देखाऊ आदेश […]
काठमाडौँ । सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ ।रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिनेदिन प्रदेश बैठकमै अनुपस्थित भएपछि सरकार ढलेर काँग्रेस नेतृत्वमा सरकार बनेको छ । त्यसो हुनुमा एमालेले उन्मुक्तिलाई दोषी देखेको छ । जबकि एमाले नेतृत्वको […]
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो । त्यसका लागि निवर्तमान अध्यक्ष […]
काठमाडौं: प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण ९मनी […]
काठमाडौँ । एमाले निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन मंगलबारदेखि सुरू भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशनले १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । नेतृत्वका लागि धेरै विद्यार्थी नेताहरुले आकांक्षा देखाएका छन् । तर नयाँ नेतृत्व निर्वाचन प्रक्रियामार्फत टुंग्याउने वा सहमति ? भन्नेमा आकांक्षीहरुबीच नै दुई […]
नागरिक रैबार बाजुरा २९ माघ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको सभापतिमा मेखराज जैशी निर्वाचित भएका छन् । जैशीले ६२ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्दी रमबहादुर शाहीले ५८ मत पाएर पराजित भएका छन। यसैगरी रेडक्रसकाे मन्त्रीमा टंकप्रसाद न्यौपाने विजयी भएका छन् । उनले ६५ मत पाए भने उनका निकटम प्रतिद्धन्दी […]
काठमाडौँ । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने मिति चैत २२ […]