होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ । आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु […]
संस्थागत स्वमूल्याकंनका आधारमा जगन्नाथ गाउँपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा जगन्नाथ गाउँपालिका पहिलो भएको हो । पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयले गरेको मूल्याकंनका आधार जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशमा समेत नवौ स्थानमा आएको छ । प्रदेशका ८८ पालिका मध्ये […]
जुम्ला– जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अनुसार शैक्षिक सत्र सञ्चालन गर्न गत माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिए। ‘सो […]
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइने भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् । द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने […]
काठमाडौँ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।
काठमाडाैँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा आन्दोलनको घोषणा गरको छ । अभियानले १६ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । जसअनुसार हरेक शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्याली गरेर कोषसभा गर्ने, २४ गतेदेखि नेपाल बन्द गर्ने, देशका विभिन्न स्थानमा आमसभा र कोषणासभा गर्ने तय भएको प्रसाईँले बताए […]
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङले मतदान गरेका हुन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । अर्का उम्मेदवार रामचन्द्र पौडेल पनि मतदानस्थलमै छन् । यसैबीच मतदान अघि राष्ट्रपतिका उम्मेदवार नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेको बताएका छन् । उनले […]
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।निर्वाचन सकिएलगत्तै संसद भवन […]
हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइने गरिंदै आएको छ । यस वर्ष ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । हुन त यस दिवसलाई नारी दिवस भन्ने कि महिला श्रमिक दिवस ? भन्ने […]
काठमाडौं । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् ।प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, […]
धनगढी – नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।आज बसेको एमाले संसदीय दलको बैठकले कांग्रेसका मुख्यमन्त्री शाहको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। यसअघि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले आजको […]
काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् । आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिले १० बजे प्रदेश संसदीय दलको कार्यालयमा दलको बैठक बोलाएका हुन् । नेकपा एमालेले विश्वासको मत नदिने निर्णय नै गरिसकेको छ। माओवादी र नागरिक उन्मुक्ति पार्टीले पनि मत नदिने बताइरहेको […]
धनगढी । नेकपा एमालेले सञ्चालन गरेको ग्रास रुट कार्यक्रममा नेता कार्यकर्ताबीच तीव्र मतभेद देखिएको छ ।एमालेको ग्रास रुट कार्यक्रम जनजागरण भन्दा पनि नेताहरूका गुटगत भेलाको रूपमा परिणत भएको देखिएको हो । जहाँ नेता कार्यकर्तामा फुट देखिएको हो । शुक्रबार मात्रै अछामको साँफेबगरमा केपी ओली समूह र भीम रावल निकट समूहले छुट्टाछुट्टै ग्रास रुट कार्यक्रम गरेको […]
अछामः प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टीका गतिविधिमा नदेखिएका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन्। एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन्। नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुखको आदेशले आइतबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई […]
काठमाडौं, १९ फागुन । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । ‘हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण […]
जनकपुरधाम । दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो । महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको […]
काठमाडौं । राष्ट्रपतिका उम्मदेवार सुवास नेम्वाङसहित नेकपा एमालेका दोस्रो तहका नेताहरु बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगे । अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेम्वाङसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य बिमला राई पौड्याल एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेका थिए । एमाले नेताहरुसँग अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम […]
नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।राष्ट्रपतिमा ८ दलको समर्थनमा साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उनको भनाइ छ।‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको ५१ औं बैठक आज बस्यो। यो बैठकले […]