होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ जेठ, काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन […]
१३ जेठ, काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल दलित विद्यार्थी संघले प्रदर्शन गरेको हो । उनीहरुले दोषीलाई कडा कारबाही गर्न र राजनीचिक आडमा घटनालाई नछाड्न समेत माग गरेका छन् ।
अन्र्तजातिय प्रेमका कारण जाजरकोटका २० वर्षिय नवराज विक र उनका साथीहरुको हत्या भएपछि नेपाली कलाकर्मीले यस्को खुलेर बिरोध गरिरहेका छन् । नायिका केकी अधिकारीले जातिय विभेदको नाममा हत्या नै गर्ने नेपाली समाजको चर्को बिरोध गरेकी छिन् । के फुर्ति लाउनु समाज भनेर? यस्तो छ हाम्रो समाज। यो हो वास्तविकता हाम्रो। परिवर्तित समाज रे। खै जसको […]
१३ जेठ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
काठमाडाै : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत सोमबार नेता श्रेष्ठले कम्तीमा एक वर्षका लागि भए पनि कोष खारेज गर्नुपर्ने उल्लेख गरेका हुन्। उनले उक्त कोषमा भएको रकम रोजगारी क्षेत्रमा लगाई राष्ट्रिय लगानी गर्नुपर्ने बताएका हुन्। उनी राष्ट्रिय सभा सदस्यसमेत हुन्। उनले भनेका […]
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा संबोधन गर्दै उनले स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आप्mना देशबासीहरुलाई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
काठमाडौं– आफुसँग शारिरीक सम्बन्ध राख्न नमानेपछि कल्याणपुर नगरपालिका ११ का गान्धी साहले एक दलित महिलालाई निर्घात रुपमा कुटपिट गरेका छन् । सप्तरी जिल्ला सिसबाकटि वडा नम्बर ६ हाल वस्ने उमेश प्रसाद साहको छोरा २४ वर्षीय गान्धी साहले सोहि कल्याणपुर नगरपालिका ११ का हरिशरण महराकी श्रीमती रिंकु महरालाई शारिरिक सम्बन्ध राख्न नमानेपछि निर्घात रुपमा कुटपिट गरेका […]
दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । उनीहरुलाई व्यासका स्थानीयले कुटपिट […]
चन्द्र किशाेर । विचार । त्यस दिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू लोकसभामा बोल्दै थिए । यो सन् ’५० को दशकतिरको कुरा हो । सन्दर्भ थियो— पाकिस्तानद्वारा ‘अक्साई चीन’ को हिस्सा चीनलाई हस्तान्तरण । पाकिस्तान, भारत र चीनसँग जोडिएको एवं तिब्बती पठारको उत्तरपश्चिममा अवस्थित भूभाग अक्साई चीनलाई लिएर भारतभित्र ठूलो चिन्ता र चासो थियो । भारतले यसलाई आफ्नो हिस्सा मान्थ्यो । […]
काठमाडौं, ७ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा आफुले राखेको बताउनु भएको छ। सामाजिक संजालमा लेख्दै नेपालले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको प्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको […]
रामबहादुर विक/बाजुरा ८ जेठ। राज्यबाट सेवा लिइरहेका सरकारी कर्मचारीहरुले आस्थाका आधारमा कुनै काम नगर्न नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापाले आग्रह गरेका छन् । उपाअध्यक्ष थापाले राज्यको नुनपानी खाईरहेका व्यतmीहरुले जिल्लामा आस्थाका आधारमा काम गरिरहेको हुँदा आगामी दिनमा यस्तो नर्गन हुन समेत चेतावनी दिनु भएको छ । नेविसंघका उपाअध्यक्ष थापाले राजनितिक आस्थाका आधारका काम गर्ने , […]
काठमाडौँ — कोरोना संक्रमणले बढी प्रभावित क्षेत्रमा पीसीआर विधिबाट पर्याप्त परीक्षण नभइरहेका बेला राजधानी र प्रयोगशाला भएको क्षेत्रमा पहुका भरमा परीक्षण गराउने बढेका छन् । संक्रमणको खास जोखिम नभएका र कोरोनाको कुनै लक्षण नभएका व्यक्तिहरुले पहुचका भरमा परीक्षण गराइरहेका छन् । जसका कारण जोखिम पहुँच देखाएर कोरोना परीक्षण गराइदिनप्यो भन्दै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल […]
गगन अयडी धनगढी, ७ जेठ धनगढी उपमहानगरपालिकामा कुहिएको चामल आपूर्तिकर्ता फर्मलाई कालो सूचिमा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । चामल आपुर्ति गर्ने ठाकुर ट्रेडलिङ्कलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । उपमहानगरपालिका भित्र लकडाउनमा राहत वितरण भइरहेको वेला कुहिएको चामल वितरणको गुनासो आएको थियो । कुहिएको चामल राहत दिएको गुनासो ५ सदस्यीय छानविन समिति गठन […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले नेपालकै भुमी भएर कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने बाटाे बनाउने भएकाे छ । मंगलवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने तम्बाखु–मौराभेल–दोपक्षय क्षेत्रमा तत्काल बाटो निर्माणकालागि भौतिक पूर्वाधार विकास मन्त्रालयवाट स्थानीय व्यास गाउँपालिकालाई ३० लाख रकम दिने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले बताए । […]
नागरिक रैबार/बाजुरा ७ जेठ। निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बाजुरा, नेपाल निजामति कर्मचारी संगठन बाजुरा र नेपाल निजामति कर्मचारी युनियन संघ बाजुरामा आवद्ध सम्पूर्ण निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको राष्ट्रसेवक निजामति कर्मचारीहरुको सयुक्त बैठकले बाजुरा जिल्लामा विभिन्न राजनीतिक दलका भातृ संघ, संगठनले निजामति […]
नागरिक रैबार/बाजुरा ७ जेठ । नेकपा बाजुराका सचिव भरत बुढाले त्रिवेणी नगरपालिकाले राजनीतिक पुर्वाग्राही सोच राखेर आफुलाई क्वारेन्टाइनमा बस्न नमानेको आरोप लगाएको प्रति आपत्ति जनाएका छन् । आफु नगरपालिका प्रवेश गरेदेखि नै कसैसंग भेटघाट नगरी होम क्वारेन्टाइनमा बसीरहेको भएपनि नगरपालिकाले ६ दिनपछि राजनीतिक आस्थाकै कारण सुरक्षाकर्मी समेतलाइ परिचालन गरेर तुरुन्त नगरपालिकाको होम क्वारेन्टाइनमा बस्नका लागि […]
नेपाल सरकारले लिपुलेकलाई समेत समेटर नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आफ्नो मत व्यक्त गरिरहेका छन् । अधिकांश कलाकारले सरकारको यो निर्णयको स्वागत गरेका छन् । कतिपयले भने अब भूमि पनि फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् । नायिका करिश्मा मानन्धरले भने […]
काठमाडौं ६ जेठ । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो । जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् । यसअघि […]
प्रज्ञा पनेरु । विचार । अचेल मेरो देशको मानचित्रको खोजी भइरहेको छ । लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे मानचित्र मैले कतै देखें कि देखिनँ, हेक्का छैन, तर यति याद छ, मैले एसएलसी दिँदादेखि अहिलेसम्म सामाजिक शिक्षाको वार्षिक परीक्षामा प्राय: नेपालको नक्सा बनाउने प्रश्न आउँछ । आफ्नो घर-खेतको चित्र कोर्न कहिल्यै सिकिएन तर परीक्षामा अंक आउने भएकाले आफ्नो देशको […]