होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ। गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो। गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा […]
काठमाडौं । लकडाउन खुला गरेर सार्वजनिक यातायातलाई सूचारु गरे पनि अहिलेसम्म एक तिहाई सवारीसाधन पनि सकडमा निस्केका छैनन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघकाअनुसार अहिलेसम्म सञ्चालनका लागि अनुमति पाएका रुटका सवारी साधनमध्ये ३० प्रतिशतभन्दा पनि कम सवारीसाधन मात्रै सडकमा आउन सकेका छन् । बाँकी अहिलेसम्म पनि ग्यारेजमै थन्किएर बसेका छन् । उपत्यका बाहिर रहेका यातायात […]
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा […]
१९ साउन, काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ घण्टा लामो वार्ता गरेलगत्तै नेकपा अध्यक्ष प्रचण्डले खुमलटारमा माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई बोलाएर सविस्तार बताए । झलनाथ खनाललाई लिएर वार्तामा गएका उनले सोमबारको वार्ताअघि पनि खुमलटारमा आफू पक्षधर सचिवालय सदस्यसँग परामर्श गरेका थिए । दुई अध्यक्षको चोचोमोचो मिल्दैमा मानिँदैन भन्दै आएका बरिष्ठ नेता माधव […]
काठमाडौं । सोमबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अचानक बालकोटस्थित निजी निवास पुगे । ओली किन निजी निवास गए भन्ने प्रश्नको जवाफ स्पष्ट छैन । यदि ओलीलाई नै यो प्रश्न गर्ने हो भने कस्तो जवाफ आउथ्ँयो होला ? सायद उनले यसको जवाफ ठट्यौली पाराले नै दिन्थे होलान्– ‘घर किन जान्छन् […]
१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका […]
१९ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ । खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय […]
काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । १४औँ महाधिवेशनमा सभापतिका आकाङ्क्षी देखिएका नेताहरु आन्तरिक रणनीति बनाउन नेता कार्यकर्तासँगको भेटवार्तामा व्यस्त देखिन्छन् । छलफल र भेटघाटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता शेखर कोइरालाले सम्पर्क कार्यालयसमेत खुलेका छन् । पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेर आफ्नो समूहको बैठक र भेला […]
१९ साउन, काठमाडौं । नेकपाभित्र उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि बालुवाटारमा छलफल जारी छ । आइतवार करिव तीन घण्टाको छलफल सकारात्मक रहेको र आजको छलफलपछि सहमतिको प्रस्ताव तयार हुने कतिपय नेताको दावी छ । ओलीसँग वार्ता गर्न प्रचण्ड आज पनि बरिष्ठ नेता झलनाथ खनाललाई […]
१९ साउन, काठमाडौं । देशमा एकातिर कोरोनाको महामारी छ, अर्कोतिर महंगीले जनताको ढाड सेक्न थालेको छ । बजारमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय सामाग्री तथा सेवा क्षेत्रमा कृत्रिम मूल्य वृद्धि गरिएको छ । बजारको नियमन गर्नुपर्ने सरकारी निकायहरु कानमा तेल हालेर बसेका छन् । पछिल्लो एक–दुई सातामा चामल, दाल, तरकारी, माछा, मासु, विद्युतीय समाग्रीदेखि लत्त्ता कपडा […]
नागरिक रैबार/बाजुरा १८ साउन। नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई ४ बुदे माग सहित ज्ञापन पत्र बझाएको छ । आईतबार नेपाल प्रेस युनियन बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई विभिन्न ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो । नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा […]
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज करिब ३ घण्टा छलफल गरे पनि कुनै निष्कर्ष निस्किएको छैन । गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै दुई अध्यक्षले छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । आजको […]
काठमाडौँ: कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसमा लडाउने काम नगर्न अनुरोध गरेका छन् । केन्द्रीय सदस्य थापाले अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटाउने पहल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा समेत जोड दिएका छन् । ‘नेकपाका मूल नेता केपी शर्मा ओली र कमरेड पुष्पकमल […]
युवाहरु रास्ट्र बिकासका मेरुदण्ड ,पहरेदार,सिर्जना को स्रोत हुन नेपाल को परिद्रीश्य मा हेर्दा एकात्मक राजतन्त्र तथा जहानिया राणाशासन विरुद्धको जनजागरण अभियानको सुरुदेखि पछिल्लो मधेसआन्दोलनसम्मका परिवर्तनका नाममा भएका विभिन्न क्रान्तिमा युवाको भूमिकाको पुष्टि भइसकेको छ । गंगलाल, शुक्रराज, धर्मभक्त तथा दशरथ चन्ददेखि सुरु भएको राष्ट्रिय स्वाधीनता र प्रजातन्त्रको लडाइँदेखि प्रजातन्त्र, गणतन्त्र रलोकतन्त्र सम्म को उपलब्धि सीमारक्षाको […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको निर्णय अनुसार सोमवार रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले रक्षाबन्धन पर्वमा सर्वाजनिक बिदा दिने निर्णय यसअघि नै भईसकेको बताए। ‘२०७७ सालका सार्वजजिक बिदा सम्बन्धि सूचना समेत प्रदेश राजपत्रमा प्रकाशन भईसकेको […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता झलनाथ खनालबीच छलफल सुरु भएको छ ।उनीहरूबीच आज बिहान १०ः१५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधानका लागि ३ शीर्ष नेताबीच छलफल भइरहेको स्रोतले बतायो ।पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, […]
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । हाल यो दल देशकै तेस्रो प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ । वैशाख १० गते मध्यरात दुई पार्टी बीच एकता भएको घोषणा भएको थियो । दुई पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालले निर्वाचन आयोगबाट […]
काठमाडौं । नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै गएको छ । यतिबेला काँग्रेसमा महाधिवेशनका लागि आन्तरिक राजनीतिको जोडघटाउ विवादको विषय बनेको छ । पार्टी सभापति शेरबादुर देउवा पक्ष नियुक्ति तथा मनोनयनमा केन्द्रित छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूह त्यसलाई रोक्न कस्सिएको छ । पौडेल समूहले केन्द्रीय विभागमा भइरहेको मनोनयन, पार्टी […]