होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ कात्तिक, काठमाडौं । भारतीय सेनापति मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडि बढाइएको छ । समाचार स्रोतका अनुसार भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने लगभग निश्चित भएको छ । यकिन मिति केही दिनमा नै सार्वजनिक हुने […]
२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसपटक साथ दिन नसक्ने संकेत दिएका छन् । असार तेस्रो साता पार्टीभित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब खेपिरहेका बेला ओलीले पूर्वमाओवादी खेमा केही नेताको साथ पाएका थिए । स्थायी कमिटी बैठक […]
२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता कायम राख्ने गरी सुझाव प्रस्तुत गर्न तीन महिनाअघि बनेको कार्यदल फेरि सक्रिय बनाउने प्रयास भए पनि सदस्यहरु जनार्दन शर्मा र पम्फा भुसाल आज बालुवाटार गएनन् । शर्मा र भुसाल नआएपछि बालुवाटार पुगेका कार्यदलका अन्य सदस्यहरू अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् । […]
वासिंटन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम आइसकेको छ । अमेरिकी जनताले जो बाइडेनलाई राष्ट्रपति चयन गरेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा दोस्रो कार्यकाल सम्हाल्ने अवसर प्राप्त गरेनन् । राष्ट्रपतीय निर्वाचनमा पराजित भएसँगै उनले आगामी दिनमा ठुला संकटको सामना गर्नुपर्ने हुन सक्छ । विशेषज्ञहरुका अनुसार ट्रम्पको कार्यकालमा भएका कथित घोटालाहरुको जाँचपछि उनले आगामी दिनमा आपराधिक […]
सत्तारुढ दल नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले, गुटगत भेला नगर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका पाँच नेताहरुलाई निर्देशन दिनु भएपछि नेकपा विवाद नयाँ मोडतर्फ धकेलिएको छ । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा केही चरणका अनौपचारिक बैठक गरेर पार्टी बैठक बोलाउन दुई पृष्ठको लिखित माग पत्र बोकी बालुवाटार पुगेका दाहाल लगायतका नेताहरुलाई अध्यक्ष ओलीले गुटगत भेला […]
२४ कात्तिक, परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौदेखि सुस्तावासी अन्धकारमा बस्दै आएका थिए । टुकीको भरमा […]
४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् । नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उनले बताए । मन्त्रिपरिषद्ले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय गरेपछि मतिपयले सरकारको आलोचना भएको छ । संसदको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् । कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे । गणेशमान सिंहको १०६ औं […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद समाधान गर्न भदौमा गठन गरिएको ६ सदस्यीय कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएका छन् । त्यसका लागि अध्यक्ष ओलीले सोमबार दिउँसो १२ बजे सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । ‘प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफलका लागि हामी १२ बजे बालुवाटार जाँदैछौ’, कार्यदल सदस्य तथा […]
प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि उनी हुम्ला पुगेका हुन् । जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझ्न […]
२२ कात्तिक, बुटवल । ‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने नारासहित २०७५ फागुन १ गतेदेखि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्यो । तिकै तामझामका साथ सुरु गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक परिवारको एक जना सदस्यलाई एक वर्षमा कम्तिमा १ सय दिन रोजगारी दिने र त्यो दिन नसके ५० दिन बराबरको बेरोजगार भत्ता उपलब्ध […]
२२ कात्तिक, काठमाडौं । प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै छन् । ओलीसँग भेट्नुअघि उनीहरु धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा छन् । धुम्बाराहीको छलफल सकिएपछि ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर ओलीसँग छलफल गर्ने एक नेताले बताए । शुक्रबार पनि धुम्बाराहीमै बसेका सचिवालयका पाँच सदस्यहरुले पार्टी अध्यक्षसमेत […]
सत्तारुढ दल नेकपा भित्र भुसको आगो झैं सल्किरहेको विवाद अझै साम्य हुने छाँटकाँट देखिएको छैन । विवाद समाधान गर्न भन्दै बिहीबार अपरान्ह मात्रै पनि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद त भयो त्यो पनि हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं निष्कर्षमा पुग्न सकेन । प्रधानमन्त्री ओलीले अध्यक्ष […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग […]
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक […]
२१ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने आदेश पुनरावलोकनको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा स्वास्थ्य […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । तर सहमति नभएको बताइएको छ ।तर ओलि भने उपस्थित […]
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रदेश १ का आफूनिकट नेताकार्यकर्तासंग भर्चुअल बैठकप्रति कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् । ओलीसंग बिहिबार बालुवाटारमा भएको भेटमा उनले गुटगत भेलामा ‘जनताको बहुदलिय जनवादको पक्षमा माहोल बनाउन’ दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् । प्रचण्डको सचिवालयका अनुसार उनले ओलीलाई ‘हिजोको भेलामा जबजको पक्षमा माहोल बनाउन […]
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर सारिएको छ । शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक २४ गतेको लागि सारिएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बैठक कात्तिक २४ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच […]