होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मुस्ताङ २५ मंसिर । गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुने भएको छ।कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङ बीच परम्परागत विवाह हुन लागेको हो । उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखराको एक गुम्बामा विवाह हुने कार्यक्रम छ।शर्मिला र कर्णबिच परिवारको स्वीकृतिमा मागी विवाह हुन लागेको हो। […]
नेविसंघले सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ। ७७ जिल्लामै मंसिर २८ गते अपरान्ह ४ बजे सिठ्ठी फुकिने नेविसंघले जनाएको छ। नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुनसमेत निर्देशन दिएको छ। कम्युनिष्ट सर्वसत्तावाद, कोरोनाका नाममा भ्रष्टाचार, सरकारी दमन, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ मा दमौलीमा भएको घटनालगायत विषयको विरोधमा उक्त कार्यक्रम […]
नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठक सकिएको छ। मंसिर २९ गते ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरू परिचालन गर्न सकिने विषयमा छलफल भएको थियो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्ला तोकेर केन्द्रीय […]
काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध सडकमा उत्रिन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । ७७ जिल्लाको प्रदर्शनमा पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपडक, मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध र कोरोना भाइरस (कोभिड-१९) स्वास्थ्य सामग्री खरिदमा […]
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लुकाएको आशंकामा हुम्ला प्रहरीले गैरकानुनी रूपमा मध्यराति पत्रकारहरूको घर खानतलासी गरेको छ । विप्लवका जिल्ला सेक्रेटरी कुम्भ बुढालाई लुकाएको आशंका गर्दै पत्रकारद्वय नरजन तामाङ र कर्णबहादुर रोकायको घर प्रहरीले खानतलासी गरेको हो । राज्यविरुद्धको अपराध अभियोगमा हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासबाट मंगलबार सफाइ पाएका बुढालाई प्रहरीले पुनः […]
पूर्वसांसद तथा दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमणबाट पीडित लामाको गएराति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । काभ्रेका लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । उनी जीवनभरी नेपालको कम्युनिस्ट आन्दोलनमा सामेल भए। लामा पहिचानको आन्दोलनमा समेत […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा सरकारले प्रतिबन्ध लगाएयता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ सालको फागुन १० गतदेखि हालसम्म गरि विप्लवका २ सय ५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ परेका मध्ये २४ जनालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका […]
काठमाडौं : सत्तारुढ दल नेकपामा शक्ति संघर्षले पार्टी एकता धरमराइरहेका बेला एक अध्यक्षबिनै स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै आइतबार बैठक बसेको हो। तर, ओलीले पत्र पठाएर आफ्नो अनुपस्थितिको कारण खुलाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावले पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलको सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत […]
गोरखा : नेकपाको केन्द्रमा बढिरहेको मनमुटाव, टकराव र बेमेलको प्रतिबिम्ब जिल्लाका कार्यकर्ता तहमा पनि परेको छ । पार्टी अध्यक्षहरु केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पक्षधर कार्यकर्ता दिनहूँजसो विकसित घटनाक्रमसँग रुष्ट भएर सामाजिक सञ्जालमा बाझाबाझ, कटाक्ष र आक्रोश पोखिरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमा तुच्छ शव्दसमेत प्रयोग गरेर फरक गुटका नेतालाई गाली गरिरहेको देखिन्छ । […]
काठमाडौं, २२ मंसिर । नेकपाभित्रको विवाद चर्किएका बेला स्थायी समितिमा नयाँं समीकरण बनेको छ । ४४ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा १५, अर्का अध्यक्ष प्रचण्डको पक्षमा १२ र वरिष्ठ नेता माधव नेपालको पक्षमा १३ जना देखिएको छ । जसमा चार स्थायी समिति सदस्यले भने अझै कुन गुट खुलिसकेको छैनन् । यसरी नखुलेका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।भोली मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको हो। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ डा. भट्टराईले भने। […]
२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन् । आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए । ‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा […]
स्थायी कमिटीका प्रिय कमरेडहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव‘ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ । […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदूर पश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा उपस्थित हुनुभएको बताएका छन् । स्थायी समिति बैठक सकेर बाहिरिने क्रममा नेता रावलले अध्यक्ष ओलीले बैठकमा पत्र पठाएर उपस्थिति जनाउनुभएको बताएका हुन् । नेता रावलले भने, अध्यक्ष शशरीर उपस्थित नभएपनि […]
कैलाली । नेकपा विभाजन हुन खोजेको र त्यसलाई रोक्नका लागि नेतृत्वलाई दवाव दिन एक कार्यकर्ता नेकपा सुदूरपश्चिम प्रदेश पार्र्टी कार्यालय धनगढीमा अनसनमा बसेका छन् । नेकपा डडेल्धुराका जिल्ला सदस्य पदम बोहोरा पार्टी विभाजन हुनबाट रोम्नु पर्ने ५ बुँदे माग राख्दै अनसनमा बसेका हुन् । नेतृत्वकै कारण पार्टी विभाजन हुन खोजेको उनको भनाइ छ । उनले […]
नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो । ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै […]
२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् । यसअघि शनिबार बसेको सचिवालयको बैठकले सबै […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले नेकपाको सचिवालय अक्षम भएको टिप्पणी गरेका छन् । आइतबार आफू निर्वाचित कास्की निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत छनोट भएका योजना सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का […]
२१ मंसिर, काठमाडौं । सन् २०१९-२०२० मा कूटनीतिक क्षेत्रमा भएका दुई दर्जन उपलब्धिहरुलाई समेट्दै परराष्ट्र मन्त्रालयले एक प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा दुई छिमेकी मुलुक भारत र चीन दुवैसँग सम्बन्ध सुधार भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् सो अवधि चीनसँगको सम्बन्धमा ऐतिहासिक भएको समेत उल्लेख गरिएको छ । आज अपरान्ह परराष्ट्रमन्त्री […]