होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संवैधानिक परिषद् बैठक : सभामुख सापकोटा सहभागी नहुने
समाचार

संवैधानिक परिषद् बैठक : सभामुख सापकोटा सहभागी नहुने

  • नागरिक रैबार
संवैधानिक परिषद् बैठक : सभामुख सापकोटा सहभागी नहुने

काठमाडौं । संवैधानिक निकायमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओेलीले आज मंगलबारलाई बोलाएको संवैधानिक परिषद् को बैठकमा परिषद् सदस्य रहेका सभामुख अग्नी सापकोटा सहभागी नहुने भएका छन् ।

‘आजको परिषद् बैठकमा सभामुख ज्यु जानुहुन्न’ सभामुख निकट श्रोतले रातोपाटीलाई भन्यो, ‘कारण चाही थाहा भएन ।’
सभामुख सापकोटा निकट श्रोतका अनुसार परिषद् ्का सदस्यहरुबीच समन्वय अभाव, पूर्व तयारीको कमी र प्रयाप्त गृहकार्य समेत नभएकाले सभामुख सापकोटा आजको बैठकमा सहभागी नहुने भएका हुन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत असन्तुष्ट छन् ।

गत भदौ २६ गतेको स्थायी समिति बैठकले राजनीतिक तथा संवैधानिक नियुक्ति गर्दा अध्यक्ष प्रचण्ड समेतको छलफल र आवश्यक्ताअनुसार पार्टीमा समेत छलफल गरेर मात्रै गर्ने निर्णय गरेको थियो ।

संवैधानिक निकायका अध्यक्ष र सदस्य गरी झण्डै ४५ पद रिक्त छन् । ति पदमा प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर नियुक्तिको तयारी गरेका छन् ।

परिषद् को अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने सदस्यहरुमा प्रधानन्यायाधीश, ससभामुख, राष्ट्यि सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । यसअघि मंसिर २८ गते बोलाएको परिषद् बैठक पनि गणपुरक संख्या नपुगेर स्थगित भएको थियो ।

सो दिनको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा सहभागी भएका थिएनन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार