होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन्। उनको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर प्रधानमन्त्री ओलीको स्वागतको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरुको सभागिता थिएन। यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो। तर हाल सहभागिता नदेखिएको हो। […]
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी आइपुगेका हुन्। यसैबीच धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री ओली सुरक्षा घेरामा रहेका छन्। धनगढीमा सुरक्षाका सबै अंगलाई तैनाथ गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रयाप्त संख्यामा सुरक्षाकर्मी तैनाथ […]
नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले प्रधानमन्त्री केपी शर्भा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरोद्धमा विरोधपत्र बुझाएको छ । संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले बाजुरामा पनि शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो । नेकपा बाजुरा प्रचण्ड माधव […]
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढीमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसका लागि उनी धनगढी पुगिसकेका छन्। तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन्। जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन्। नेकपा सुदूरपश्चिमले जनसभामा ५० […]
दोलखा । दोलखामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कालो बेलु्न देखाएर विरोध गरिएको छ । नेकपा ओली समूहको जिल्ला भेलालाई सम्बोधन गर्न पुगेका गृहमन्त्री थापालाई प्रचण्ड माधव समूहका कार्यकर्ताहरुले कालो बेलुन देखाएर विरोध गरेका हुन् । आज आयोजना गरिएको भेलामा गृहमन्त्री थापासहित सञ्चारमन्त्री पार्वत गुरुङ, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन कार्यक्रम रहेको छ । […]
रौतहट । रौतहटस्थित प्रचण्ड-नेपाल पक्षले रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवमार्फत प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोधमा विरोधपत्र पठाइएको नेकपा केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिए । गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेकोमा उक्त कदम सच्याएर संसद पुनर्स्थापित गर्न […]
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै धनगढीमा टायर बालिएको छ। नेकपा विभाजनपछि शुक्रबार प्रधानमन्त्री ओली धनगढी आउनु अगावै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहका विद्यार्थीले टायर बालेर विरोध जनाएका हुन। प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्च नजिक टायर बाल्दै अनेरास्ववियूका कार्यकर्ता योगेश बमले भनेका छन्, ‘जुन संसद विघटन गरेका छन् त्यसैका सांसद बोकेर सुदूरपश्चिम आउँदा […]
राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ ७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेश्रो बैठक हो ।
धनगढी: नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्। तर उनी धनगढी पुग्न नपाउँदै धनगढीमा विरोध सुरु भइसकेको छ। नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो। प्रधानमन्त्री ओली १० बजेपछि श्री एयरलाइन्सको विमानमामार्फत काठमाडौंबाट उड्ने जनाइएको छ।
काठमाडौँ — इजलास स्थगित भएन र ‘हेर्न नभ्याउने’ भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा पर्नेछन्, किनभने उनले आफैंमाथि पनि ‘कारण देखाऊ आदेश’ जारी गर्नुपर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा । […]
धनगढीः प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक सुदूरपश्चिम आउन लागेका पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा सहभागी हुने÷नहुने विषयमा प्रदेश सरकारका मन्त्रीहरु नै अन्योलमा परेका छन्। तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकिकरणपछि बनेको नेकपा विभाजन भएपछि औपचारिक रुपमा अलग नभइसकेको पार्टीका अध्यक्ष एवंम् प्रधानमन्त्रीको स्वागतबारे निर्णय लिन मन्त्रीहरुलाई असहज भएको हो। प्रतिनिधिसभा विघटनपछि […]
धनगढीः धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ। चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आइरहेका […]
२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता […]
२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुको गतिविधि र उनीहरुले सामाजिक सञ्जालमा प्रकट गर्ने अभिव्यक्तिले अनेक किसिमका संज्ञा पाउने गरेका छन् । दुईतिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्दहरू हुन्– अरिगांल । ओलीको प्रतिरक्षामा उत्रने समर्थकहरुका लागि ‘हनुमान’ र ‘अरिगांल’ शब्द प्रयोग सामान्य बनेकोमा केही दिन […]
२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका […]
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ । वडा कार्यालयको कामकाजसँगै केही दिनयता नियमितजसो भइरहने पार्टीका कार्यक्रममा समेत उपस्थित हुनुपर्ने भएका कारण उनलाई गाह्रो भएको हो । उनलाई एकातिर सेवाग्राहीको कामको चाप, अर्कोतिर कार्यक्रममा नजाँदा फरक समूहको आरोप लाग्ने डर छ । ‘वडाध्यक्ष भनेको त कर्मचारी जस्तै हो, एक दिन कार्यालय […]
पोखरामा दाहाल-नेपाल समूह निकट जनवर्गिय संगठनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले २०१७ सालको संसद् विघटन ब्युताउन ७० बर्ष लागेको, २०६० सालमा विघटन भएको संसद् पुनःस्थापना गर्न ३ वर्ष लागेको उदाहरण दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थमा विघटन गरेको संसद् ब्युताउन तीन महिना पनि नलाग्ने बताएका हुन् । ‘संसद् जुन हालतमा पनि ब्युतिन्छ,’ उनले […]
काठमाडौं । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने उनले बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको उनको भनाई छ । ‘संसद पुनःस्थापनाले अहिलेको […]
काठमाडौं, २३ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्र देखि प्रदेशसम्म समिकरणको तयारी भएको छ । दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्ति देखि प्रदेश सरकारमा समेत समिकरण बनाएर जाने तयारी भएको हो । यसका लागि दुवै नेताबीच नियमित छलफल भइरहेको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टी विभाजनसँगै प्रदेश १ […]