होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२ माघ, काठमाडौं । सरकारले सर्वोच्च अदालतमा बुझाएको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिसमक्ष पेश गरेको सिफारिसको सक्कल सर्वोच्च अदालतबाट फिर्ता लगेको पाइएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै रिट परेपछि सर्वोच्चले ५ पुसमा बसेको मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिसमक्ष पेश भएको सिफारिसको सक्कल पनि माग गरेको थियो । प्रधानमन्त्रीको लिखित […]
काठमाडौं । नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु भएको छ । शुक्रबार अपरान्ह हैदरावाद हाउसमा बैठक सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरिरहेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् । बैठकअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका थिए । सुरु […]
जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू अपाङ्गता भएका नागरिकका लागि सहयोगी होइन सास्ती भएका छन् । अपाङ्गता भएकाहरू स्थानीय सरकारप्रति साह्रै धेरै निरास छन् । लक्ष्मी बस्नेत, खोज पत्रकारिता केन्द्र धनकुटाको शहीद भूमि गाउँपालिकाले २८ असार २०७७ मा वडा नम्बर ७ को साप्तिङटारस्थित सिद्धदेवी माध्यमिक विद्यालयको प्रावि राहत कोटामा फूलमाया राईलाई शिक्षक नियुक्ति गर्यो । फूलमाया, […]
काठमाडाैं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा चलिरहेको सुनुवाईले आजपनि निरन्तरता पाउने भएको हो । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने […]
२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ । संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको […]
नयाँदिल्ली — भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रवार बिहान आफ्ना समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्दैछन् । हैदरावाद हाउसमा बिहान ११ बजे हुने उक्त भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । बिहीबार साँझ कुराकानीमा मन्त्री ज्ञवालीले दिल्लीमा हुने राजनीतिक भेटघाट नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, ईपीजी र कोभिड–१९ […]
काठमाडौँ — नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय ‘पर्ख र हेर’ कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् । औपचारिक रूपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डामा कांग्रेस सहयोगी हुन नमिल्ने देउवाको भनाइ छ । निर्वाचन वा […]
स्पष्ट छ, अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिगमनका मुख्य नायक पूर्वराजा ज्ञानेन्द्र होइनन्, खड्गप्रसाद ओली नै हुन् संसारकै राम्रो भनिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई ओलीको एउटा अध्यादेशले क्वाप्पै खाइदियो । अर्थात्, लोकतान्त्रिक ऐना देखाइदियो । ओलीको यो कदम केवल संविधानको विपरीत मात्रै होइन, राष्ट्रिय लक्ष्य र उद्देश्यमाथि पनि प्रहार हो । राजनीतिलाई विचलित बनाउन र तरलतामा […]
धनगढीःसुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु सत्ता समिकरणको जोड घटाउमा पर्ख र हेरको अवस्थामा रहेका छन। प्रतिनिधिसभा विघटन भएपछि विभाजित देखिएको नेकपाको प्रचण्ड–नेपाल र ओली समूहले सत्ता फेरबदल गर्ने कसरत जारी राखेका बेला दुवैतिरका प्रदेशसभा सदस्यहरु पर्ख र हेरको अवस्थामा रहेका हुन्। प्रचण्ड–नेपाल समूहभित्र आकांक्षी धेरै हुँदा रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न मुख्यमन्त्रीलाई समेत सकस भइरहेको […]
काठमाडौं । नेकपाको दुवै पक्षले स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् । ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने […]
१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।
कैलाली । नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजन भएसँगै नेकपाको ओली पक्षले आफ्नो सबैभन्दा कमजोर अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा धमाधम पद बाँडेर अस्तित्व रक्षा गर्ने रणनीति अख्तियार गर्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपाको प्रचण्ड–माधव पक्षको राजनीतिक अवस्था ओली पक्षको तुलनामा निकै बलियो देखिएको छ । त्यसैले पनि ओली पक्षले केन्द्रीय सदस्य पद बाँडेर भए […]
१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । प्रचण्ड-माधव समूह काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘यो झुटोसुटो कुरालाई हो कि भन्ने पार्न सक्ने क्षमताचाहिँ केपीमा रछ ।’ ओलीले विभिन्न सार्वजनिक मञ्चबाट लगाएका आरोपहरुको खण्डन गरे । […]
राजनीतिक अस्थिरता अन्त्य गर्नेगरी पाँच वर्षे म्याण्डेट पाएको नेकपा सरकारले दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरिदियो । पार्टी कलह बढ्दै जाँदा प्रधानमन्त्री केपी ओलीले अन्ततः संसद् नै विघटन गरेपछि नेकपा विभाजित भयो । निर्वाचन आयोगको वैधानिकता कुरिरहेका दुवै समूहका नेताहरू यतिखेर देश दौडाहामा छन् । दौडाहाको दौरानमा जनताको बहुदलीय जनवाद (जबज) को आत्मा […]
‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’ मंगलबार राति नेकपा प्रचण्ड–माधव नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराईको ट्वीट हो यो । उनको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोगसहित अन्य संवैधानिक निकायमा सेटिङ मिलाएको संकेत गरिएको बुझिन्छ । हालै […]
काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ । आयोगका दशौं बर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभइरहेका बेला आयोगमा जिम्मेवारी सम्हालेको १० महिनामै गौतमको नेपाल कानुन आयोगमा सरुवा गरिएको आयोगको उच्च स्रोतले जानकारी दियो । उनको ठाउँमा […]
पोखरा– नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच औपचारिकरुपमा विभाजित नभए पनि गण्डकी प्रदेशमा दुबै समूह अलग अलग संगठन विस्तारमा लागिसकेका छन् । पार्टी संस्थापनको पक्षको लडाईँमा रहेका नेकपाको दुबै समूहले जिल्ला जिल्लामा भेला प्रशिक्षणहरू गरिरहेका छन् ।दुवैसमूहले पार्टीको आन्तरिक भेला प्रशिक्षण राखे पनि खुला कार्यक्रम गरेका छन् र बहुमत कार्यकर्ता देखाउने प्रयासमा छन् । प्रदेशका हरेक जिल्लामा […]
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस शुरु गर्दै वृहत् पूर्ण इजलासको माग गरेका छन् । बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्षले भने असहमति जनाएको छ । सरकारी पक्षलाई बृहत् पूर्ण […]
नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा चढेको गाडी रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामका युवा र बिद्यार्थीले तोडफोड गरेका छन् । नेकपा अछामको पार्टी कार्यालय नजिक तोडफोड गरिएको हो । अध्यक्ष थापा चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरिएको हो । रास्ट्रिय युवा संघका केन्द्रिय सदस्य दिपक कुवरले प्रधानमन्त्री केपी शर्मा […]