होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ […]
सरकारी वकिलले विघटन संविधानसम्मत रहेको जिकिर गर्दै धारा ७४ लाई मुख्य आधार बनाएका छन् । मुलुकको शासकीय व्यवस्था संसदीय शासन प्रणाली हुने उक्त व्यवस्थाले प्रधानमन्त्रीलाई विघटनको अन्तरनिहित अधिकार दिएको जिकिर सरकारी वकिलहरूको छ । धारा ८५ ले कार्यकालअगावै विघटन हुने परिकल्पना गरेको ७६ (७) ले विघटनपछि निर्वाचन हुनुपर्ने समय तोकेको र ७४ को संसदीय शासन […]
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचारधीन मुद्दा र नेकपाको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलाग्दा वैशाखमा गर्ने भनिएको निर्वाचनको तयारी तथा कार्यक्रम प्रभावित हुन थालेका छन् । निर्वाचन हुने–नहुने विषय सर्वोच्चको आदेशमा निर्भर हुन्छ । सर्वोच्चले निर्वाचनको आवश्यक तयारी रोक्न कुनै आदेश गरेको छैन । ठूलो धनराशि खर्चिएर तयारी गर्दा भोलि अदालतले निर्वाचन नहुने आदेश गरिदिए सबै शून्यमा […]
निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो । कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो । उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्तमा नियुक्त […]
२५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समहूको विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनविरुद्ध सिंहदरबार छेऊमा नाराबाजी गरेको छ । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनेरास्ववियूले अनामनगर हनुमानस्थानमा प्रदर्शन गरेको हो । नाराबाजीका क्रममा विद्यार्थीहरुले ‘वी हेट यू केपी ओली, वी हेट यू’ नारा लगाएका थिए । ‘संसद् विघटन गर्दै मुलुकलाई प्रतिगमनलाई लैजाने शासकलाई हेट (घृणा) गरेका हौं’, […]
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले नेपालको संविधानले प्रधानमन्त्रीकी श्रीमतिलाई प्रथम महिला नभनेको स्पष्ट पारेकी छिन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता भुसालले त्यस्तो सोंच सामन्ती पितृसत्तावादी भएको पनि बताएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमति राधिका शाक्यलाई प्रथम महिलाका रुपमा सार्वजनिक मञ्चहरुमा उभ्याउन थालेपछि नेतृ भुसालले त्यसको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले माघ २८ गते काठमाडौँमा गर्ने जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न सम्पूर्ण जनसमुदायलाई अपील गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत उक्त दिन प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोधसभामा सहभागी बन्न अपील गरेका हुन् । अपीलमा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने […]
हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् […]
२५ माघ, बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका छन् । ओली समूहका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको नेतृत्व तहमा प्रतिनिधि सभा विघटनपछि घोषित मध्यावधि निर्वाचन हुँदा हुने व्यक्तिगत लाभहानिको हिसाब–किताब केन्द्रित बहस भइरहेको छ । काँग्रेसको संस्थापन पक्षले मध्यावधि निर्वाचन अनुकुल ठानेको छ भने इतर पक्षले संसद् पुनस्र्थापनालाई । काँग्रेसभित्र संसद् विघटनको ५० दिने माहोल हेर्दा अनौपचारिक बैठकदेखि सार्वजनिक मञ्चमा यही झल्किन्छ । तर दुवै पक्षले […]
नागरिक रैबार/बाजुरा २५ माघ । गत पुस ५ गते नेपालको संविधानको ठाडो उलंघन गरि असंवैधानिक अलोकतान्त्रिक एंव स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै अनेमसंघ बाजुरा संघर्ष समितिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । प्रचण्ड-माधव समुहको अखिल नेपाल महिला सघं बाजुरा संघर्ष समितिले आइतबार बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैर्हे मार्फत प्रधानमन्त्रीलाई […]
२५ माघ, काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् । सरकारी वकिलहरुलाई बहस गर्न आजबाट १५ मिनेटको समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ मिनेट समय निर्धारण गरिएको सुरुमै स्मरण गराएका छन् । संसद […]
काठमाडौँ — मधेसका एजेन्डाप्रति ‘अनुदार’ छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार नारायणहिटी अघिल्तिर आयोजित सभामा मधेसकै एक नेताले २१ औं शताब्दीको बुद्धको उपमा दिए । प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध चौतर्फी विरोध भइरहेका बेला नेता सत्यनारायण मण्डलले उनलाई त्यस्तो उपमा दिएका हुन् । मण्डल तिनै नेता हुन्, जो संविधान जारी भएपछि बनेको ओली नेतृत्वको सरकारमा […]
बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे । यस्तै यही माघ १७ गते नेकपाको पनौती […]
२४ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र […]
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपालमा विभिन्न राजनीतिक दलहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटनको समर्थनमा प्रदर्शन तथा सभाहरु आयोजना गर्दै आएको छ भने नेकपाकै प्रचण्ड–माधव पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोधमा सडक संघर्ष गर्दै आएका छन् । जुनसूकै दलले कार्यक्रम आयोजना गरे पनि भीड […]
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार इजलासको अन्त्यमा समय तोक्नेबारे जानकारी विपक्षतर्फका वकिललाई दिनुभएको छ । प्रधानन्यायाधीश जबराले अब १०, १५ मिनेटमा बहस सक्न […]
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार/पाँच नसुतेर, नखाएर भए पनि जनतालाई सडकमा उतार्नुपर्ने बताएका छन्।उनले यो कुरा शुक्रबार ललितपुरमा आयोजित कार्यकर्ता भेलामा भनेका हुन्।‘चार/पाँच दिन नसुतेर, नखाएर भए पनि जनतालाई उतार्नुपर्यो,’ प्रचण्डले भने, ‘ललितपुरबासी गर्जेर उठ्नुपर्यो। माघ २८ गते जुट्दा नयाँ उचाइका साथ अगाडि बढ्नुपर्यो।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी […]
२३ माघ, काठमाडौं । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर […]
काठमाडौं । नेकपा ओली पक्षले काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि बृहद जनसभा गरेर प्रतिनिधिसभाको औचित्य पुष्टि गर्ने प्रयास गर्नुका साथै गणतन्त्र र संघीयताको पक्षमा आफूलाई उभ्याएको दावी गरेको छ । नेकपा ओली पक्षको वागमती प्रदेशस्तरीयसभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीका नेताहरु (प्रचण्ड–माधव) पक्षले […]