होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन । […]
काठमाडाैं, १६ फागुन । मन्त्रिपरिषद्ले २३ गते संसद् बैठक बस्नेगरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीति झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रूपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक नै अवरुद्ध हुने […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी […]
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाण्डाैमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताउनुभएको छ । कुनैबेला स्थायी कमिटी […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टको असफलताका कारण बिदेशी प्रभाव र चलखेल बढेको बताएका छन् । आज काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रबादी आन्दोलनको आवश्यकतामा भएको बिचार व्यक्त गरे। राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको […]
१५ फागुन, चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब […]
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताएका छन् । जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताए । न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले म माथिको […]
काठमाडौं, १५ फागुन । सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पोखराको १५ गतेको आमसभा स्थगित भए पनि प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् । नेकपा ओली समूहको राम्रो पकड मानिएको गण्डकी प्रदेशमा पूर्वनिर्धारित कार्यक्रमअनुसार एक लाख मानिस उतारेर शक्ति प्रदर्शन गर्ने दाबी गरिए पनि स्थगित भएको छ । प्रधानमन्त्रीका विश्वासपात्र प्रदेश पार्टी इन्चार्ज एवं मुख्यमन्त्री […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव भएको बताएका छन्। ललितपुरको जावलाखेलमा शनिबार आयोजित प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलामा प्रचण्डले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताए। ‘फेरि केपी ओलीसँग समहति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत […]
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरको फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले खुरुक्कै राजीनामा दिन्छन् । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको निर्णयविपरीत फैसला आए ओलीले स्वाभाविक रुपमा नैतिकताका आधारमा राजीनामा दिने सार्वजनिक अभिव्यक्ति दिएका पनि थिए । तर ज्ञवालीले भनेको नैतिकता बचाएर ओलीले राजीनामा दिएनन्, बरु सर्वोच्च अदालतले भनेअनुसार […]
काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट नेताहरुलाई बताएका छन् । ओली निकट नेता तथा […]
काठमाडौं । नेकपा ओली पक्षले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो । नेकपाको ओली र प्रचण्ड माधव पक्षले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् ।
काठमाडौं । ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौँ । सञ्चारमाध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं’, नेकपाको प्रचण्ड–माधव पक्षका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले […]
नागरिक रैबार दार्चुला १४ फागुन दार्चुला लेकमको लालीदेखि व्यासको छांगरु टिंकरसम्मका बस्ती भारतसँग सीमा जोडिएका क्षेत्र हुन् । भारतसँग सीमा जोडिएका दार्चुलामा ६ नाकाहरु छन् । ति सबै नाकाहरु कोरोना महामारीका कारण सरकारले चैत ११ गते बन्द गरेको थियो । अहिले दार्चुलाको सदरमुकाम खलंगाको नाका खुल्यो, अरु खुलेका छैनन् । त्यसबाहेक सबैका आ–आफ्नै पायकपर्ने लेकमको […]
१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे […]
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । काँग्रेससँग मिलेर सरकार बनाउनका लागि प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको स्रोत बताउँछ । जवाफमा […]
काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही […]
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल कसको भन्ने टुंगो आउँदो फागुन २० गते लाग्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विषयमा नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमा बिहीवार सुनुवाइ सकिएपछि फैसला मिति तोकिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीवार सुनुवाइ सकिएको थियो । […]
काठमाण्डाैँ १४ फागुन । तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन्। प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्न अवस्था रहँदैन। ओलीका निकटस्थका अनुसार […]
काठमाडौं । बुधबार नेपाली कांग्रेसका सभापति, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार भेटबार्ता गरे । दुबै दललाई प्रचण्ड र माधवको प्रस्ताव छ, ‘सबै मिलेर अगाडि बढौं ।’ प्रचण्ड–माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो । र, दुबै दलले पार्टीमा छलफल गर्ने प्रचण्ड–माधवलाई जवाफ […]