होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । झण्डै ३ वर्षअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मान्यता नपाएपछि मुलुकको राजनीतिक समीकरण तरल बनेको छ । फागुन २३ गते ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई सर्वोच्च अदालतले मान्यता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ अघिको अवस्थामा फर्केका छन् । योसँगै नेकपा […]
२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा […]
२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक १ चैतमा बोलाउने तयारी छ । त्यसको दुई दिनअघि आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् । बैठकले साबिकको […]
धनगढीः जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्ता गठबन्धन गर्ने अवस्थामा रेशम चौधरी रिहाइको मुख्य सर्त बनाएको छ। धरीलगायत मधेस–थरुहट आन्दोलनका बन्दीको रिहाइ प्रमुख शर्त बनाएपनि त्यसमा प्रधानमन्त्री ओली सकारात्मक भएको बताइएको छ। टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेको थियो। त्यसलाई उच्च अदालत दिपायलले पनि सदर गरिसकेको छ। थरुहट […]
२८ फागुन, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा […]
२८ फागुन, काठमाडौं । सैनिक दिवसको दिन नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कवाज, बढाइसहितको विशेष समारोहले सबैको ध्यान त तान्यो नै । त्यससँगसँगै विशिष्ट अतिथिहरुको आसनले पनि धेरैको ध्यान खिच्यो । किनभने यस वर्षको आसन अघिल्लो वर्षको तुलनामा फरक थियो । सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा […]
२६ फागुन, काठमाडौं । नेकपा एमाले इतरको सरकार बनाउन दौडधुप गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई भेटेका छन् । प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका थिए ।भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए । तर […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ । नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ । सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेकपाका दुई घटक एमाले र […]
धनगढी, २६ फागुन/अदालतले नेकपा एमाले ब्युँताएपछि त्यहाँभित्रको संघर्ष पुनः नयाँ शिराबाट उठेको छ । एमाले सुदूरपश्चिम कमिटीले भीम रावललाई कुनै हालतमा प्रदेश इन्चार्ज नस्वीकार्ने बताउँदै उनको नेमप्लेट तोडफोड गरेको छ । बुधबार कार्यालय स्थापना गर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडमा केही घाइतेसमेत छन् । प्रदेश अध्यक्ष कर्ण थापाले ‘एमाले सिध्याउन हिँडेका रावल […]
धनगढी: नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलले धनगढीमा भएको घटना एमाले फुटाउने र सिध्याउने षडयन्त्र हुनसक्ने बताएका छन्।बुधबार भएको घटनापछि रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको आरोप लगाए। तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको गुण्डागर्दीले उक्त घटना भएको रावलको आरोप छ। ‘अहिले नै यस्तो चरित्र देखाइयो। पार्टी […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारका विषयमा आफूसँग कसैले कुरा नगरेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले उनलाई केपी ओली नेतृत्वको सरकार गिराउन एमालेभित्रैबाट लाग्नुभएको छ भन्ने आरोप छ नि ? भनी सोधेका थिए । जवाफमा उनले भने, ‘खै मलाई थाहा छैन । कसैले मलाई भन्न […]
कैलाली । धनगढी स्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको हो । अहिले स्थिति तनावपूर्ण भएको छ । बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश […]
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को २० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र हिंसात्मक गतिविधिमा लागेका विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर मुलुकमा शान्ति स्थापना गरेको बताएका हुन् । ‘पृथकतावादी […]
काठमाडौं, २६ फागुन । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाइने भएको जनाइएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त पदमा गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउन लागिएको हो । सर्वाेच्च अदालतले एमाले र माओवादी पूर्ववत् रुपमै […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । सत्तारुढ दल नेकपा एमाले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने उनले बताए । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन […]
२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको बताएका छन् । उनले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग […]
६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद भवन बानेश्वर पुगेर आजको बैठकमा सहभागी नभई बाहिरिएका छन् । गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पनि उनी बानेश्वर पुगेर फर्किएका छन् । प्रधानमन्त्री कुनै काम परेर बैठकमा सहभागी नभएको सुवासचन्द्र नेम्वाङले बताएका छन् । हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको […]
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध संघीय संसद् सचिवालयमा विरोधको सूचना दर्ता गरेका छन् । यी दलले सरकारले ल्याएको अध्यादेश असंवैधानिक रहेको ठहर गर्दै त्यसलाई संसदमा अस्वीकृत गर्ने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले असंवैधानिक ढंगले अध्यादेश ल्याएकाले […]