होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हेटौंडा। राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ। बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको हो। मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु गर्ने […]
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। अध्यक्ष ओलीको निर्देशनपछि महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठकको आह्वान गरेका छन्। सो बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ। त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी […]
५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हुन् प्रचण्डको सचिवालयले बुधबार साँझ जारी गरेको […]
नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । आजको बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो । आजलाई तय गरेको बैठकमा सवै सदस्य सहभागी असम्भव भएकाले बिहीबार बेलुका ५ बजे बस्नेगरी बैठक स्थगित भएको एमाले संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले […]
५ जेठ, काठमाडौं । निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै नेपाली कांग्रेसले भर्त्सना गरेको छ । कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेको भन्दै आप्पत्ति जनाएको हो । ‘निर्वाचन आयोगले निर्वाचन आचार […]
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको लागि बाग्मती प्रदेशको उपनिर्वाचनमा पार्टीका उम्मेद्धवार रामबहादुर थापालाई अत्यधिक बहुमतले जिताउन अपील गरेका छन् । अध्यक्ष ओलीले आज जारी गरेको अपीलमा निर्वाचनले एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउने बताउदै थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गरेका छन् […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा सार्वजनिक अपील जारी गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई भोट मागेका छन् । नेकपा एमालेको अध्यक्षका तर्फबाट बुधबार दिउँसो २ पृष्ठ लामो अपील जारी गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवार बादललाई भोट नदिई अरुलाई दिएमा क्षम्य नहुने भन्दै एमालेका मतदातालाई चेतावनीसमेत दिएका छन् । निर्वाचन कानुनका जानकारहरुले यसरी मौन अवधिमा अपील […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् । वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् । ‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधान गरी पार्टीलाई […]
५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिने प्रयन्तमा छन् । एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको बताउँछन् एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ । कार्यदलले पार्टीभित्रका सबै खाले समस्याको समाधान निकाल्ने नेता नेम्वाङले […]
काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा थापा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । मंगलबार दिउँसो वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोगका लागि आग्रह गरेका थिए । थापाको आग्रहलाई जवाफमा नेपालले […]
राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । यही बैशाख ६ गते हेटौंडाको भुटनदेवी माविमा मतदान हुँदैछ । निर्वाचनका लागि मतपत्र तथा मतपेटिकाको व्यवस्थाका साथै मतदान केन्द्रमा गर्नुपर्ने तयारी सकिएको निर्वाचन आयोगका सहप्रवक्ता कोमल धमलाले जानकारी दिए । मतदानका लागि भुटनदेवी माविको प्राङ्गणमा ३ वटा मतदान केन्द्र तयार पारिएको छ । साथै […]
४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र कायम सहमति कार्यान्वयनका निम्ति प्रस्ताव ल्याउन गठित कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन अपील जारी गरेको हो । ‘पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एकापसमा […]
कमल थापा : आज जेठ ४ गते । आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमत विना बिदेशी शक्तिहरुको दवाव र प्रभावमा षडयन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको थियो । अहिले कथित ‘धर्मनिरपेक्षता’को आडमा सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट पारेर बिदेशी धर्म संस्कृति लाद्ने काम योजनावद्ध र संगठितरूपमा भैरहेको छ । लोभलालच र प्रलोभनमा […]
जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ ।जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको अध्यक्ष उपेन्द्र यादवले बताए । […]
काठमाडौं ४ जेठ । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका छन् । अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको छ। सबै प्रशासनिक काम सकिए पनि आइतबार समय अभावका कारण निवेदन दर्ता हुन नसकेको ज्ञवालीले जानकारी […]
काठमाडौं । कुनै पनि बैठक या छलफलबाट बाहिर निस्कँदा सञ्चारकर्मीलाई विरलै मात्र प्रतिक्रिया दिने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा दुई प्रश्नको जवाफ दिए । एमाले विवाद समाधान गर्न प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा ओलीलाई सञ्चारकर्मीले घेरेर प्रश्न गर्न छुटाएनन् । त्यसक्रममा प्रधानमन्त्री ओलीलाई उपस्थित सञ्चारकर्मीले दुई नेताको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए । आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे […]
नेकपा एमाले माओवादी केन्द्रबीच एकता भएको आज ठीक तीन वर्ष पुग्दैछ । २०७५ साल जेठ ३ गते दुई पार्टी एकआपसमा विलय भएर नेकपा बनेको थियो । अहिले सर्वोच्च अदालतले पार्टी फुटाइदिएपछि एमाले ०७५ जेठ २ को अवस्थामा फर्कन खोजिरहेको छ । माओवादीले भने विधान संशोधन गरेर संगठनात्मक संरचनामा हेरफेर गरेको छ । एकताको तीन वर्ष […]