होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् । कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा […]
काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन लागेका छन् । उनले आज अपरान्ह २ बजे देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा दिन लागेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै बहुमतको दाबी प्रस्तुत गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री बनाउन आदेश दिएपछि ओलीले राजीनामा दिन लागेका हुन् […]
२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवा जीसँग […]
नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्न कार्यक्रम तय भएको छ ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई […]
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको केही घण्टापछि नै काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयास थालेका छन् । देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । सोमबार अपरान्ह कोटेश्वरमा माधव नेपालको घर नजिकै बसेको विपक्षी गठबन्धनको […]
नागरिक रैबार/बाजुरा २८ असार । सर्वोच्चको फैसला प्रति युवा सँघ बाजुराले सडक प्रदर्शन गरेको छ । नेकपा एमाले ओली समुह निकट युवा सघं नेपाल र अनेरास्वबियु बाजुराले सोमबार सर्वोच्च अदालतले गरेको फैसला प्रति सडक प्रर्दशन गरेर बिरोध गरेको हाे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेकाे भन्दै युवा सँघले […]
काठमाडौँ: नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् ।विघटित प्रतिनिधिसभा तीनपटक सर्वाेच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए। विसं २०५१ असार २७ […]
नागरिक रैबार/बाजुरा २८ असार। नेपाली काँग्रेस बाजुराले सर्वोच्च अदालतले सोमबार एतिहासिक फैसला गरेको भन्दै स्वागत गरेको छ । नेपाली काँग्रेस बाजुराले सोमबार एक पत्र सार्वजनिक गर्दै सम्मानित अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गरेको हो । नेपाली काँग्रेस बाजुराका सभापति कविराज पंडितद्धारा हस्ताक्षरित पत्रमा यो फैसलाले […]
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक बसिरहेको छ । बैठकले अदालतको फैसलापछि कसरी बढ्ने भन्नेबारे छलफल गरिररहेको छ । कोटेश्वरस्थित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड […]
काठमाडौं, २८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग परामर्श लिएर मात्र सर्वोच्चको आदेशबारे निर्णय लिने भएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको आदेशको पत्र दर्ता भएपछि चासो राखिसकेको बुझिएको छ । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले कानुनविद्हरुसँग परामर्श लिएर अगाडि बढ्ने तय भएको बताए । संविधानमा प्रधानमन्त्री कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न राष्ट्रपतिलाई […]
काठमाडौं, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको आदेशले सत्ता छाड्न वाध्य भएपछि नयाँ परिस्थिति विकास भएको छ । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एक्ल्याउने रणनीति बनाएका छन् । नेपाल खेमाका नेताहरु भीम रावल र सुरेन्द्र पाण्डेलाई आफ्नो पक्षमा रहिरहने गरी ओलीले कुराकानी थालेका छन् । उनले रावलसँग आज पनि बालुवाटारमा […]
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको आदेशले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । सम्भवतः देउवालाई भण्डारीले भोलि नै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । अदालतको आदेश अनुसार देउवा दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त प्रधानमन्त्री बन्दैछन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा बहुमत सांसदको समर्थनबाट […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा पाँचौं इनिङ्स सुरु हुँदै छ । सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै देउवाले सत्तारोहणको पाँचौँ यात्रा सुरु गर्ने भएका हुन् ।सर्वोच्च अदालतको परमादेशअनुसार उनलाई मंगलबार अपराह्न ५ बजेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्नेछ । देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि […]
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने आदेश राष्ट्रपति कार्यालय शितलनिवासमा दर्ता भएको छ । सर्वोच्च अदालतबाट उपसचिव गोपाल थापाले आदेश दर्ता गराएका हुन् । आदेश दर्ता भएसँगै राष्ट्रपतिले शेरबहादुर देउवालाई भोलिभित्र प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पटक पटक संविधान उल्लंघन गरेको भन्दै आदेश […]
काठमाडौं, २८ असार । प्रतिनिधि सभा पुनः स्थापना भएपछि नेकपा एमाले पार्टीको भविष्यबारे चासो बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ एमाले सांसदले गरेको हस्ताक्षर फिर्ता लिन दबाब दिदै आएका थिए । हस्ताक्षर फिर्ता नलिए एमाले हुननसक्ने बताएका थिए । अब २३ सांसदको हस्ताक्षरकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने […]
सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेसँगै अबको सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ । अदालतको आदेशले तत्कालै शेर बहादुर देउवा प्रधानमन्त्री बने पनि एक महिनापछिको अवस्था के होला भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिलकुमार पोखरेल पहिलो चरणमा राष्ट्रपतिले मङ्गलबार अपराह्न ५ बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने […]
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । यतिबेला नेपाल काँग्रेस आन्तरिक छलफलमा जुटेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीका नेताहरु छलफलमा छन् । अदालतले दोस्रो पटक संसद् […]
धनगढी: सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसीयाली मनाउन थालिएको छ। सामाजिक सञ्जाल फेसबुकमा देउवालाई बधाई दिनेको पनि ओइरो छ। पाँचौ पटक देउवा प्रधानमन्त्री हुन लागेको भन्दै नेपाली काँग्रेससहित अन्य दलका नेता कार्यकर्ताले पनि बधाई दिएका छन्। डडेल्धुरा गृहजिल्ला भएका देउवा अहिलेसम्म […]