होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ भदौ, काठमाडौं । माधव नेपाल नेतृत्वको प्रस्तावित एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ ।बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत […]
काठमाडौँ, ८ भदौ: नेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिनुभयो । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे […]
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् । नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक […]
काठमाडौं। माधवकुमार नेपाल अध्यक्ष रहने गरी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको अन्तरिम विधान तयार भएको छ। चन्द्रागिरी रिसोर्टमा जारी एकीकृत समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीको घोषणापत्र र विधानमाथि समूहगत छलफल भइरहेको छ। बैठकमा प्रस्तुत अन्तरिम विधानअनुसार १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ। जसमा अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ […]
नागरिक रैबार/बाजुरा ८ भदौ। !नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार बसेको पूर्ण बैठक सम्पन्न भएको छ ।नेकपा बिभाजन भएपछि पहिलो पटक औपचारिक रुपमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले आयोजना गरेको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन तथा अध्ययन, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण र वडा/गाउँपालिका/नगरपालिका बैठक तथा अधिवेशन गर्ने सम्वन्धि निर्णयहरु गर्दै बैठक सम्पन्न भएको […]
नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली र तेस्रो धारका नेताहरुबीच भएको भनिएको ‘वार्ता र सहमति’ लाई छलकपटपूर्ण धोखाघडीको नाटक भनेका छन् । नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकको बेइमानी एव्म धोखाघडीको निरन्तरतास्वरुप नै ‘वार्ता र सहमति’का नाटक मञ्चन भइरहेको नेता नेपालको दावी छ । सामाजिक […]
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष […]
नागरिक रैबार बाजुरा ७ भदौ । नेकपा एमाले विभाजनसँगै माधव नेपालको कमाण्डमा नेकपा (एकिकृत समाजवादी ) पार्टी निर्माण गर्ने गरि हालसम्म माधव नेपाल समूहमा खुलेका ५८ जना केन्द्रीय सदस्यहरु छन् । सूची यस्तो छ– माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, डा. गंगालाल तुलाधर, […]
नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू बालकोट पुगेका छन्। नेपाललाई साथ नदिएका नेताले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयनको घोषणा गर्न ओलीलाई […]
काठमाडौँ, भदौ ७ । प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता डा विजय पौडेलले नेकपा (एमाले)सँग तत्काल कुनै पनि कार्यगत वा पार्टी एकताको सम्भावना नभएको बताएका छन् । नेता पौडेलले माधवकुमार नेपालको नेतृत्वमा एमालेमा गरिएको विद्रोह वैचारिक र कार्यशैलीगत समेत रहेको चर्चा गरे। उनले भने, “लोकतन्त्र सिध्याउने प्रपञ्चसहित दुईरदुई पटक संसद् विघटन र कम्युनिस्ट आन्दोलनसमेत समाप्त पार्ने […]
काठमाडौं । नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक सकिएको छ । आइतबार सदरमुकाम मार्तडीको अपि होटलमा बसेको पूर्ण वैठकले पार्टी विभाजनको समिक्षा समेत गरेको छ । त्यस्तै बैठकले पाटीको सदस्यता नविकरण गर्ने बारे छलफल समेत गरेको एमाले नेता भरत बुढाले बताएका छन् । उहाँका अनुसार बैठकले जिल्लाका स्थानीय तहका संगठन कमिटीहरुलाई पुनर […]
नागरिक रैबार/बाजुरा ६ भदौ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार मार्तडीको अपि होटेलमा बसेको पार्टीको पूर्ण बैठकमा दुई जना सचिवको टुँगो नलाग्दा बैठकको कार्यक्रम अध्यक्ष काली बहादुर शाहीले चलाएका छन् । नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेब रेग्मी हुँदाहुँदै नेकपा माओबादी केन्द्रका सचिवलाई मनोनित गरेर दुई जना सचिव पार्टीले पाएसँगै यसो गरिएको एक जिल्ला कमिटी […]
६ भदौ, धनगढी। नेकपा एमाले छाडेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सुदूरपश्चिममा उनी निकटका नेता अलमलमा परेका छन् । केन्द्रमा माधव नेपाललाई साथ दिँदै आएका भीम रावल तटस्थ बसेपछि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको हो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित २५ सांसदमध्ये सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए । तर […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले बुढीनन्दा नगर कमिटीको इन्चार्जमा राजन रोकायालाई जिम्मेवारी दिएको छ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको सदरमुकाम मार्तडीमा आइतबार बसेको पूर्ण बैठकले बुढीनन्दा नगरपालिका ४ का वडा अध्यक्ष समेत रहेका रोकायालाई नगर कमिटीको इन्चार्जको जिम्मेवारी दिईएको हो । एमाले जिल्ला कमिटीको पूर्ण बैठकले बुढीनन्दा नगर कमिटीको इन्चार्जमा आफुलाई जिम्मेवारी दिएको नेता […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक बाजुराको सदरमुकाम मार्तडीमा सूरु भएको छ ।मार्तडीको अपि होटलमा एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सूरु भएको बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बलदेव रेग्मी लगायत जिल्ला स्तरका नेताहरुको […]
काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री हुनेको नामावली पनि टुंग्याउने सम्भावना छ । यसअतिरिक्त आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
काठमाडौं, भदौ ६ । माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले १० बुँदे […]
काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सनाखतका लागि बुधवारको समय […]
नेपालका प्रसिद्ध लोकतान्त्रिक समाजवादी नेता बीपी कोइरालाको नेपाली कंग्रेस पार्टी फेरि सत्तामा छ । सरकारको गठबन्धन दलहरू समाजवादको पक्षमा छन् । नेपालका चरम दक्षिणपन्थीदेखि चरम वामपन्थी कम्युनिस्ट राजनीतिक दलहरू समाजवादको वकालत त गर्छन् तर, उनीहरूमा उपयुक्त शब्दावली, उपकरण, प्रक्रिया र तालमेलको अभाव देखिन्छ । लोककल्याणकारी नीति, प्रणाली र राजनैतिक दृढसंकल्पको समेत अभाव देखिएको छ । […]