होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन गरिने भएको छ। राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियूको नेतृत्व फेरिन लागेको हो। अनेरास्ववियूका वर्तमान अध्यक्ष ऐन महर पार्टीको एमालेको प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा लैजाने आश्वासन नेतृत्वबाट पाएपछि एकाएक अखिल छाड्न तयार भएको बताईएको छ। महर अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए। ५ वर्षअघि भएको […]
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो । तत्कालीन समाजवादी […]
धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ। रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण आज हुने भएको हो। नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आजै मुख्यमन्त्रीले अर्थमन्त्री नियुक्त गर्ने र साँझ सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताए। ‘मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यू डोटी हुनुहुन्छ, […]
सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित गर्ने कि मन्त्रिपरिषदबाट खारेज गर्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्र विवाद देखिएको छ । अध्यादेशसम्बन्धी यही विवादका कारण मन्त्रिपरिषद विस्तार पछि सरेको छ । ‘जसपा अध्यक्ष उपेन्द्र यादव यो अध्यादेश मन्त्रिपरिषदले फिर्ता लिनैपर्छ भन्ने लाइनमा हुनुहुन्छ, उता माधव नेपालचाहिँ अध्यादेश संसदबाट पारित हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ,’ गठबन्धनका एक […]
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले अब माओवादीलाई कसैले रोक्न नसक्ने बताएका छन्। डोटीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता भट्टले यस्तो बताएका हुन्। ‘विगतमा चुनाव जितेर गएका जनप्रतिनिधि र अहिले चुनाव जितेर गएका जनप्रतिनिधिले गरेको काम गाउँगाउँ सम्म पुगाउन सक्यौँ भने माओवादीलाई कसैले रोक्न सक्दैन,’ मुख्यमन्त्री भट्टले भने। उनले […]
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न आग्रह गरेकी छन् । एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले भनिन्, ‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ विभाजनले कसैको हित नगर्ने भन्दै उनले सुदृढ एमाले […]
काठमाडौं, ३१ भाद्र । नेपाली काँग्रेसमा सभापतिका एक दर्जन दाबेदार देखिएका छन् । महाधिवेशनको मिति नजिकिएपनि दाबेदार कसैले ब्याक भएको घोषणा गरेका छैनन् । बरु सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् । सभापतिमा काँग्रेसको विभिन्न पुस्ताका नेताहरु दाबेदार छन् । ८० को नजिक पुगेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दाबेदार छन् […]
काठमाडौँ — सरकार र प्रतिपक्षबीच संसद्मा देखिएको राजनीतिक असमझदारीका कारण आर्थिक सटडाउनको अवस्था आएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको हो । संसद्मा शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका बेला सांसद नरबहादुर धामीलाई उचालेर रोस्ट्रमतर्फ अघि बढाउन खोज्दै प्रमुख प्रतिपक्ष एमालेका […]
डोटी । नेकपा -एमाले)का उपाध्यक्ष डा भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् । डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् । उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने […]
धनगढी : ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु,’ सोमबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए, ‘यो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे, तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’ एमाले विभाजन भएसंगै ज्यान दिन्छु भन्ने कार्यकर्ताले […]
धनगढी : नेपाली काँग्रेसले कैलाली र बाजुराको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले विवाद निरुपण गरेका हुन्। सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले बताए। तर निर्वाचन समितिले सदस्यता नामावली […]
काठमाडौं, ३० भाद्र । ‘राजनीतिमा आफ्नो र अर्काको नहुने’ भीम रावलले भोगेका छन् । उनले सुदूरपश्चिम पुगेर आफूलाई ज्यान दिन्छु भन्नेहरुले साथ छाडेको गुनासो पोखे । रावलकै पहलमा प्रदेशसभामा टिकट पाएर जितेका र समानुपातिकमा समावेश भएकाहरुले साथ छाडेका हुन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्जका रुपमा रावलले निकटस्थहरुलाई टिकट दिलाएका थिए । तर, ती मध्ये […]
धनगढी: नेकपा (एकिकृत समाजवादी)को संसदीय दलको नेता चयन भएसँगै सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल एकिकृत समाजवादीले नै रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री पाउने सम्भावना छ। एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले एक हप्ताभित्र प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने बताइन्। उनले भनिन्, ‘संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनु भएको […]
प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । राजनीतिक दलहरू समावेशी बन्नुपर्ने आवाज बुलन्द भइरहेका बेला १४ औं महाधिवेशनको मुखैमा प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा चार जनामात्रै महिला चुनिएका छन् । यस्तै, दलित समुदायबाट प्रदेश […]
नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ।क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको छ। मंगलबार ८ जिल्लाको क्रियाशील नामावली समितिमा पुगेको हो।समितिले विवाद समाधान भएका काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने तयारी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन् । ‘हामीले […]
धनगढी ।नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए । दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र प्रदेशसभा […]
२९ भदौ, धनगढी । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् । ‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सम्पूर्ण नेता–कार्यकर्ताको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने कर्तव्य रहेको बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले १० बुँदे कार्यान्वयनको जिम्मेवारीबाट कसैले पनि पन्छिन नहुने बताएका हुन्। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयनको अर्थ एमाले २०७५ जेठ २ को […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा अझै अन्तर्विरोध झेल्नुपर्ने टिप्पणी गरेका छन् । धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले पार्टीको विवाद समाधानका लागि १० बुँदे प्रस्ताव तयार भएको र त्यो कार्यान्वयन भइसकेको बताए । उनले १० बुँदेको २ नम्बर बुँदालाई सम्झाउँदै नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै त्यसलाई कार्यान्वयन […]