होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग अघि बढाएको एकताको छलफलप्रति विमति जनाएका छन् । सञ्चारमाध्यममा खनालसमेत सहमत भएको भन्दै आएका समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायले बताएअनुसार खनाल माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनकै पक्षमा छन् । ‘मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष फोन सम्पर्क […]
काठमाडौँ । केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ । गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरार अपराधी र लुटिएका हतियार नियन्त्रणमा नआएसम्म देशमा चुनाव सम्भव नहुने दाबी गरेका छन्। शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा ओलीले भने “१२ सयभन्दा बढी प्रहरीले प्रयोग गर्ने हतियार र एक लाख गोली लुटिएको छ, पाँच हजारभन्दा बढी कैदी बन्दी बाहिर छन्, यस्तो अवस्थामा चुनावको नाटक गरिँदैछ,” उनले […]
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको सिफारिसपत्र आफूले पढेको दाबी गरेका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “हामीले उहाँले पठाएको चिठी हेरेका छौं।” प्रचण्डका अनुसार ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई कार्कीलाई ‘कामचलाउ प्रधानमन्त्री’ नियुक्त गर्न पत्र पठाएका थिए। भदौ […]
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका लागि एमालेको पनि पुनर्गठन महत्त्वपूर्ण भइसकेको बताएकी छन् । ‘कांग्रेसमा त्यो सुरु भइसक्यो’, […]
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि […]
काठमाडौँ । नेकपा एमालेले सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै शाहीकालको निर्वाचनसँग तुलना गरेको छ । यद्यपि पार्टीले दलीय सिस्टममा चुनाव घोषणा र निर्वाचन कार्यतालिका सार्वजनिक हुुनु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएको छ । ‘सरकार बनेको यतिका समयसम्म राजनीतिक पार्टीसँग कुनैपनि छलफल, बहस वा संवाद गरेको छैन’, एमाले […]
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो झर्ने क्रम निरन्तर रहेकाले […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्न सकिने बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितीमा उत्पन्न राजनीतिक जटिलताको समाधान दिने बताएका हुन्। ‘मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै […]
काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । यसअघि जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् […]
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनेको छ । नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको […]
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् । महाधिवेशनको हलमा उनले पेस गर्न चाहेका थिए । तर, अध्यक्ष ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका छन् । विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए । अध्यक्ष ओलीले […]
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिई बुधबार स्वदेश फर्कंदैछन्। प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन गएका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए। यस्तै, उनले शिखर सम्मेलनलाई […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्र्दैछ । आज बस्ने सचिवालय बैठकले सो निर्णय गर्ने र उम्मेदवार घोषणा गर्नेछ । आज दिउँसो साढे १ बजे सचिवालय बैठक बोलाइएको छ । उक्त बैठकमा रुपन्देही–३ को उम्मेदवार छनोटबारे मूल्यांकन हुनेछ । आजै पार्टी कार्यालय बनस्थलीमा पार्टी प्रवेश कार्यक्रम समेत […]
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको बताएका हुन् । भेटवार्तामा दुई राष्ट्रबिचका विभिन्न मुद्दाहरूको प्रगतिबारे समीक्षा गरिएको र द्विपक्षीय सहयोग बढाउन सहमति भएको समेत प्रधानमन्त्री […]
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय […]
नागरिक रैबार/बाजुरा १८ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले यहि साउन २५ गतेदेखि पालिका स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । स्थानीय तहमा भइरहेको विकास निर्माण बारे सम्वन्धित पालिका स्तरमै गएर छलफल सहीतको प्रशिक्षण आयोजना गर्न लागेको शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् । प्रचार प्रसार […]
काठमाडौँ । राष्ट्रिय महिला आयोगले मुलुकी फौजदारी कार्यविधि संहिता र मुलुकी अपराध संहितामा प्रस्तावित संशोधनविरुद्ध कडा आपत्ति जनाउँदै सरकारलाई तत्काल फिर्ता लिन आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै बहुविवाहजस्तो गम्भीर अपराधलाई केही विशेष परिस्थितिमा छुट दिने गरी कानुनी संशोधन अघि बढाउनु लोकतान्त्रिक मूल्य मान्यता, महिला अधिकार र सामाजिक न्याय प्रणालीविरुद्ध रहेको बताएको […]