होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।आजको बैठकमा समूहगत रुपमा भएका छलफलका सुझावहरु प्रस्तुत हुने छ । ती सुझावहरु समेटेर सचिवालयले आगामी वर्षका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तय गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ४ वटा कार्ययोजनाहरु […]
नागरिक रैबार/ बाजुरा। नेकपा एमाले बाजुराका अध्यक्ष भरतबहादुर थापाले बुढीगंगा नगरपालिका– २ बल्देमा रहेको अनाथालयलाई सहयोग गरेका छन् । शनिबार आफ्नो जन्मदिनको अवसर पारेर एमाले बाजुराका अध्यक्ष थापाले फजुल खर्चलाई रोकेर विपन्न र अनाथ बालबालिकालाई सहयोग गरेका हुन् । पार्टीका सचिव हुँदा गत वर्ष पनि जन्मदिनको अवसरमा कन्सर्न बाजुरामा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री पाँच […]
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा […]
धनगढी— सुदूरपश्चिम प्रदेशमा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना विद्यार्थी छनौट भएका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि पौष ५ गते प्रकाशित सूचना अनुसार आवेदन पेश गर्ने आवेदकमध्ये खुलातर्फ पाँच र समावेशीतर्फ चार जना गरी ९ जना छनौट भएका छन्। एमबीबीएस अध्ययन छात्रवृत्तिमा खुलातर्फ पाँच जना छनौट भएका छन्। बाजुराकाे स्वामिकार्तिक […]
काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ […]
राजेन्द्र विक बाजुरा,२१पुष/नागरिक रैबार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादी केन्द्र बाजुराले जिल्ला बाट प्रतिनिधित्व हुने गरि जनयुद्धको घाइते तथा अपांङ्ग योद्धा संजय कटेल लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सदस्य समेत रहेका कटेललाई जिल्ला समन्वय समितिको बैठकले सर्वसम्म्त सिफारिस गरेको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सचिवालय […]
नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।
नागरिक रैबार/बाजुरा १३ पुस। बाजुराको बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा २ वटा ग्रामिण सडकलाई कालाेपत्रे गर्ने भएकाे छ । जिल्लाका अन्य स्थानीय तहहरूले ग्रामिण सडक कालोपत्रे गर्न नसकेको अवस्थामा बुढीगंगाले भने आफ्नै स्रोतबाट पहिलाे चरणमा २ वटा सडक कालोपत्रे गर्ने गरि काम अगाडि बढाएकाे छ । बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनियाले आज एक औपचरिक कार्यक्रमका विच […]
राजेन्द्र विक बाजुरा,१३पुष नागरिक रैबार/नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको ४ महिने जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रम सम्पन्न भएको छ। माओवादी केन्द्र बाजुराका संयोजक देबिचन्द्र बुढा दिपकको अध्यक्षतामा भएको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रमको प्रमुख अतिथी स्थायी समिती सदस्य तथा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट […]
नागरिक रैबार/बाजुरा ५ पुस।बडीमालिका नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका माविले जितेको छ । विहिबार सम्पन्न प्रतियोगितामा ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक जितेर सदरमुकाम मार्तडीमा रहेको मालिका माविले यसपटक पनि प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक प्राप्त […]
काठमाडौं । २७ मंसिरमा बाराको सिम्रौनगढ नगरपालिकामा रञ्जित अधिकारी प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुन पुग्दा भएको झडपमा एक जनाको ज्यान गयो । मेयर किशोरी साह कलवारले उपराष्ट्रपति रामसहायप्रसाद यादवसम्म भनसुन गराएर उपराष्ट्रपति कार्यालयमा रहेका अधिकारीलाई नगरपालिकामा लगेका थिए । तर, तलब नपाएको भन्दै आन्दोलनरत शिक्षक–कर्मचारीहरुले रोक्न खोज्दा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय २५ […]
काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पुनरावेदन मुद्दामाथि बहस सकिएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणको उच्च अदालत पाटनमा पुनरावेदनमाथि सुनुवाइ भएको थियो । खाणलाई छाड्ने या थुनामै राख्नेबारे दुई न्यायाधीशको मत बाझिए पछि आज तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशन लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
काठमाडौँ– नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत पुग्न लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको […]
नागरिक रैबार/बाजुरा १९ मंसिर।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका लागि मिसन ८४ नभइ भिजन ९५ बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस बाजुराद्धारा आयोजित वृहत आम सभालाई सम्बोधन गर्दे महामन्त्री शर्माले देशका सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका हुन् । महामन्त्री […]
नागरिक रैबार/बाजुरा १८ मंसिर।नेपाली काँग्रेस बाजुराले मार्तडीमा आयोजना गर्न लागेको बृहत आम सभाको व्यापक तयारी गरेको हो । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा आउने भएपछि उहाँको स्वागत र सम्मानमा जिल्ला स्तरीय बृहत आम सभा गर्न लागिएको पार्टी सभापति रामसिंह रावलले बताएका छन् । शिर्ष नेतृत्व नै बाजुरा आउने भएपछि भव्य तयारी गर्न लागिएको र त्यसका लागि […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको टिप्पणी गरेका छन् । साथै उनले सत्ता गठबन्धनका नेता र वर्तमान सरकारले आफन्त पोस्नबाहेक केही काम नगरेको आरोप लगाए । एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत शुक्रवार डडेलधुराको अमरगढीमा आयोजित आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू आतङ्ककारी गतिविधिमा […]
बैतडी– नेकपा (एमाले)को ‘‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सुरु भएको छ । पार्टी अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको […]
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको छ । पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ […]