होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ माघ । बाजुराको हिमाली गाउँपालिका ६ पाडीगाउँमा नेपाल टेलिकमको फोरजि सेवा संचालनमा आएको छ । यस अघि पाँडी गाउँमा सामान्य फोन सेवा बाहेक अन्य सुविधा थिएन् । सोमबार देखि नेपाल टेलिकमको फोरजि सेवा गाउँमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । हिमाली गाउँपालिका देशकै अति विकट पालिकाका रुपमा परिचित छ । बाजुराका […]
नागरिक रैबार/बाजुरा १ माघ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको उपाधि वडा नम्वर ३ जुकोटमा रहेकाे शम्भुसुनन्दा माविले उचालेको छ । राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ पु २५ गतेबाट सञ्चालन भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर शम्भुसुनन्दा माविले […]
नागरिक रैबार/बाजुरा २९ पुस । बाजुराको गाैमुल गाउँपालिकामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साेही गाउँपालिका वडा नम्बर ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया रहेकी छन् । शनिबार भिरबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट […]
नागरिक रैबार/बाजुरा २८ पुस । बाजुराको बुढीगंगा नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने मूल नाराका साथ आइतबार सञ्चालन भएको नगर सभा सम्पन्न भएको हो । सभाले ४ वटा कार्यविधि पारित समेत गरेको छ । नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा भएको […]
नागरिक रैबार/बाजुरा २८ पुस।बाजुरा बुढीगंगा नगरपालिकाको ११ औं हिउँदे नगर सभा आइतबारबाट सुरु भएको छ । “शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार,सुरक्षित र समृद्धक बुढीगंगा विकासको आधार” भन्ने मुल नारा सहित सभा संचालन गरिएको हो । हिउँदे नगर सभामा नगर प्रमुख तथा सभाका अध्यक्ष रामबहादुर बानियाँले सभामा निती, ऐन कार्य विधीहरुमा सभाका पेश गरिएको नगरपालिकाले जनाएको छ । हिउँदे […]
नागरिक रैबार/बाजुरा २८ पुस । बुढीनन्दा नगरपालिका वडा नम्वर १० मा रहेको सिद्देश्वरी आवासीय विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । वडा नम्वर १० निवासी समाजसेवी शंकर प्रसाद उपाध्याय र मनकला उपाध्यायको सहयोगमा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, हलिया, खलिया र जनजाति विद्यार्थीहरुलाई बलांकेट, रग, गद्दा गरेर २१ थान कपडा वितरण गरिएको […]
नागरिक रैबार/बाजुरा २६ पुस ।बाजुराकाे सदरमुकाम मार्तडी देखि काेल्टी सम्म नियमित चल्ने गरि आजबाट बससेवा संचालनमा आएकाे छ । मार्तडी-काेल्टी सडक सिलान्यासकाे २५ वर्षपछि उक्त सडकमा आजबाट संचालन हुने गरि बस सेवा सूरू गरिएकाे हाे । २०५६ सालमा मार्तडी देखि काेल्टीसम्मकाे करिव ४२ किलाेमिटर सडक २२ वर्षपछि स्तराेन्नति गरिएकाे थियाे। सदरमुकाम मार्तडी बजारबाट चुथिसम्म ९ […]
नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा आजबाट संचालन हुने भएको छ । आज दिउसो १ बजे कोल्टीका लागि मार्तडीबाट बस सेवा संचालन गरिने बुढीनन्दा नगरपालिकाले बताएको छ । आज पहिलो दिन महाकाली यातायातको एक बस मार्तडीबाट कोल्टीका लागि पठाइने महाकाली यातायात प्रालिले जनाएको छ । आज पहिलो दिन मार्तडीबाट कोल्टीसम्म नि:शुल्क बसमा […]
नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा संचालन गर्न यातायत व्यवसायीलाई बुढीनन्दा नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले मार्तडी-कोल्टी सडकमा बस सचालनका लागि महाकाली यातायात प्रालिलाई विहिबार एक पत्र पठाउँदै आग्रह गरेको हो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराद्वारा हस्ताक्षेरीत पत्र मार्फत महाकाली यातायात प्रालीलाई बस संचालनका लागि अनुरोध गरिएको हो […]
बाजुराः बाजुरामा जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।जिल्ला अदालत बाजुराको मिति २०८० मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दामा ५० हजार जरिवाना तोकिएपछि फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका–७ लामागडा बस्ने ५५ वर्षीय रंगलाल पाध्या पक्राउ परेका हुन्। पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बुढिगंगा […]
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा उक्त प्रतियोगिता आजबाट सूरु भएको हाे । प्रतियोगितामा पालिकाभरका ६ वटा माध्यमिक विद्यालयहरु सहभागीता भएका छन् । प्रतियोगिता वडा नम्बर ४ वाईमा रहेको स्वामीकार्तिक माध्यमिक विद्यालयमा सञ्चालन भएको छ । रनिङ […]
नागरिक रैबार/बाजुरा २४ पुस । बाजुरामा भालुकाे आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावत रहेका छन् । उनलाई मंगलबार हिजो दिउँसो गाइवस्तुका लागि स्याउला बटुल्ने क्रममा खप्तड राष्ट्रिय निकुज्ज नजिकै रहेकाे जंगलमा भालुले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय प्रसारण लाइन अन्तरगत दिपायल-साँफे बगर ३३ केभिको विजुलीको तार चुटिएपछि मंगलबार रातिदेखि अछाम र बाजुरा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार राति डोटी जिल्लाको उडितोलामा रुख ढलेर तार चुँडिएपछी बाजुरा र अछाम जिल्लाको विद्तयुत सेवा अवरुद्ध भएकाे हो । तार चुटिएपछी अछाम तथा बाजुरा जिल्ला भर मंगलवार रातिदेखि […]
नागरिक रैबार/बाजुरा २२ पुस । बाजुराको बडीमालिका नगरपालिका २ घागरका बाढीपीडितले चार वर्षवितिसक्दा पनि राज्यबाट राहत पाउन सकेका छैनन् । २०७७ साउन २५ गते राति एकजनाको ज्यान जानेगरी बुढीगंगा नदीमा आएको बाढीबाट पीडित बनेका परिवारले चार वर्ष वितेको भएपनि राहत पाउन नसकेका हुन् । बुढीगंगा नदीमा आएको बाढीले बडीमालिका नगरपालिका २, ४ र ६ नम्वर […]
नागरिक रैबार/बाजुरा २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र […]
नागरिक रैबार/बाजुरा २१ पुस। बाजुराकाे गाैमुल गाउँपालिकामा स्मार्ट हेल्थ सेवा सूरु भएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट नि:शुल्क सेवा दिने गरी स्मार्ट हेल्थ सेवा सूरु गरिएको गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् । गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोवल परियोजनासंग सहकार्य गरी पालिकाभरिका नागरिकहरुको स्वास्थ्य सुधार गर्ने लक्ष्यका साथ सो सेवा […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा ‘शी लिड्स आइकन’ मा उत्कृष्ट घोषित भएकी छन् । देशभरका महिला जनप्रतिनिधिको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै उपाध्यक्ष थापा ‘शी लिड्स आइकन अवार्ड’मा उत्कृष्ट घोषित भएकी हुन् । आयोजक संस्था शी लिड्स आइकन (कल्प) ले शुक्रबार प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको खप्तड क्षेडेदह गाउँपालिकाले चार महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । गएको असोज ८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको खप्तड छेडेदहमा करिव चार महिनापछि पालिकामै कार्यरत रहेका नन्द बहादुर रावतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ […]
बाजुरा। बाजुरामा लैङ्गिकतामा आधारित हिंसालाई न्युनिकरण गर्न जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र युएनएफपिएको आर्थिक सहयोगमा उक्त छलफल बिहिबार मार्तडीमा सम्पन्न भएको हो । जिल्लामा संचालन भईरहेको सुरक्षित आवास गृहमा आउने हिंसापिडित महिलाका लागि आगामी दिनमा के कसरी संचालन गर्ने भन्ने बारे जिल्लाका ९ […]
नागरिक रैबार/बाजुरा १६ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आज पुस १६ गते शोक विदा दिएको छ । पुस ११ गते कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका मार्तडी स्वास्थ्य चौकी चुथीका प्रमुख जनस्वास्थ्य अधिकृत धर्मराज खत्रीको सम्झनामा पुस १६ गते एक दिन शोक विदा दिएको हो । नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको दुर्घटनामा परी अकल्पनीय निधनले नगरपालिका […]