होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिमबाट उदाएर नेपाली कला क्षेत्रमा चम्किएका ६६ वर्षीय कलाकार तथा निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ। शनिबार चितवनमा गुडिरहकै बसमा उनको अचानक निधन भएको हो। सुदूरपश्चिमको बैतडी घर भएका उनी जन्मथलोबाट राजधानी काठमाडौंतर्फको यात्रामा थिए। उनका निकटस्थका अनुसार उनी बसमा काठमाडौं गइरहेका थिए। उनको त्यहीँ बसमै निधन भएको हो। उनी लामो समयदेखि […]
राजेन्द्र विक ,बाजुरा । गाउँमा प्रसूति सेवा नहुँदा बाजुराका गर्भवती महिलाहरू बाटोमै बच्चा जन्माउन बाध्य भइरहेका छन्। यसको एक उदाहरण हुन् जिल्लाको हिमाली गाउँपालिका वडा नं. १ को बामु गाउँकी नानी रोकाया । रोकाया शुक्रबार सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्र जाऊँ भनेर बाटोमा जाँदै गर्दा सुत्केरी भएकी छन्। दुई […]
काठमाडौँ: कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ। हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो। दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्। यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना […]
धनगढी: सुदूरपश्चिम युवा स्वरोजगार विकास कोषले कृषि कर्जा उपलब्ध गराउने भएको छ। व्यवसायिक खेती खर्न चाहने करिव २ हजार युवाहरूलाई युवा स्वरोजगार कोषले चालु आर्थिक वर्षमा कर्जा प्रदान गर्ने योजना बनाएको हो। प्रदेश भरका सहकारी संस्थालाई कार्यक्रममा सहभागी हुन कोषले सार्वजनिक सूचना जारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले १ अर्व २ करोड पुँजीको प्रदेश स्वरोजगार […]
काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रकाश’ले घरेलु बक्स अफिसमा पहिलो साता लगभग एक करोड रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा फिल्मको कमाइ बिहीबार बेलुकासम्म ९० लाख रुपैयाँ उल्लेख छ । सबै हलमा अझै पनि बक्स अफिस सर्भर जडान नभइसकेकाले ‘प्रकाश’को कमाइ करिब एक करोड रुपैयाँ हुने अनुमान छ । अपेक्षित ओपनिङ […]
काठमाडौं । पाकिस्तान युएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले हङकङलाई १५५ रनले हरायो । यसअघि भारतसँग पराजित भएको पाकिस्तान एक खेल जितेपछि समूह ए को उपविजेता बन्दै सुफर फोरमा पुगेको हो । यसअघि भारत दुवै खेल जितेर […]
काठमाडौं । माध्यमिक तह ((कक्षा १२) को परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । यो नतिजा निराशाजनक भएको शिक्षाविद् प्रा.डा. लक्ष्मण ज्ञवाली बताउँछन् । […]
धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । पार्टी […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि […]
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । ‘काठमाडौं-४ बाट महामन्त्री गगन थापाको मात्रै नाम सिफारिस गर्यौं,’ क्षेत्रीय सभापति […]
धनगढीः कैलालीको धनगढीमा एकजना डेंगु संक्रमितको मृत्यु भयो। उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको हो। शाहीको उपचारको क्रममा मंगलबार बिहान नै मृत्यु भएपनि बुधबार मात्र डेंगु पुष्टि भएको थियो। पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ। साउन १ गतेपछि मात्रै कैलालीको लम्कीचुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण […]
मुम्बई । विशाल जनसंख्या र बढ्दो फिल्म साक्षरताले भारतलाई विश्व फिल्मका लागि बृहत बजार बनाउँदैछ । हिमालय क्षेत्रमा भारतको छिमेकी नेपाल लामो समयदेखि भारतीय फिल्म, विशेषगरी हिन्दी सिनेमाबाट प्रेरित छ । धेरै भारतीय फिल्मले नेपालको प्राकृतिक सौन्दर्यलाई समेटेका छन् । धेरै रोमान्टिक गीतमा नेपाल देखाइएका छन् । धेरै हदसम्म एकतर्फी रुपमा सांस्कृतिक आदानप्रदान त भएको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार […]
‘गौराको बिरुडो ठूलो, दशैँको जमरा आउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गरे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो । हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौँसम्म चल्ने देउडा खेल दुई वर्ष कोरोना महामारीका […]
सिरहा नगरपालिका-९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने गोठमा परिणत भएको हो । आधारभूत विद्यालयका शिक्षकहरूले वर्षैंदेखि कामै नगरी तलब बुझ्ने गरेका छन् । एक जना विद्यार्थीसमेत भर्ना […]
काठमाडौं । ‘श्रीमान् बितेपछि अभाव, एक्लोपन र असुरक्षाले तर्साइरहन्थ्यो । एक मनले भन्थ्यो, यस्तो जिन्दगी बाँचेर के काम मर्दिन्छु बरु । अर्को मनले सम्झाउँथ्यो, ती सातवटा लालाबालाको के अवस्था हुन्छ ? फेरि अर्को मनले भन्थ्यो, बाँच्न त कुकुरका छाउरा पनि बाँचेका छन् मान्छेका छाउरा त जसरी पनि बाँचिहाल्छन् नि । तर फेरि अर्को मनले सम्झाउँथ्यो […]
काठमाडौं । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ । प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति भएको घटनामा क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा थिइन् । सोही क्रममा एक […]
काठमाडौं । ‘कति बज्यो होला ?’ जवाफमा मान्छेहरु नाडीमा बाँधिएका घडी हेर्थे र समय बताइदिन्थे । समय सूचकको एउटै मात्र प्राविधिक माध्यम थियो घडी । घडीको काँटा झैं समयसीमामा आफ्नो दैनिकी गुजार्नेहरुका लागि घडी एक सर्वोत्तम विकल्प थियो । तर आजभोलि त ‘कति बज्यो’ भन्ने प्रश्न नै गायब भएको छ । किनभने समयको जनाउ दिने […]
बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगर पालिका वडा नं.१० की एक महिला छोरी सहित बेपता भएकी छन । बेपता हुनेमा बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने रमिता नेपाली भदौ २ गते छोरी सहित बेपता भएको अंकल निरज परिवारले बताउनु भएको छ। बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने डबल नेपालीकी छोरी केही समय मामा घर बस्दै […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिएको सार्वजनिक विदा झिकेको छ। भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा झिकिएको जनाएको छ। […]