होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उनले भने, […]
काठमाडौं – विभिन्न १५ जिल्लामा मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको बाढी सूचना केन्द्रले बिहान ९ बजे गरेको अपडेट अनुसार पछिल्लो तीन घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास मध्यम वर्षा भइरहेको छ । सोही […]
८ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुलले पछिल्लो खेलमा चेल्सीलाई पराजित गर्दै घरेलु मैदानमा ट्रफी उचालेको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा चेल्सीलाई ५-३ ले पराजित गरेको हो । उक्त खेलपछि लिभरपुललाई प्रिमियर लिग उपाधि प्रदान गरिएको थियो । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जितेको हो भने सन् १९९३ मा […]
धनगढी : सुदूरपश्चिममा पनि आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। ‘सुरक्षा मापदण्ड […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा […]
७ साउन, काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ । ‘विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु समेटी अध्यापन–अध्यापन गर्ने–गराउने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको बुधबारको निर्णयमा भनिएको छ । समिति बैठकमासांसदहरुले आत्महत्या रोक्न पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने बताएका थिए । […]
कैलाली । वर्षायाम शूरु भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका जिल्लाहरु बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेका छन् । पछिल्ला दिनदेखि भैरहेको अविरल वर्षापछि यस प्रदेशका केही पहाडी क्षेत्रमा क्षति पुगेको छ । त्यस्तै तराईका जिल्लाहरुमा भने त्यति धेरै क्षति भइनसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले रातोपाटीलाई जानकारी दिए । पहाडी क्षेत्रका २ […]
काठमाडौँ — झन्डै एक महिना अगाडि सुरु भएको स्थायी कमिटी बैठक लगातार स्थगित गरेर त्यसबीचमा दर्जन बढी आपसी संवाद गरेका नेकपाका दुई अध्यक्षबीच अझै सहमति भएको छैन् । तर पनि शक्ति संघर्ष र वर्चश्वको लडाइँमा एकले अर्कामाथि दबाब बनाउन सम्पूर्ण शक्ति लगाएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि नेकपाका सबै […]
काठमाडौँ — नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रीय संक्रमितको संख्या ५ हजार […]
७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ । ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको विरामी उनलनाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो । आईसूयीमा राखेर उपचारका क्रममा उनको बुधबार विहान निधन भएको अस्पताल स्रोतले जनाएको […]
नागरिक रैबार/बाजुरा ७ साउन। बडीमालिका नगरपालिका वडा नं ६ मा पर्ने गैरीगाँउ दलित बस्ती हो । जहाँ ३३ घरधुरी बसोबास गर्छन । गैह्रदलित समुदायले दलित बस्तीलाई फोहरको पर्यावाचीको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाँउ दलित टोलले यो परम्परागत तोड्न सफल भएको छ । पूर्ण सरसफाई अभियान अन्तर्गत सरसफाई सम्बन्धि जनचेतनामुलक तथा क्षमता […]
कर्णाली: जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ। कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० का दरले एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो। कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क […]
७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सपना साकार पार्ने बाटोमा महत्त्वपूर्ण काम गरेको बताउनुभएको छ । ४२ औँ स्मृति दिवसको अवसरमा विज्ञप्तिमार्फत पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले उहाँको साङ्गठनिक राजनीतिक चाहना धेरै हदसम्म पूरा गरेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले विज्ञप्ति भन्नुभएको छ, […]
७ साउन, काठमाडौं । नेपपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिए । उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहेक पनि हात्तीको संख्या भने थपिएको […]
काठमाण्डौ – आजदेखि लकडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो । आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर-बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ । यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना […]
काठमाडौं । कोडिभ–१९ को जोखिमका कारण रोखिएको मादक पदार्थ सेवन परीक्षण (मापसे) शुरु भएको छ । बुधबारबाट सवारी चालकको मापसे परिक्षण गरिने महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले जानकारी दिए । चैत ७ बाट काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मापसे परीक्षण रोकेको थियो । चार महिनापछि मापसे जाँच सुचारु भएको छ […]
७ साउन, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले जित हात पारेको छ । ससुलोलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै मिलान पाँचौ स्थानमा उक्लेको हो । खेलको १९औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा फ्रानसेस्को कपुटोले पेनाल्टीमार्फत ससुलोका लागि बराबरी गोल फर्काए । […]
डोटी : जिल्ला सदरमुकाम सिलगढीबाट मङ्गलबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल गएको छ। जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढीबाट पठाइएको हो। सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेस्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि […]